G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

अध्ययन बीचैमा छाडेर रोजगारीका लागि कोरियामा आएका नेपाली युवालाई खुसिको खबर, उच्च शिक्षा पुरा गर्ने चाहना पुरा हुने चरणमा


परिवारको आर्थिक कमजोर, देशमा रोजगारीको अवसर नदेखेर तथा विभिन्न कारणले इपिएस कोरिया भाषा उत्तिर्ण गरेर रोजगारीका लागि कोरियामा अहिले हजारौ नेपाली युवा रहेका छन् । कोरियामा कडा परिश्रम गरेर एक लाख देखि तीन लाख सम्म मासिक तलब प्राप्त गरेर आर्थिक सन्तुष्टि भएपनि अध्ययन बीचैमा छाडेर आएका केही युवाको दिमाग कतै कतै अध्ययन पुरा गर्न नसकिएको भन्दै चिन्तित हुने गरेका छन् । युवाहरुको भित्रि चिन्ता, उच्च शिक्षाको उपाधि कसरी प्राप्त गर्न सक्छन् भनेर नेपालमा खुल्ला विश्वविद्यालय स्थापना र सञ्चालनको अवधारणा भित्रयाएर कोरियाका विश्वविद्यालयमा सहकार्यको सम्भाव्यता बुझ्न यहाँ आउनु भएका डाक्टर प्रमोद ढकालसँग पत्रकार विकास श्रेष्ठले कुराकानी गर्नु भएको छ । क्यानाडाबाट विद्याविराधी तथा झण्डै एक्काइस वर्ष लामो बसाईपछि नेपाल फर्कनु भएका डाक्टर ढकाल नेपालमा खुल्ला विश्वविद्यालय पुर्वाधार विकासका संयोजक तथा खुल्ला विश्वविद्यालय कार्यदलका अध्यक्ष समेत हुनुहुन्छ ।


नेपालमा खुल्ला विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने अवधारणा गैर आवासीय नेपालीहरु माझ कसरी आयो ?

उत्तरः क्यानाडाको दुरसञ्चार प्रविधिको अनुसन्धान र निर्माण गर्ने “नरटेल नेटवर्क्स” को प्रमुख रिसर्च सेन्टरमा काम गर्दै जादाँ मलाई सुचना प्रविधीको व्यापक सम्भाव्यताको बारेमा ज्ञान भयो । नेपाल जस्ता अल्प विकसित देशहरुले यो प्रविधि प्रयोग गरेर ज्ञानको क्षेत्रमा धेरै ठुलो फड्को मार्न सक्छन् भन्ने मलाई लाग्यो । अनि यो प्रविधिको उपयोग गरेर शिक्षाको क्षेत्रमा नेपालमा योगदान पुर्याउनुपर्छ भन्ने धारणा राख्दा धेरै नेपाली साथीहरुले यस्तो काममा दिल खोलेर लाग्ने विचार राख्नु भयो ।
नेपालमा हामीले दुरसञ्चार प्रविधिलाई टेलिफोन गर्न व्यापक रुपमा प्रयोग गरे पनि उक्त प्रविधीमा अन्तर्निहित अरु तमाम उपयोगिताहरुको खासै उपयोग गरेका छैनौँ । एउटै शिक्षकले पुरै संसारका सामु प्रवचन दिन सक्ने आजको युगमा हामीले नेपालका गाउँ गाउँमा गणित, विज्ञान, अँग्रेजी पढाउने राम्रा शिक्षक नपाएकोले एस एल सिमा बहुसंख्यक विद्यार्थीहरु असफल भइरहेका छन् । एसएलसीको विज्ञान विषयको परिक्षामामा विद्यार्थीले औसत एकतीस अंक ल्याउनुले हाम्रो विज्ञान शिक्षाको हालत देखाउँछ । यो मामिलामा नेपालको उदाउँदो पुस्ता माथि अन्याय नै भैरहेको छ ।  
आज एउटा भिडियो नायिकाले गरेको नृत्य टेलिभिजनबाट आजको आजै देशभरी देखाउन सकेका छौँ । एउटा नेताले गरेको भाषण, बस दुर्घटनाको समाचार आदि देशव्यापि प्रत्यक्ष प्रसारण गर्ने सकेका छौँ । तर नेपालका विद्यालययमा वा विश्वविद्यालयमा गराइने अध्यापन किन गोप्य छ
? त्यहाँ अध्यापन गरेको कुरालाई देशव्यापि प्रसारण गर्न हामीलाई केले रोकिराखेको छ?  फजुल कुरा फैलाउने तर ज्ञानलाई लुकाउने यो परम्परालाई हामीले किन निरनतरता दिइरहेका छौँ ? यी नितान्त गम्भिर प्रश्नहरु हुन् ।
अव नेपालको उदाउँदो पुस्ता माथि यो अन्याय हुन दिनु हुँदैन । प्रविधी प्रयोग गरेर शिक्षाका अवसरहरु सबैका लागि खोलिदिनु पर्छ । दश जना उत्कृष्ट लेक्चररले नेपालभर पढाउन सक्नु पर्छ ।  नेपालमा अध्यापन गरेको कुरा सउलमा रहेका नेपाली पनि हेर्न र बुझ्न पाउनु पर्छ 
।  नेपालमा अध्यापन हुने पाठ्यक्रम कोरियाको अन्य देशमा रहेका नेपालीले पनि हरेक दिन पढ्न सक्नु पर्छ । त्यसै सम्भावनालाई मूर्तरुप दिननै सिकाईमा सूचना र सञ्चार प्रविधिको व्यापक उपयोग गर्न जरुरि भएको छ । पुरानो अध्यापन शैलीलाइ तोडेर बढि प्रभावकारि शैली स्थापित गर्न जरुरि भएको छ ।
यस्तै सम्भावनाहरुको बोध पछि एकातिर हामी गैरआवासीय नेपाली साथिहरुमाझ शिक्षाको अवसरलाई हर कोहि शिक्षार्थी कहाँ पुर्याउने अभिलाशा उव्जेको थियो भने अर्कोतर्फ नेपाल सरकारले सन् १९८०को दशकदेखिनै स्थापना गर्ने भनेको खुला विश्वविद्यालय स्थापित हुन सकिरहेको थिएन । त्यसैले गैर आवासीय नेपाली संघको तत्वावधानमा हामीले नेपाल सरकार सङ्ग सहकार्य गरि खुला विश्वविद्यालय स्थापना गर्ने साझा विचार बोकेर यो अभियानलाई नेपाल भित्र र बाहिर फैलाउन पुग्यौँ ।  

खुला विश्वविद्यालय के हो ? विस्तृतरुपमा बताइदिनुस ।

उत्तरः विश्वविद्यालयल भन्नाले जे बुझाउँछ खुला विश्वविद्यालयले पनि मूलत त्यही बुझाउँछ । जस्तो त्रिभुवन विश्वविद्यालयबाट डिग्री हासिल गर्न सकिन्छ यसबाट पनि सकिन्छ । तर यसमा केहि प्रकृयागत र नीतिगत फरकहरु छन । जस्तै आज त्रिभुवन विश्वविद्यालयको किर्तिपुर क्याम्पसमा पढाएको लेक्चर त्यहि विश्वविद्यालयको त्री चन्द्र क्याम्पसका विद्यार्थीले हेर्न पाउँदैनन् । तर यदि त्यो खुला विश्वविद्यालयको कक्षा हुन्थ्यो भने अन्य क्याम्पसका विद्यार्थीको त के कुरा, नेपालका जो कोहि जिज्ञासुले पनि हेर्न पाउने थियो । किर्तिपुर नआइकनै आ आफ्नै घर वा कार्यस्थलबाटै दोहोर्याई दोहोर्याई हेर्न पाउने थियो ।
त्यस्तै खुला विश्वविद्यालयको सेवा औपचारिक र अनौपचारिक दुवैरुपमा पढनेका लागि उपलव्ध हुन्छ । कुनै ब्याक्तिले डाक्टर हुन किमोथेरापी अध्ययन गर्नसक्छ भने एउटा क्यान्सर लागेको विरामीले पनि आँफुलाइ लागेको रोगको उपचारको ज्ञान हाँसिल गर्न त्यहि किमोथेरापी अध्ययन गर्न सक्छ । यस्तो ब्यबस्था खुल्ला विश्वविद्यालयमा उपलब्ध हुन्छ तर अन्यमा हुँने गर्दैन ।  डाक्टरले अध्ययन गरेका कुरा विरामीले पनि अध्ययन गर्न पाए झैँ, कृषिमा डिग्रि लिने विद्यार्थीले पढेका कुरा किसानले पनि पढन सक्छ । एउटा डाक्टरले लाइसेन्स लिई सेता कोट पहिरेर विरामी जाँच्नका लागि अध्ययन गरेको हुन्छ भने एक विरामीले वा किसानले लाइसेन्स लिन नभई आफ्ना जीवनमा खडा भएका प्रस्नहरुको उत्तर खोज्न पढिरहेका हुन सक्छ । डाक्टर हुनका लागि गरिएको अध्ययन औपचारिक हो भने अन्यले जान्नका लागि गरेको अध्ययन अनौपचारिक हो ।

खुल्ला विश्वविद्यालय शहर र बजार क्षेत्र बाहेक ग्रामिण क्षेत्रका मानिसलाई कसरी समाहित गर्न सकिन्छ?

उत्तरः कुनै एकदिन त्यस्तो हुनेछ जब हरेक गाउँ गाउँमा पनि अप्टिकल फाइबर द्वारा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुन सक्नेछ । तर हालको नेपालमा हामीले स्याटेलाइट कम्युनिकेशनको उपयोग गरेर ग्रमिण नेपालमा शैक्षिक सेवाहरु पुर्याउनु पर्छ । किनकि मात्र एउटा स्याटेलाइटको सेबाले पुरै नेपाल ढाक्न सक्छ । काठमाण्डौंबाट प्रसारण गरेको सुचना नेपालको जुनसुकै स्थानमा पनि उपलव्ध हुन सक्छ । नेपालका शहर वा दूरदराजमा रहेका विद्यार्थीले मोबाइल या कम्प्युटरको माध्यमबाट पोखरा वा लण्डनबाट दिएको लेक्चर हेर्न र सुन्न वा काठमाण्डौको सर्भरमा रहेको सुचना हाँसिल गर्न हालकै स्याटेलाइट प्रविधिबाट सम्बव छ ।  तर जहाँकहिँका विद्यार्थीलाई उच्च क्षमताको कम्प्युटिङ्ग सर्भिसहरु दिलाउन ब्रोडब्याण्ड सञ्चार गाउँगाउँमा र सबैले किन्न सक्ने मुलयमा पुर्याउने कामलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढाउनु पर्छ ।

खुल्ला विश्वविद्यालयमा समाहित हुन सञ्चार सेवा, द्रुत गतिको इन्टरनेट आवश्यक पर्छ तर नेपालका दुरदराजका  नागरिक यसबाट बन्चित छन् भने चरम लोडसेडिङ पनि छ । यस्तो अवश्थामा कसरी खुल्ला विश्वविद्यालय उपयोगी हुन सक्छ ?

उत्तरः अहिले मोबाइल फोन अधिकांश नेपाली युवाको पहुँचमा रहेको छ । झण्डै एक सय प्रतिशत युवाले मोबाइल फोन बोकेका छन् । जसले गर्दा उनिहरुलाई खुल्ला विश्वविद्यालयमा समाहित हुन आबस्यक प्राविधिक आधार छ । किनकि मोबाइल वा कम्प्युटरमा डाटा पुर्याउन इन्टरनेट नै चाहिने नभएर माइक्रो एस्।डि। आदि अनेकौँ साधनहरुमा राखेर पनि पुर्याउन सकिन्छ । बरु त्यस्तो पूर्वाधारको उपयोग गरेर शिक्षा दिने खुला विश्वविद्यालयनै नेपालमा तयार छैन ।  
लोडसेडिङले भने कम्प्युटरको प्रयोग गरी अध्ययन गर्न चाहनेलाई ठुलो असर पार्छ
यद्यपी मोबाइल फोन, ट्याबलेटहरु थोरै उर्जामै चल्ने भएकोले एउटा सस्तो सोलार प्यानल बाटै पनि उर्जा पुर्याउन सकिन्छ । यदि मोबाइल वा ट्याबलेटबाट उच्च शिक्षाका कार्यक्रममा भाग लिन पाउने भए तीन हजार रुपैया मुल्य पर्ने एउटा सोलार उपकरण किन्न धेरै नेपालीहरु तत्पर हुनेछन् ।

नेपालमा खुल्ला विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने सम्बन्धमा कानुनी बाटो खोल्ने ऐन नै तयार नभएको अवश्थामा कहिले सम्म खुल्ला विश्वविद्यालय स्थापना हुन्छ
?

उत्तरः  खुल्ला विश्वविद्यालय स्थापना र सञ्चालन गर्न आवश्यक ऐनका लागि अस्ती भर्खर संविधान जारी हुने समयमै संसदले विधेयकलाई अध्ययन र परिमार्जन गर्न सम्वन्धित संसदीय समितिमा पठाइसकेको छ । आशा छ छिट्टै समितिले परिमार्जित गरी संसदबाट पठाउँछ अनि  संसदबाट पारित भएर कानुन बन्छ । कानुन बने लगत्तै खुल्ला विश्वविद्यालय स्थापना गर्न तर्फ हामी लाग्छौ  । यसको अर्थ एक, केहि महिना भित्र विश्वविद्यालय स्थापना गर्ने कानुनि आधार तयार हुनेछ ।

खुल्ला विश्वविद्यालय नेपालका कति संख्याका विद्यार्थीलाई समावेश गर्ने लक्ष्य लिइएको छ ?

उत्तरः  अहिलेको अवश्थामा नेपालको सर्वोपरि विकासलाई ऊच्च गति दिने हो भने करिब बीस लाख विद्यार्थीहरुलाई उच्च शिक्षा दिनु पर्छ ।  अन्तर्राष्ट्रिय समुदाय र भूमण्डलीकृत अर्थव्यवस्थामा प्रतिश्पर्धि हुन यो संख्याको हाराहारीमा नेपाली विद्यार्थीहरुले अध्ययन गर्नुपर्छ । अहिले नेपालमा सञ्चालित नौ वटा विश्वविद्यालयमा चार लाख पचास हजार विद्यार्थी अध्ययनरत छन् तर त्यहिँ पनि गुणस्तर र रोजगारि सङ्ग गाँसिएका प्रशनहरु खडा छन्, बहुसंख्याले विचमै अध्ययन छोडने समस्या छ । त्यसैले एकतर्फ देश विदेशमा काम गरिरहेका दशौँ लाखलाई उच्च शिक्षा दिनु आवश्यक छ भने अर्को तर्फ शिक्षामा प्राविधिक लाइनको विस्तार गर्न र गुणस्तरको प्रत्याभूति दिन पनि त्यत्तिकै आवश्यक छ ।

विभिन्न कारणले पलस टु, स्नातक र स्नाकोत्तरको पढाई बीचैमा छाडेर रोजगारीका लागि कोरिया आएका नेपाली युवाको संख्या हजारौ छ । उनिहरुले पैसा कमाएपनि अध्ययन विचैमा छोडेर आउदाँ तथा अध्ययन पुरा गर्न नपाएको भन्दै पछुतो मान्ने  गरेका छन् । एनआरएनको लगानीमा खुल्न लागेको खुल्ला विश्वविद्यायमा कसरी समावेश गरी उनीहरुको चाहना पुरा गर्न सकिन्छ ?

उत्तरः  कोरियामा काम गरेर बाँकी रहेको समयलाई सदुपयोग गरेर नेपाली युवाले आफ्नो अध्ययन पुरा गर्न सक्छन् । खुल्ला विश्वविद्यालयको परिकल्पना परम्परागत विश्वविद्यालयको भन्दा भिन्न छ र यसमा विद्यार्थीले चाहेको समयमा आफ्नो कोर्ष र डिग्री पुरा गर्न सक्नेछन् । यदि कसैले स्नातक तह अन्र्तगतको पहिलो सेमेष्टर छ महिनामा नसक्ने भए एक वर्षमा गर्छु भनेर विश्वविद्यालयसँग सम्झौता गर्छ तर अध्ययन गर्दै जादाँ विषय सरल वा कठिन लाग्यो भने पुनः विश्वविद्यालयसँग समन्वय गरी समयावधी थोरै-धेरै पार्न सक्ने छ । हालका कति विश्वविद्यालयमा विद्यार्थीले असाइनमेन्ट बुझाउनुपर्दैन भने खुल्ला विश्वविद्यालयमा समय समयमा असाइनमेन्ट गरिरहनुपर्ने हुन्छ । यसका आधारमा विश्वविद्यालयले पनि विद्यार्थीले कुन रफ्तारमा कसरी अध्ययन गरिरहेको छ भनेर पत्ता लगाउनुका साथै खटाइएका ट्युटरहरुबाट अध्ययनमा सल्लाह र सहायता दिएको हुन्छ । त्यस्तै विद्यार्थीले चाहेको खण्डमा एउटा संकायबाट अर्को संकायमा स्थानान्तरण गरी अध्ययन गर्न पाउने प्रावधान खुल्ला विश्वविद्यालयमा हुन्छ । कोरियाको करिब पाँच वर्षे वसाईमा उसले एउटा डिग्री वा डिप्लोमा हासिल गर्न सक्छ । जसले उ एक श्रेणी माथि जान सक्छ ।
कोरियामा रहेका नेपाली विद्यार्थीको सन्दर्भमा हामीले दिने सर्टिफिकेट नेपाल र कोरियामा पनि मान्यता हुने खालको दिन चाहेका हौँ । त्यसका लागि हामीले यहाँका विश्वविद्यालयसँग समन्वय र सहकार्य गर्ने प्रयासमा रहेका छौँ । कोरियामा पनि मान्यता हुने सर्टिफिकेट दिने भएकोले नेपाली विद्यार्थीहरु कोरियन या अग्रेजी भाषा मध्ये एकमा दख्खल हुनुपर्ने हुन्छ । त्यसैले भाषा शिक्षालाई हामीले पहिलो प्राथमिकता दिनु पर्ने देखिएको छ ।

खुला विश्वविद्यालयको स्थापनाका लागि कोरियामा र अन्य देशमा बसेका नेपालीले के गर्न सक्छन् ?

उत्तरः एकदमै तत्कालको अवस्थामा त विदेशमा बस्ने नेपाली साथिहरुले नेपालमा स्थापना गर्न लागिएको खुला विश्वविद्यालयका बारेमा र विश्वमा बनाइसकिएका खुला विश्वविद्यालयहरुका बारेमा चासो राख्ने र जानकारि लिने कार्य गर्नु नै आँफैमा महत्वपूर्ण हुनेछ । नेपाललाई खुला विश्वविद्यालयको कानुन छिटो बनाउन मात्रै नभै बिदेशमा कार्यरत युबाहरुलाई समेत ध्यानमा राखेर बनाउन सरकार र संसदलाई घच्घच्याउन विदेशमा बस्ने नेपालीहरुको र गैर आवासीय नेपाली संघको ठूलो भुमिका हुनेछ । जब खुला विश्वविद्यालय स्थापनाको कानुनी ढोका खुल्नेछ, विश्वका सवै नेपालीहरुले पैसा नै दिएर यसको द्रुत निर्माण र बिकासमा सहयोग पुर्याउनुपर्छ । हामीले दिल खोलेर सहयोग गर्यौँ भने हामीलाई विश्वले पनि सहयोग गर्ने छ । अनि तेश्रो चरणमा नेपालमा ज्ञान, विज्ञान र प्रविधि भित्र्याउन र विकास गर्न विदेशमा बस्ने नेपालीहरुको भुमिका ऊति महत्वपूर्ण हुनेछ । आज ६० लाख नेपालीहरु बिदेशमा कार्यरत रहेको सन्दर्भलाई हेर्दा उनिहरुनै यसका बहुसंख्यक विद्यार्थीहरु हुने सम्भाबनालाई पनि हामीले मनन गरेर मन बचान र कर्मले काँधमा काँध मिलाएर सहयोग गर्नु पर्छ ।

अन्त्यमा,
नेपालमा जारी संविधानमा विदेशी नागरिकता लिएका नेपालीलाई पनि गैर आवासीय नागरिकता दिने धारा समावेश भएको छ, एनआरएन भएको हैसियतले यस विषयमा तपाईको धारणा के छ ?

उत्तरः आधारभूतरुपमै यो ठुलो फड्को हो । नेपालमा यो हुन जरुरी थियो । नेपाल बाहिर रहेका गैर आवासीय नेपालीलाई पनि नागरिकता दिने कुरा संविधानमै समाहित हुनु एनआरएनका लागि पनि ऐतिहासिक फड्को हो । जस्तै म क्यानाडा एक्काइस वर्ष बसेर नेपाल फर्के तर मेरा छोराछोरी फर्कनका लागि हिजो सम्मको वातारण कम उत्साहजनक थियो भने यो संविधानले उनिहरुलाई फर्कने उत्प्रेरणा दिन सजिलो पारेको छ । म नेपालमै  हुर्केकोले आफ्नो व्यक्तित्वको बिकास यहिँ गरेको थिएँ तर तिनीहरु त्यही हुर्केर अध्ययन गरिरहेका छन् । त्यसैले उनीहरुलाई नेपाल फर्काउन कुनै विशेष उत्प्रेरणाको खाँचो थियो । गैर आवासिय नागरिकताले त्यो उत्प्रेरकको काम गर्ने मेरो विश्वास छ । विदेशमा पहिलो पुस्ता सफल हुन धेरै संघर्ष गर्नुपर्छ तर दोश्रो, तेश्रो पुस्ता धेरै सफल भइसकेका हुन्छन् । उनिहरुमा नेपालका लागि आवश्यक ज्ञान विज्ञान र प्रविधिको प्रवाह गर्ने, नेपालभित्र अनुसन्धान र अविस्कारको वातावरण सुदृढ गर्ने र आर्थीक लगानी गर्ने क्षमता धेरै हुनेछ ।  गैर आवासीय नागरिकताका कारण उनीहरु उत्साहित भएका छन् र यसले देश विकासमा दूरगामी महत्व राख्नेछ ।

प्रकाशित मिति : २०७२ कार्तिक ११ (October 28, 2015)

सम्बन्धित तस्विरहरु

डाक्टर प्रमोद ढकालसँग अन्तर्वार्ता क्रममा हेल्लो नेपालकोरिया डटकम सहकर्मी विकास श्रेष्ठ
डाक्टर प्रमोद ढकालसँग अन्तर्वार्ता क्रममा हेल्लो नेपालकोरिया डटकम सहकर्मी विकास श्रेष्ठ
Advertise with us

अन्तर्वार्ताका थप शिर्षकहरु

• निर्धारित मिति भन्दा अगावै दोर्दी खोला आयोजना सम्पन्न गर्ने लक्ष्य छ

• वमन फर वमन कसैको निजि संस्था होइन - मल्लिका थकाली

• कम्पनि परिबर्तनको नियम अलि खुकुलो भैदिएमा इपिएस श्रमिकका समस्या आफै समाधान भएर जान्छन - श्रम काउन्सिलर ढकाल

• क्रान्तीका क्रममा भएका घटनाहरु अपराध होईनन् — पूर्ब प्रधानमन्त्री भट्टराई

• नारीहरुको एकताको प्रतिकको रुपमा तिज पर्वलाई लिएकी छु: मल्लिका

• कोरियामा काम गर्दा देखिने स्वास्थ्य समस्याका बारेमा बरिष्ठ न्युरो सर्जन डा. केसी संगको कुराकानी

• म "माओबाद” मा बिस्वास गर्दिन ," डेमोक्रेसी” मा बिस्वास गर्छु - युवा नेता गोकर्ण पौडेल

• प्रधानमन्त्रीलाई कोरियाको स्टेट भिजिट गर्न अनुरोध गरेँ - डा. नवराज पन्त

• सफलताको श्रेय नै दर्शक श्रोता हुनः गायिका सम्झना लामिछाने

• कोरियामा नेपालीहरुलाई सुरुको ३ महिना बढि समस्या - रेग्मी

• हाम्रो कार्यक्रमको उद्धेश्य मलेशियामा रहेका आप्रवासी नेपालीबीच शान्ति र सद्धभाव कायम राख्नु होः अर्जुन विक

• कोरियामा कार्यरत मजदुरहरुको पक्षमा यो अधिवेशनले महत्व राख्दछ - गोबिन्द गांउले

• कोरियाका मिडियाले चासो नदिनु दुइ देश बीचको मामिला भएको कारणले हुन सक्छ - सिटौला

• कोरियामा महिलाहरु कृषि क्षेत्रमा बढि दुर्ब्यबाहारमा पर्ने गर्छन - मल्लिका

• यसपालि मेरो दावी तथा उम्मेदवारी उप-सभापति पदमा हुनेछ

• नेपाल हाउसको एजेन्डा सफल भयो - एनआरएन आइसिसि प्रतिनिधी कुँवर

• म हट छु कि कूल छु त्यो त दर्शकले मुल्यांकन गर्ने कुरा हो - मोडल आलिशा सिंह

• उत्तर कोरिया जस्तो कम्युनिष्ट राजनीति गतिबिधिमा लागेको भन्दै मलाई फसाइयो - सागर न्यौपाने

• नेपालको मुहार फेर्न सक्ने सक्षम संस्था भनेकै एनआरएन हो: एशिया क्षेत्रिय संयोजक राई

• आप्रबासी कामदारको हितमा काम गर्ने सोचमा छु: नवनिर्वाचित एनआरएन कोरिया अध्यक्ष क्षेत्री

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)जिमनीद्धारा अत्याधुनिक र सहज अटो सेन्ड कार्ड सञ्चालनमा, सेवाग्राही थप लाभान्वित हुने विश्वासकोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal