LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

आप्रबासी कामदारको हितमा काम गर्ने सोचमा छु: नवनिर्वाचित एनआरएन कोरिया अध्यक्ष क्षेत्री


बाग्लुङ जिल्ला स्थाई घर भै करिब १५ बर्ष पहिला कोरिया प्रवेश गरेका राजु क्षत्रि, नेपाल राष्ट्रिय तेकन्डो संघ का संरक्षक तथा अन्तर्राष्ट्रिय तेकन्डो रेफ्री  पनि हुन् l कोरियामा रहेका विभिन्न संघसंस्थाहरुमा लामो समय देखि आबद्ध रहदै आएका क्षेत्रि, कोरियामा क्रियाशील संस्था युनिक भिजन लगाएतका करिब आधा दर्जन संघसंस्थाहरुमा सल्हाकार तथा संरक्षक पदमा रही प्रवासी नेपालीहरुको हितमा काम गर्दै आएका छन् l एस भन्दा अघिल्लो कार्यकालमा बरिष्ठ उपाध्यक्ष समेत भैसकेका क्षेत्रि पाँचौ  अधिबेशन बाट एनआरएन कोरियाको अध्यक्ष जस्तो गरिमामय पदमा आफ्ना प्रतिद्वन्दी रबिन तामांङ् लाइ झिनो मतले हराउदै कुल ५५० मत प्राप्त गरि बिजय भएका छन् l

अध्यक्ष पदमा निर्बाचन भैसकेपछि आगामी दिनमा एनआरएन कोरिया लाइ हाक्ने के कस्तो रणनीति छ त l एनआरएन कोरिया लाइ मजदुरमैत्री बनाउने उनीसंग के कस्तो भिजन छ त l आदि कुरामा  केन्द्रित रहेर हेल्लो नेपाल कोरिया डट कमका लागि पत्रकार किशन गौतमले गर्नुभएको संछिप्त कुराकानी:

प्रश्न :सर्बप्रथम बधाई छ तपाईलाई एनआरएन जस्तो गरिमामय संस्थाको अध्यक्ष पदमा निर्बाचित हुनु भएकोमा l तपाइँ लाइ यो चुनाब मैले जित्छु जस्तो  लागेको थियो कि अप्रत्यासिलो रिजल्ट हो ?
उत्तर: होइन, होइन यो रिजल्ट अप्रत्यासिलो हुदै होइन म पूर्ण रुपमा निश्चिन्त थिए कि यो चुनाब मैले नै जित्छुनै भनेर l यसमा शंका गर्नु पर्ने कुनै ठाउँ नै थिएन l

प्रश्न: त्यस्तो बलियो आधार के थियो तपाई चुनाब जित्नु नै हुन्छ भन्ने ?
उत्तर: म, एउटा अन्तराष्ट्रिय खेलाडी पनि हो र यस भन्दा पहिला पनि बरिष्ठ उपाध्यक्षमा रही २ बर्षे कार्यकाल पुरा गरिसकेको थिए र अर्को मुख्य आधार भनेको यहाँ रहेका आप्रवासी नेपाली कामदार नै हुन् l उनिहरुसंग मेरो निकै गहिरो सम्बन्ध छ l मैले कामदारको लागि आबश्यक पर्दा आफ्नो तर्फदेखि गर्नुपर्ने सहयोगको लागि हरदम तत्परता देखाएको  थिए र गर्दै आइरहेको छु पनि  l  मलाइ लागेको थियो  मैले जुन काम नेपाल र नेपालीको लागि गरेको छु त्यो कुरा पक्कै पनि कोरियावासी नेपाली कामदार ले भुलेका छैनन् lयेही नै मेरो चुनाब जित्नुको बलियो आधार हो l
प्रश्न : तपाइको जित हुनुमा सबैभन्दा ठुलो भूमिका कसको छ ? मजदुर को, ब्यापारी वर्ग अथवा अन्य कुनै वर्ग को ?
उत्तर : मेरो जितमा सबैभन्दा ठुलो भूमिकाखेल्ने नेपाली कामदार नै हुन् किनकि कोरियामा उनीहरुको संख्या धेरै पनि रहेको छ र म बिगतमापनि नेपाली कामदार हरुसंग हरदमरुपमा निकै नजिक थिए  र रहन्छु पनि l ब्यापारी तथा अन्य वर्गबाट पनि मेरो लागि सहयोग छ भन्ने मैले आशा लिएको थिए र सबैको सहयोग ले नै मैले चुनाब जित्न सफल भएको हुँ l

प्रश्न : अबका दिनमा एनआरएन को भाबी कार्ययोजना र रणनीति कस्तो तय गर्ने सोचमा हुनुन्छ ?
उत्तर : एनआरएन को रणनीति तय गर्नु भन्दापनि पहिला यसको बिधान लाइ फलो गर्दै संस्थागत रुपमा कोरियामा रहेका अन्य संस्थाहरुसंग सहकार्य र  समन्य गर्दै बिशेष गरि आप्रबासी कामदारको हितमा विभिन्न कार्यक्रमहरु  ल्याउने सोचमा छु l

प्रश्न : एनआरएन कोरियाको बिधानमा केहि त्यस्ता नमिलेका कुरा हरु जो तत्कालै परिबर्तन गर्नु पर्ने छन् कि ?
उत्तर : सानो तिनो त्रुटीहरु छन् l जस्तो एनआरएन कोरियाको मतदाता बन्नको लागि २ वर्ष अनिबार्य पुगेको हुनुपर्ने तर उमेद्वार बन्नको लागि त्यो भन्दा कम भएपनि हुने l त्यस्ता कुरालाइ संशोधन गर्नुपर्ने जरुरि छ l त्यो बाहेक अन्य कुरा हरुपनि संशोधन गरेर एनआरनएन कोरियालाइ  मजदुरमैत्री बनाउनु पर्ने अत्यन्त आबश्यक बिषय हो  l

प्रश्न : मजदुरको हकहितमा त्यस्तो नया केहि कार्यक्रम ल्याउने सोचमा हुनुन्छ कि ?
उत्तर :मेरो पहिलो प्राथामिका भनेकै मजदुरको लागि एनआरएन कोरिया मार्फत केहि गर्ने हो l यहाँ दैनिक रुपमा  देखिएका आत्महत्याका समस्या कम्पनिमा चरम दुरब्याबहार को कारणले मानशिक रुपमा विछिप्त हुने lकम्पनि दुर्घटना ,सुतेको सुतेई मृतु हुने समस्या l  आदि कुरामा गम्भीर भएर त्यस्तो बिशेष कार्यक्रम ल्याउने सोच मा छु l

प्रश्न : अन्त्यमा के भन्न चाहानुहुन्छ कोरियावासी समस्त नेपालीहरुलाई ?
उत्तर : म, सर्बप्रथम सम्पूर्ण कोरियावासी नेपालीहरुलाई धन्यबाद भन्न चाहन्छु l कतिपय मजदुर मित्रहरुको कम्पनिमा बिदा नहुदा नहुदै पनि बिदा लिएरै भएपनि मतदान मा सरिक भैदिनु भयो l तपाइँहरुले जसरि मलाई बिश्वास गरेर जिताउनु भएको छ l यो कुरा मैले राम्रो संग मनन गरेको छु l तपाइको अमुल्य भोट को महत्वलाइ बुझेर सस्थागतरुपमा तथा मेरो व्यक्तिगत रुपम पनि नेपाल र नेपाली को हितमा कम गर्ने कुरामा म बाट कुनै कसर बाँकी रहने छैनभन्ने कुरा अबगत गराउन चाहन्छु l

प्रकाशित मिति : २०७२ असोज १४ (October 01, 2015)

प्रतिक्रियाहरु


नोबिन्द्र कटुवाल wrote on 30 September, 2015
अन्तर्वार्ता समय सान्दर्भिक छ । धन्यवाद किशनजी लाई ।
Arjun lama wrote on 02 October, 2015
Help me Raju g im in big problem...

तपाईको प्रतिक्रिया

Advertise with us

अन्तर्वार्ताका थप शिर्षकहरु

• निर्धारित मिति भन्दा अगावै दोर्दी खोला आयोजना सम्पन्न गर्ने लक्ष्य छ

• वमन फर वमन कसैको निजि संस्था होइन - मल्लिका थकाली

• कम्पनि परिबर्तनको नियम अलि खुकुलो भैदिएमा इपिएस श्रमिकका समस्या आफै समाधान भएर जान्छन - श्रम काउन्सिलर ढकाल

• क्रान्तीका क्रममा भएका घटनाहरु अपराध होईनन् — पूर्ब प्रधानमन्त्री भट्टराई

• नारीहरुको एकताको प्रतिकको रुपमा तिज पर्वलाई लिएकी छु: मल्लिका

• कोरियामा काम गर्दा देखिने स्वास्थ्य समस्याका बारेमा बरिष्ठ न्युरो सर्जन डा. केसी संगको कुराकानी

• म "माओबाद” मा बिस्वास गर्दिन ," डेमोक्रेसी” मा बिस्वास गर्छु - युवा नेता गोकर्ण पौडेल

• प्रधानमन्त्रीलाई कोरियाको स्टेट भिजिट गर्न अनुरोध गरेँ - डा. नवराज पन्त

• सफलताको श्रेय नै दर्शक श्रोता हुनः गायिका सम्झना लामिछाने

• कोरियामा नेपालीहरुलाई सुरुको ३ महिना बढि समस्या - रेग्मी

• हाम्रो कार्यक्रमको उद्धेश्य मलेशियामा रहेका आप्रवासी नेपालीबीच शान्ति र सद्धभाव कायम राख्नु होः अर्जुन विक

• कोरियामा कार्यरत मजदुरहरुको पक्षमा यो अधिवेशनले महत्व राख्दछ - गोबिन्द गांउले

• कोरियाका मिडियाले चासो नदिनु दुइ देश बीचको मामिला भएको कारणले हुन सक्छ - सिटौला

• कोरियामा महिलाहरु कृषि क्षेत्रमा बढि दुर्ब्यबाहारमा पर्ने गर्छन - मल्लिका

• यसपालि मेरो दावी तथा उम्मेदवारी उप-सभापति पदमा हुनेछ

• नेपाल हाउसको एजेन्डा सफल भयो - एनआरएन आइसिसि प्रतिनिधी कुँवर

• म हट छु कि कूल छु त्यो त दर्शकले मुल्यांकन गर्ने कुरा हो - मोडल आलिशा सिंह

• उत्तर कोरिया जस्तो कम्युनिष्ट राजनीति गतिबिधिमा लागेको भन्दै मलाई फसाइयो - सागर न्यौपाने

• नेपालको मुहार फेर्न सक्ने सक्षम संस्था भनेकै एनआरएन हो: एशिया क्षेत्रिय संयोजक राई

• अध्ययन बीचैमा छाडेर रोजगारीका लागि कोरियामा आएका नेपाली युवालाई खुसिको खबर, उच्च शिक्षा पुरा गर्ने चाहना पुरा हुने चरणमा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने कोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाकोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला सिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलाजानि राखौ, दक्षिण कोरियामा नयाँ वर्ष आराम्भसँगै यस्ता नयाँ नियम लागू हुन्छ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Abinash lamichhane Abinash lamichhane
Date of Birth : 08 January, 1996
Address: Paju si south korea
Hometown : Pokhara nepal
Occupation : Stock market
Hobbies : Travel
E-mail : Dilliram96.dr@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal