LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरियामा नेपालीहरुलाई सुरुको ३ महिना बढि समस्या - रेग्मी

काठमाण्डौ बालाजु घर भएका शिव रेग्मी अध्ययनको शिलशिलामा दक्षिण कोरिया सन् २००० मा आउनुभएको हो । कोरियाको अध्यागमन क्षेत्र अन्तर्गत रहेर २००८ देखि हालसम्म रेग्मी कार्यरत हुनुहुन्छ । रेग्मीले कोरियाका विभिन्न सहरमा रेष्टुरेण्ट ब्यवसाय पनि सञ्चालन गर्दै आउनु भएको छ ।

कोरियाको अध्यागमन क्षेत्र अन्तर्गत काम गर्दै आउनुभएका रेग्मीसँग कोरियामा रहेका प्रवासीहरुसँग सम्वन्धित विषयमा आधारित रहेर हेल्लो नेपाल कोरिया डटकमले गरेको कुराकानी 

तपाईको काम र कर्तब्य के हो ?
कोरिया सरकारले विदेशीहरुलाई आ आफ्नो भाषामो अध्यागमन सम्वन्धी परामर्शका लागि सेवा उपलब्ध गराउदै आएको छ । अध्यागमनले परामर्श सेवा अहिले १८ वटा भाषामा सेवा दिदै आएको छ । जहाँ नेपालीहरुका लागि १३४५ डायल गरि १३ नम्वर दवाउदा नेपाली भाषामा सेवा लिन सकिन्छ । हाललाई मैले उर्दु, अग्रेजी, कोरियन र नेपाली भाषामा सेवा दिने काम गर्दै आएको छु । यहाँ १/१ वर्षको सम्झौता अनुरुप हामीले काम गर्ने गर्दछौ ।

कोरियाले हाल परिवर्तन गरेका नियमहरु केहि छन् कि ?
नयाँ नियमहरु धेरै परिवर्तन भएको त छैन तर विदेशिहरुले ५ वर्ष वैधानिकरुपमा कोरिया बसे पछि कोरियन नागरिकताका लागि आवेदन दिन पाउछन् । त्यसको लागि पहिला ३ करोड वन देखाउन पर्दथ्यो भने अहिले ६ करोड देखाउन पर्ने भएको छ, यो सन् २०१६ देखि लागू हुदैछ अन्य कुरा यथावत नै छ । अनि अर्को विदेशी नागरिकसँग विवहा गरि डिभोर्स गरेका कोरियन नागरिकले अर्को विदेशीसँग विवहा गर्न ५ वर्ष सम्म पर्खनुपर्ने नियम भएको छ । त्यस्तै  विदेशि विधार्थी डि २ भिषाहरुका लागि भिषा थप गर्ने अवधि १२० दिन बनाइएको छ, अन्यहरुको लागि भने यो पहिला जस्तै ६० दिन रहेको छ ।

इपिएस कामदारले आफ्नो परिवार ल्याउन के कस्तो सहज रहेको छ ? कस्तो प्रकृयाबाट परिवार ल्याउन सकिन्छ ?
इ९ भिषा बाहकहरुले डिपेन्डेन्ड भिषाका लागि निवेदन दिनै पाउदैनन त्यसैले सहजता छ भन्न त मिल्दैन । तर आफू काम गरेको कम्पनी मालिकले चाहेको खण्डमा उसको जमानीमा नेपालको कोरियन राजदुतावासमा भिषाका लागि निवेदन दिन सकिन्छ । तर भिषाको ग्यारेन्टी भने हुदैन । यो तरिकाले नेपालीहरु आएको चाहि मलाई थाहा भएन तर पाकिस्तानीहरु चहि यसरी आएको भेटेको छु ।

कोरियामा हाल अवैधानिक नेपाली कामदारहरुको संख्यामा बृद्धि भयो भनिएको छ, कति संख्यामा अहिले नेपालीहरु अवैधानिक रहेका छन ?
त्यस्तो ठ्याक्कै यति भनेर त म भन्न सक्दिन, त्यस्तै २३ सय देखि २५ सय को हाराहारीमा अवैधानिक नेपालीहरु रहेको अनुमान गरिएको छ । 

अवैधानिक कामदारका लागि अध्यागमनको कस्तो नीति रहेको छ  ?
जुनसुकै देशमा पनि अवैधानिकहरुलाई उक्त देशले आफ्नो नियमानुसार कार्वाही गरेको हुन्छ । अध्यागमनले बेला बेलामा समातेर सम्वन्धित देशका नागरिकलाई फिर्ता पठाउने गर्दछ । वर्षको अन्तिम महिना डिसेम्वरमा धरपकड केहि बढि हुन सक्दछ । अध्यागमनले सन् २०१५ को ७ महिनादेखि स्वइच्छाले स्वदेश फर्कने नागरिकलाई सोहि पासपोर्टमा पुन कोरिया प्रवेश गर्न सक्ने अवसर दिएको छ । तथापी उनिहरुको कोरिया अवैधानिक बसाईको आधारमा पुन प्रवेशका लागि समयावधि भने फरक फरक हुन्छ । अवैधानिक नागरिकहरु स्वदेश फर्किदा अझै भनौ हाम्रै नेपालीहरु घर जादा पेनाल्टी तिनुपर्ने, अध्यागमनमा गएर खवर गर्नुपर्ने भन्ने केहि पनि हुदैन सिधै टिकट लिएर टिकट समय भन्दा ३ घण्टा अगाडी तेश्रो तल्लामा रहेको जी काउन्टर पछाडी अध्यागमनको कार्यलय रहेको हुन्छ । त्यहा गएर म जादैछु भनेर खवर गर्दा हुन्छ अरु त्यस्तो कुनै झन्झण्ट बेहोर्नु पर्दैन ।

कोरियामा अध्यागमन क्षेत्रका नियमहरु परिवर्तन भइरहन्छ, परिवर्तन नियम थाहा नपाउदा सम्वन्धित ब्यक्तिहरु समस्यामा पर्ने गर्दछन् । परिवर्तन भएका नियमहरु थाहा पाउन के गर्ने ?
हो समस्या पर्ने गर्छन म तपाईलाई उदाहरण दिन्छु हामीले नयाँ पासपोर्ट बनाएपछि १४ दिनभित्र अध्यागमनमा जानकारी दिनुपर्छ नत्र जरिवानामा परिन्छ । त्यहि हो सवै भन्दा सजिलो १३४५ डायल गरि १३ थिचेपछि नेपाली भाषामा जानकारी लिन सकिन्छ । कोरिया अध्यागमनको वेभसाइटबाट पनि जानकारीहरु थाहा पाउन सकिन्छ ।

कोरियामा नेपालीहरुको कस्ता समस्याहरु देख्नुभएको छ ?
कोरियामा नेपालीहरुको समस्या छ, दक्षिण कोरियामा नेपालीहरु प्रवेश गरेको सुरुको ३ महिनासम्म बढि समस्या हुने गरेको देखिएको छ । खानपान, भाषा, संस्कृति तथा सोच भन्दा भिन्न काम लागायत विभिन्न कारणले उनिहरु समस्यामा पर्ने गर्दछन । त्यस्तै साहूको हेल्चेक्रराई र सम्वन्धि ब्यक्तिले भाषा नजन्दा अवैधानिक हुनपर्ने, अरुको देखासिकीमा मानसिक तनाव देखि अत्महत्या गर्ने सम्मको विकराल समस्याहरु देखेको छु ।

समस्या समाधानका लागि तपाईको केहि सुझाव छ कि ?
विशेषत अहिले मानसिक तनावमा नेपाली हरु धेरै देखिएका छन् । जहाँ उनिहरुलाई आवश्यक सल्लाह र परामर्श नहुदा नराम्रा घटना घटिरहेका छन् । सउल स्थित नेपाली दुतावासले कोरिया भित्रिएको २ महिना अथवा ३ महिना पछि एउटा समय राखेर सुरुमा कोरिया प्रवेश गर्दा लिइने ३ दिने तालिम जस्तै गरि उनिहरुको समस्या सुन्ने र आवश्यक परामर्श दिने खालको २ दिन बरु शनिवार र आइतवार  गर्ने हो भने पनि कामदारका समस्याहरु घटाउन प्रभावकारी हुन सक्छ ।

प्रकाशित मिति : २०७२ पौष १७ (January 01, 2016)

प्रतिक्रियाहरु


manmohan bhattarai wrote on 30 January, 2016
ma 2015 ko eps passer ho.but ma medical ma fail vayeko xu.ma student visa ma korea auna chahanxu.student visa ko lagi process kasto xa.ani student visa ko lagi medical katti ko tight hunxa.ani cost kati jati lagla.ani student visa ma korea gayera kaam garna pauxa kinai.kripaya malai reply gardinu hola....thank you

तपाईको प्रतिक्रिया

Advertise with us

अन्तर्वार्ताका थप शिर्षकहरु

• निर्धारित मिति भन्दा अगावै दोर्दी खोला आयोजना सम्पन्न गर्ने लक्ष्य छ

• वमन फर वमन कसैको निजि संस्था होइन - मल्लिका थकाली

• कम्पनि परिबर्तनको नियम अलि खुकुलो भैदिएमा इपिएस श्रमिकका समस्या आफै समाधान भएर जान्छन - श्रम काउन्सिलर ढकाल

• क्रान्तीका क्रममा भएका घटनाहरु अपराध होईनन् — पूर्ब प्रधानमन्त्री भट्टराई

• नारीहरुको एकताको प्रतिकको रुपमा तिज पर्वलाई लिएकी छु: मल्लिका

• कोरियामा काम गर्दा देखिने स्वास्थ्य समस्याका बारेमा बरिष्ठ न्युरो सर्जन डा. केसी संगको कुराकानी

• म "माओबाद” मा बिस्वास गर्दिन ," डेमोक्रेसी” मा बिस्वास गर्छु - युवा नेता गोकर्ण पौडेल

• प्रधानमन्त्रीलाई कोरियाको स्टेट भिजिट गर्न अनुरोध गरेँ - डा. नवराज पन्त

• सफलताको श्रेय नै दर्शक श्रोता हुनः गायिका सम्झना लामिछाने

• हाम्रो कार्यक्रमको उद्धेश्य मलेशियामा रहेका आप्रवासी नेपालीबीच शान्ति र सद्धभाव कायम राख्नु होः अर्जुन विक

• कोरियामा कार्यरत मजदुरहरुको पक्षमा यो अधिवेशनले महत्व राख्दछ - गोबिन्द गांउले

• कोरियाका मिडियाले चासो नदिनु दुइ देश बीचको मामिला भएको कारणले हुन सक्छ - सिटौला

• कोरियामा महिलाहरु कृषि क्षेत्रमा बढि दुर्ब्यबाहारमा पर्ने गर्छन - मल्लिका

• यसपालि मेरो दावी तथा उम्मेदवारी उप-सभापति पदमा हुनेछ

• नेपाल हाउसको एजेन्डा सफल भयो - एनआरएन आइसिसि प्रतिनिधी कुँवर

• म हट छु कि कूल छु त्यो त दर्शकले मुल्यांकन गर्ने कुरा हो - मोडल आलिशा सिंह

• उत्तर कोरिया जस्तो कम्युनिष्ट राजनीति गतिबिधिमा लागेको भन्दै मलाई फसाइयो - सागर न्यौपाने

• नेपालको मुहार फेर्न सक्ने सक्षम संस्था भनेकै एनआरएन हो: एशिया क्षेत्रिय संयोजक राई

• आप्रबासी कामदारको हितमा काम गर्ने सोचमा छु: नवनिर्वाचित एनआरएन कोरिया अध्यक्ष क्षेत्री

• अध्ययन बीचैमा छाडेर रोजगारीका लागि कोरियामा आएका नेपाली युवालाई खुसिको खबर, उच्च शिक्षा पुरा गर्ने चाहना पुरा हुने चरणमा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने कोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाकोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला सिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलाजानि राखौ, दक्षिण कोरियामा नयाँ वर्ष आराम्भसँगै यस्ता नयाँ नियम लागू हुन्छ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Abinash lamichhane Abinash lamichhane
Date of Birth : 08 January, 1996
Address: Paju si south korea
Hometown : Pokhara nepal
Occupation : Stock market
Hobbies : Travel
E-mail : Dilliram96.dr@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal