LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

नेपालको मुहार फेर्न सक्ने सक्षम संस्था भनेकै एनआरएन हो: एशिया क्षेत्रिय संयोजक राई


गैर आवसिय नेपाली संघ (एनआरएन) एसिया प्यसिफिक संयोजकमा रहि कार्य गर्दै आएका गंगाराज राईले पुन सोहि पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । दक्षिण कोरियामा ब्यवसायीका रुपमा समेत स्थापित राइले आफु पुन सोहि पदमा दोहोरिन चाहेको कुरा बताइरहदा हेल्लो नेपाल कोरिया डटकमका लागि पत्रकार किशन गौतमले राईसँग गर्नुभएको संछिप्त कुराकानी

प्रश्न :तपाइँले एसिया प्यसिफिक संयोजकमा पुन उमेद्वारी दिनुको मुख्य उदेश्य के होला ?
उत्तर : खास गरि मैले अघिल्लो कार्यकालमा एशियाका धेरै देशहरुमा घुमेर एनआरएनको वास्तविक बस्तुस्थिति अध्यन गरे तर धेरै देशहरुमा एक रुपता पाइएन l कुनै देश मा एनआरएनए दर्ता भैसकेको तर कमिटि नै गठन हुन नसकि राखेको अबश्था छ भने कुनै देशमा समयमा अधिबेश गराउन नसकेको अबश्था देखियो l कुनै देशमा कार्यकाल १ बर्षे हुने कुनै देशमा ३ बर्ष सम्म पनि कार्यसमिति परिवर्तन नहुने यावत समस्याहरु देखिएकोले ति कुरालाई एकरुपता ल्याउनको लागि र एशियाका धेरै देश बाट साथीहरुले एनआरएनए को लागि मेरो आबश्यकता महसुश गरि" हामीलाई तपाइको गाइडेन्स चाहिन्छ" भनि अनुरोध गर्नु भएकोलेनै म पुन यहि पदमा दोह्र्याउदै उमेद्वारी दिएको छु l दोहोरिनु ठुलो कुरा होइन काम गर्नु ठुलो कुरा हो l अष्ट्रेलियामा शेष घले देखि लिएर जापानमा भवन भट्टका उमेद्वारी दोहोरियेका उदाहरण हरुपनि छन् l

प्रश्न :तपाइको कार्यकालमा के कस्ता प्रत्यक्ष्य देखिने कामहरु गर्नु भएको थियो ?
उत्तर : प्रत्यक्ष देखिने कुरामा पहिलो काम भनेको एनआरएन को मुख्य उदेश्य भित्र पर्ने देशमा लगानी पर्बदन गर्ने कुरा हो त्यसको लागि म सधै ऐक्यबद्दता देखाइरहेको छु र आफै सक्रिय भएर लागिपरेको पनि छुl र दोश्रो भनेको यो सायद संसारकै पहिलो रेकर्ड हुन सक्छ एशियामा मैले ९९ प्रतिशत कार्यसमिति समयमै गठन गर्न सकेको छु ,जहाँ अधिबेशन हुन नसकेर निस्क्रिय भैराखेको कार्य समितिलाई अधिबेशन गराएर पुनर्जीवित गराएको छु l जस्तै फिलिपिन्स,म्यांग्मार,इष्ट टिमोर आदि देशहरुमा कार्यसमितिहरु निस्क्रिय थिए l अधिबेशन पनि नभैराखेको अवस्था थियो l त्यस्ता देशहरुमा कार्यसमितिलाइ सक्रिय बनाउनको निम्ति म बारम्बार पुगेर काम गरेको छु l र यो एउटा अन्तराष्ट्रिय संजाल भएकोले प्रत्येक देशमा एकरुपता ल्याउनको लागि मैले ठुलो भूमिका खेलिराखेको छु lत्यो बाहेक म जहाँ ,जहाँ पुगेको छु त्यो ठाउँमा एनआरएन भनेको धनिमानिको अथवा कुनै राजनीतिबाट ओतप्रोत भएको संस्था नभएर एउटा देशको मुहार फेर्न सक्ने बिशुद्द सामाजिक संस्थाहो भन्ने भन्नेकुराको बिकाश गर्न सकेको छु l

प्रश्न : कोरियामा इपिएस मजदुरको लागि केहि गर्नुपर्छ भन्ने कुरामा तपाई कत्तिको सक्रिय हुनुन्छ ? र गर्छु भन्ने केहि भिजन छ कि ?
उत्तर : म, योकुरामा निकै गम्भीर छु l मैले यसभन्दा पहिला पनि नेपालका श्रम राज्य मन्त्रि ज्यू संग पनि स्पष्ट रुपमा कोरयाका श्रमिकका भोगाई र समस्याहरु राखेको थिए l बिशेष गरि कोरियामा अलिकति शिप भएको मान्छेलाइ अतिनै राम्रो हुने साथै तलब पनि शिप नभएको भन्दा सिप भएको मान्छेको बढी हुने हुदा केहि सिप सिकाएर कोरिया पठाउदा राम्रो हुन्छ भन्ने कुरामा म बारम्बार जोड दिदै आइरहेको छु l यति मात्र होइन नेपाली दुताबास संग सहकार्य गरेर एउटा आपतकालिन कोष खडा गरौ भन्ने प्रस्ताब पनि अघि सारेको छु कोरिया आउने प्रत्येक मजदुर साथीहरुको तलबबाट कट्टी हुनेगरी एक जना बरावर मासिक १ डलर जम्मा गरौ यो कुनै ठुलो कुरा पनि भएन र सो कोषबाट कुनै मजदुरसाथि बिरामी पर्दा अथवा कुनै कानुनि उपचारको लागि वकिल लगाउदा आदि समस्यामा खर्च गरौ l यो प्रस्ताब मैले कोरियामा मात्र होइन मलेशियामा पनि राखेको छु l त्यस्तै मैले नेपाल सरकारलाइ श्रम सहचारीको बिषयमा पनि कुरा राखेको छु l जुन देश मा श्रम सहचारी को रुपमा पठाउने हो त्यो देशको भाषा संस्कृति जानेको व्यक्तिलाइ मात्र पठाउन पर्नेहुन्छ किनकि श्रमसहचारीले सिधै कम्पनि मालिकहरु संग उनैको भाषामा फेश गर्नु पर्ने हुन्छ l त्यसको लागि मैले पहल गर्दै छु l

प्रश्न : एनआरएन कोरियाको बर्तमान अबश्था कस्तो देख्नु भएको छ ? सुधार गर्नु पर्ने केहि कुराहरु छन् कि ?
उत्तर : अरु देशको तुलनामा बर्तमान एनआरएन कोरियाको अवस्था अलिकति नाजुक नै देखेको छु l यसको मुख्य कारण आन्तरिक कलह नै हो l पहिला मेरो नेतृत्व कालमा यस्तो थिएन l बिभिन्न हाइड्रो प्रोजेक्टहरु भित्राउने ,९४ प्रतिशत कोरियन हरुलाई थाहा नभएको अबश्थामा बुद्ध नेपाल मा जन्मेका हुन् भन्ने संदेश दिनको लागि कोरियामा अभियान नै चलाउने आदि उदाहरणिय काम हरु पनि भएका थिए l त्यतिबेला मैले कार्यसमिति लाइ निकै बिश्वासमा लिएर काम गरेको थिए र सहयोग पनि त्यत्तिकै पाएको थिए l अहिले आएर बिग्रिदै जानुको अर्थ संस्थालाइ केहि दिनु भन्दा पनि संस्थाबाट केहि पाउछु कि भन्ने सोचका साथ आएकोले यस्तो भएको हो कि जस्तो फिल मलाई भैराखेको छ l यसलाई सुधार्ने पहलमा छु l चाहे म बाहिर गएर जतिसुकै ठुलो पदमा रहेपनि एनआरएन कोरिया दह्रो हुन सकेन भने मैले गर्ब गर्ने ठाउं रहदैन l अरु देशमा भन्दा कोरियामा अलि फरक खालको मानिस आएको छ l मजदुरको रुपमा आएपनि बौदिक सर्कल भित्रको मान्छे आएको हुनाले सबैजनालाइ समेटेर लैजान सक्ने वातावरण मिलाउनु पर्ने हुन्छ l त्यसको लागि संसोधन गरेर हुन्छ कि ,कार्यदल बनाएर हुन्छ कि , आदि कुरामा म लागि परेको छु l

प्रश्न :फेरी पनि उही पदमा उमेद्वारी दिदै हुनुन्छ l तपाइलाई पटक पटक एउटइ पदमा रहेर काम गर्दा अलि झर्को लाग्दैन ?
उत्तर : पटक्कै लाग्दैन किनकि यो एउटा नितान्ता भोलेन्टियर संस्थाहो ,मेरो व्यक्तिगत रुपमा भन्दा मेरो लागि त सबै पुगिराखेको छ ,ब्यापार ब्याबसय चलिराखेको छ l परिवार सबै संगै छन् २५ वर्ष देखी कोरिया बस्दै आएको छु l तर यो मुटु मेरो नेपाली हो l हाम्रो सपना भनेको देशलाइ सम्ब्रिद्द बनाइ देशको मुहार फेर्नु हो l भोलेन्टियर रुपमा काम गर्दा मलाई त्यस्तो झर्को लाग्ने होइन झन् आनन्द भएको महसुस हुन्छ l म यो भन्दा ठुलो पदमा जान सक्ने योग्य व्यक्ति पनि हुँ तर मैले बिगतमा गरेका कामहरुको मुल्यांकन गर्दै धेरै साथीहरुको सल्लाह र सुझाब अनुसार नै मैले येही पद मा फेरी एकपटक दोहर्याउने विचार गरेको छु l महा भूकम्प पछिको नेपालको पुनर्निर्माण ,बिदेशमा सिकेको ज्ञान र शिपलाइ स्वदेशमा भित्राउने ,पर्यटक प्रबर्धन आदि कुराको एजेन्डा लिएर उमेद्वार बन्दै छु l

प्रश्न :अन्त्यमा के भन्न चाहनुहुन्छ तपाइलाई गंगाराज राई भनेर चिन्ने कोरिया वासी लगाएत समस्त नेपाली हरुलाई ?
उत्तर : हेल्लो नेपाल कोरिया डट कम मार्फत मेरो अन्तरवार्ता पढ्ने सम्पूर्ण नेपालीहरुलाई सर्वप्रथम मेरो नमस्कार l म के भन्न चाहन्छु भने कुनै कुराको परिवर्तन अरु बाट खोजेर हुदैन त्यो आफैबाट शुरुवात गर्नु पर्दछ l अरुको खुट्टा तान्ने प्रवृति भन्दापनि सकेसम्म हातेमालो गरेर काम गर्ने बनिको बिकाश गरौ l हामी एउटा बिकशित देशमा आएका छौ l नेपालमा लागेको रोगको बिकाश यहाँ नगरौ बरु त्यसलाई रोकथाम गर्ने तिर लागौ l समय निकै छोटो छ केहि ज्ञान र शिप सिकौ l म बिसेष गरि माइग्रेन्ट वर्करहरुल्लाई के भन्न चाहन्छु भने यदि तपाइको शनिबार, आइतबारबिदा हुन्छ भने फाल्टुमा समय खेर फाल्नु भन्दा केहि ज्ञान र सिप सिक्ने तिर लाग्नुहोस lयहा सिक्ने कुराहरु धेरै छन् l एउटा परिवर्तनकारी को सोच ल्याउनुहोस l म पनि शुरुमा तपाईहरुजस्तै कोरियनकोमा काम गर्ने गर्थे भने अहिले कोरियनलाइ जागिर दिन सक्ने भएको छु l त्यस्तै खालको परिवर्तन तपाइँहरुमा पनि देख्न चाहन्छु l र अन्त्यमा एउटा कुरा संसारमा जहाँ जति संघसंस्था भएपनि नेपाल आमाको मुहार फेर्न सक्ने सक्षम संस्था भनेकै एनआरएन नै हो भन्ने कुराको अबगत गराउन चाहन्छु l

प्रकाशित मिति : २०७२ असोज १६ (October 03, 2015)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अन्तर्वार्ताका थप शिर्षकहरु

• निर्धारित मिति भन्दा अगावै दोर्दी खोला आयोजना सम्पन्न गर्ने लक्ष्य छ

• वमन फर वमन कसैको निजि संस्था होइन - मल्लिका थकाली

• कम्पनि परिबर्तनको नियम अलि खुकुलो भैदिएमा इपिएस श्रमिकका समस्या आफै समाधान भएर जान्छन - श्रम काउन्सिलर ढकाल

• क्रान्तीका क्रममा भएका घटनाहरु अपराध होईनन् — पूर्ब प्रधानमन्त्री भट्टराई

• नारीहरुको एकताको प्रतिकको रुपमा तिज पर्वलाई लिएकी छु: मल्लिका

• कोरियामा काम गर्दा देखिने स्वास्थ्य समस्याका बारेमा बरिष्ठ न्युरो सर्जन डा. केसी संगको कुराकानी

• म "माओबाद” मा बिस्वास गर्दिन ," डेमोक्रेसी” मा बिस्वास गर्छु - युवा नेता गोकर्ण पौडेल

• प्रधानमन्त्रीलाई कोरियाको स्टेट भिजिट गर्न अनुरोध गरेँ - डा. नवराज पन्त

• सफलताको श्रेय नै दर्शक श्रोता हुनः गायिका सम्झना लामिछाने

• कोरियामा नेपालीहरुलाई सुरुको ३ महिना बढि समस्या - रेग्मी

• हाम्रो कार्यक्रमको उद्धेश्य मलेशियामा रहेका आप्रवासी नेपालीबीच शान्ति र सद्धभाव कायम राख्नु होः अर्जुन विक

• कोरियामा कार्यरत मजदुरहरुको पक्षमा यो अधिवेशनले महत्व राख्दछ - गोबिन्द गांउले

• कोरियाका मिडियाले चासो नदिनु दुइ देश बीचको मामिला भएको कारणले हुन सक्छ - सिटौला

• कोरियामा महिलाहरु कृषि क्षेत्रमा बढि दुर्ब्यबाहारमा पर्ने गर्छन - मल्लिका

• यसपालि मेरो दावी तथा उम्मेदवारी उप-सभापति पदमा हुनेछ

• नेपाल हाउसको एजेन्डा सफल भयो - एनआरएन आइसिसि प्रतिनिधी कुँवर

• म हट छु कि कूल छु त्यो त दर्शकले मुल्यांकन गर्ने कुरा हो - मोडल आलिशा सिंह

• उत्तर कोरिया जस्तो कम्युनिष्ट राजनीति गतिबिधिमा लागेको भन्दै मलाई फसाइयो - सागर न्यौपाने

• आप्रबासी कामदारको हितमा काम गर्ने सोचमा छु: नवनिर्वाचित एनआरएन कोरिया अध्यक्ष क्षेत्री

• अध्ययन बीचैमा छाडेर रोजगारीका लागि कोरियामा आएका नेपाली युवालाई खुसिको खबर, उच्च शिक्षा पुरा गर्ने चाहना पुरा हुने चरणमा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने कोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाकोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला सिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलाजानि राखौ, दक्षिण कोरियामा नयाँ वर्ष आराम्भसँगै यस्ता नयाँ नियम लागू हुन्छ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Abinash lamichhane Abinash lamichhane
Date of Birth : 08 January, 1996
Address: Paju si south korea
Hometown : Pokhara nepal
Occupation : Stock market
Hobbies : Travel
E-mail : Dilliram96.dr@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal