कोरियामा काम गर्दा देखिने स्वास्थ्य समस्याका बारेमा बरिष्ठ न्युरो सर्जन डा. केसी संगको कुराकानी

 किंग एडवार्ड मेडिकल युनिभर्सिटी लाहोर पाकिस्तान बाट न्युरो सर्जरीमा एम एस गरि हाल काठमाडौँको  ग्रांन्डी ,नेपाल मेडिकल कलेज टिचिंग हस्पिटल जोरपाटी ,अल्का हस्पिटल जावलाखेल आदि चर्चित अस्पताल हरुमा सिनियर कन्सल्टेन्ट न्युरो सर्जनको रुपमा काम गर्दै आउनु भएका बरिष्ठ न्युरो सर्जन डा. राज कुमार केसी संग हेल्लो नेपाल कोरिया डट कमको लागि पत्रकार किशन गौतमले कोरियामा नेपाली श्रमिकहरुमा देखिएका विभिन्न स्वास्थ्य समस्या तथा तिनका निराकरणका केहि उपाय हरुको बारेमा गरेको छोटो कुराकानी l


प्रश्न - डा.साब, कोरियामा लामो समय काम गर्नु पर्ने हुन्छ , धेरै जसो कम्पनिमा डे र नाइट काम हुने गर्दछ यसले स्वास्थ्यमा कस्तो खालको असर पर्न जान्छ ?


उत्तर -  पहिलो कुरा त बिसेष गरि लामो समय सम्म बन्दकोठा अथवा घाम नपर्ने ठाउमा काम गर्दा मानिसलाइ घाम बाट प्राप्त हुने भिटामिन 'D' को कमि हुन गइ शरीरका हड्डीहरु कम्जोर हुने समस्या देखा पर्न जान्छ भने लगातार लामो समय काम गर्दा शारीरिक थकान त हुन्छ नै त्यसले मानसिक तनाब पनि उत्पन्न गराउन सक्छ l दोस्रो कुरा जुन डे नाइट कामको सबाल छ मानिसको जीवन शैली थोरै मात्र पनि परिवर्तन भयो भने हाम्रो शरीरले बाताबरण संग  एडजस्ट गर्न  कठिन मान्छ यो कठिनाइको कारणले नै अनिद्रा मानसिक तनाब आदि उत्पन्न गर्ने गर्दछ l  तर समयको अन्तराल संगै खानपिन शाररिक व्यायाम आदिकुरालाई ख्याल गर्दै जानेको भने बिस्तारै शरीरले पनि एड्जस्ट गर्दै जान्छ l


प्रश्न - कृषि तिर काम गर्नेले बिसेष गरि लामो समय सम्म बाहिर काम गर्नु पर्ने हुन्छ l यसले स्वास्थ्यमा पार्ने समस्याको बारेमा बताइदिनुस न ?


उत्तर - लामो समय सम्म बाहिर काम गर्दा घाम बाट छालालाई जोगाउनु पर्ने हुन्छ l मौसम अनुसारको कपडा लगाउनु अतिनै आवश्यक हुन्छ भने लामो समय घाममा काम गर्दा घामकै कारणले छालाको एलर्जी गराउने आदि समस्या देखा पर्न जान्छ l त्याति मात्र होइन कृषिजन्य बस्तुहरु जस्तै किटनासक औषधि, मल आदि बाट पनि आफुलाई सुरक्षित राख्नु पर्ने हुन्छ l बाहिर काम गर्नेहरुको लागि एलर्जीको समस्याहरु बढी देखापरेको पाइएको छ l


प्रश्न - कोरियामा काम गर्नेहरुमा ढाडको समस्याहुने बढी देखिएको छ यसको कारण अनि समाधानका केहि उपाय हरु बताइदिनुस न ?


उत्तर - मैले पहिलानै भनिसकेकी यदि तपाईहरु घाम नपर्ने ठाउमा अथवा कोठा भित्र लामो समय काम गर्नु हुन्छ भने तपाईलाई अबश्य पनि भिटामिन D को कमि भएको  हुन सक्छ l l हाम्रो शरीरमा हड्डी बलियो बनाउनलाइ भिटामिन D को अपरिहार्य हुन्छ l यहि कारणले तपाइको हड्डी कामजोर भै ढाडको समस्या आएको पनि हुन सक्छ र अर्को कुरा तपाइको काम गर्दा शरीरको पोजिसन नमिलेर पनि हुन सक्छ l लगातार उभिएर काम गर्दा पनि समस्या आउछ भने लगातार बसेर काम गर्दापनि समस्या आउन सक्छ l त्यासकारण काम गर्दा उठ्ने बस्ने दुवै पोजिसन मिलाउन जरुरि छ l समाधानका उपायमा त सकेसम्म केहि समय घाममा बस्ने गर्नुहोस ,क्याल्सियम युक्त खानामा जोड दिनुहोस ,काम गर्दा शरीरलाइ सकेसम्म सजिलो बनाइराख्नु होस् l


प्रश्न -डा.साब ,यो मानसिक रोग भनेको के हो ? यो   रोग कुनै त्यस्तो हर्मोनको कारणले हुने गर्दछ कि बाह्य कारणले हुने रोग हो ?


उत्तर - मानसिक रोग भनेको मनको रोग हो l तनाब त सबैलाई हुन्छ तर कति पय मानिसले विभिन्न किसिमले  तनावलाई सजिलै झेल्न सक्छन भने कतिपयले त्यो तनावलाई झेल्न नसकेको कारण नै भित्र भित्रै मानिस रोगि जस्तै बन्दै जान्छ l जसरि एउटा रोग लाइ समयमै उपचार गरिएन भने यसले पछी बिकराल रुप लिन्छ त्यस्तै गरि यो पनि एउटा रोग नै भएकोले यसको उपचार समयमा गरिएन भने मानिसले आत्महत्या अथवा दुर्बेसनी आदि बाटोहरु रोज्न सक्छ यो अबश्था आउनु भनेको रोगको अन्तिम स्टेज हो र त्यो बेलाको उपचार सबै ब्यार्थ पनि हुन सक्छ l जहा सम्म मानसिक रोग हर्मोनको कारण भन्ने प्रश्न छ हुन त हर्मोन ले पनि केहि असर पारिराखेको हुन्छ नै नेपालमा देखिएको एउटा थाइराइडको कमि हुने कारण ले पनि केहि मानसिक रोगका लक्षण हरु देखापरेको छ  l तर मुख्य कुरा  त मानिस रमाइलो बाताबरण बाट अलग्गिनु नै मानसिक रोगको मुख्य कारण हो l


प्रश्न - मानसिक रोग लागेको कसरि थाहा पाउने ? 


 उत्तर - सुरुको स्टेजमा मानसिक रोग लागेको आफैलाइ थाहा हुन्छ l रमाइलो गर्न मन नपर्ने, एकान्त मन पर्ने ,धेरै घुलमिल हुन मन नलाग्ने ,निद्रा कम लाग्ने ,के गरौ र कसो गरौ भन्ने छटपटी भैरहने ,कुनै  कुरामा पनि गम्भीर चासो नलाग्ने आदि लक्षण देखा पर्दछ l


प्रश्न -  अन्तमा ,मानसिक रोग लाग्न नदिन के के कुरामा ध्यान पुर्याउनु पर्ने हुन्छ ? यदि लगिसकेको रहेछ भने समाधानका उपाय हरु के- के  होलान ?


उत्तर -सर्ब प्रथम तनाब नै मानसिक रोगको मुख्य कारण  भएकोले तनाब मुक्त जीवन जिउने कोसिस गर्नु नै यसको  पहिलो उपाय हो l त्यसको लागि  काम - काम मात्र होइन यसो बाहिर तिर निस्किने ,रमाइलो गर्ने ,मनका कुराहरु सेयर गर्ने बानि  बसाल्नु नै तनाब मुक्त हुने उपाय हो  l मानसिक रोग बिसेष गरि ब्याक्ति स्वयंको नेचरमा भर पर्ने हुनाले समय र परिश्थिति अनुसार आफुलाई ढाल्न सिक्नु पर्ने हुन्छ l त्यो बाहेक साथीभाई अथवा नजिकको मान्छेहरुले पनि सुरु- सुरुको अबश्था बाटै उसलाई पिक अप गर्न सक्यो भने  बिकराल रुप लिनु अगावै नै समस्या समाधान हुन सक्छ l



प्रकाशित मिति : २०७३ असार १० (June 24, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अन्तर्वार्ताका थप शिर्षकहरु

• निर्धारित मिति भन्दा अगावै दोर्दी खोला आयोजना सम्पन्न गर्ने लक्ष्य छ

• वमन फर वमन कसैको निजि संस्था होइन - मल्लिका थकाली

• कम्पनि परिबर्तनको नियम अलि खुकुलो भैदिएमा इपिएस श्रमिकका समस्या आफै समाधान भएर जान्छन - श्रम काउन्सिलर ढकाल

• क्रान्तीका क्रममा भएका घटनाहरु अपराध होईनन् — पूर्ब प्रधानमन्त्री भट्टराई

• नारीहरुको एकताको प्रतिकको रुपमा तिज पर्वलाई लिएकी छु: मल्लिका

• म "माओबाद” मा बिस्वास गर्दिन ," डेमोक्रेसी” मा बिस्वास गर्छु - युवा नेता गोकर्ण पौडेल

• प्रधानमन्त्रीलाई कोरियाको स्टेट भिजिट गर्न अनुरोध गरेँ - डा. नवराज पन्त

• सफलताको श्रेय नै दर्शक श्रोता हुनः गायिका सम्झना लामिछाने

• कोरियामा नेपालीहरुलाई सुरुको ३ महिना बढि समस्या - रेग्मी

• हाम्रो कार्यक्रमको उद्धेश्य मलेशियामा रहेका आप्रवासी नेपालीबीच शान्ति र सद्धभाव कायम राख्नु होः अर्जुन विक

• कोरियामा कार्यरत मजदुरहरुको पक्षमा यो अधिवेशनले महत्व राख्दछ - गोबिन्द गांउले

• कोरियाका मिडियाले चासो नदिनु दुइ देश बीचको मामिला भएको कारणले हुन सक्छ - सिटौला

• कोरियामा महिलाहरु कृषि क्षेत्रमा बढि दुर्ब्यबाहारमा पर्ने गर्छन - मल्लिका

• यसपालि मेरो दावी तथा उम्मेदवारी उप-सभापति पदमा हुनेछ

• नेपाल हाउसको एजेन्डा सफल भयो - एनआरएन आइसिसि प्रतिनिधी कुँवर

• म हट छु कि कूल छु त्यो त दर्शकले मुल्यांकन गर्ने कुरा हो - मोडल आलिशा सिंह

• उत्तर कोरिया जस्तो कम्युनिष्ट राजनीति गतिबिधिमा लागेको भन्दै मलाई फसाइयो - सागर न्यौपाने

• नेपालको मुहार फेर्न सक्ने सक्षम संस्था भनेकै एनआरएन हो: एशिया क्षेत्रिय संयोजक राई

• आप्रबासी कामदारको हितमा काम गर्ने सोचमा छु: नवनिर्वाचित एनआरएन कोरिया अध्यक्ष क्षेत्री

• अध्ययन बीचैमा छाडेर रोजगारीका लागि कोरियामा आएका नेपाली युवालाई खुसिको खबर, उच्च शिक्षा पुरा गर्ने चाहना पुरा हुने चरणमा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा राष्ट्रपतिय निर्वाचनका क्रममा एघार दिन सार्वजानिक विदा हुन सक्नेकोरियामा तीन सय जनाको ज्यान जाने गरि भएको दुर्घटनाको करिब ३ बर्ष पछी सेवल जहाज पानी माथि उत्रियो अनलाईन आवेदनको लागि इपिएस शाखाको यस्तो तयारीमुसहर बस्ती निर्माणका लागि धुर्मस सुन्तली फाउण्डेशनलाई कोरियाबाट ठुलो धनराशि सहयोग, बस्ती मै पुगेर श्रमदान र रकम हस्तान्तरणउर्जामा लगानी खोज्दै मन्त्री शर्मा दक्षिण कोरियामा कोरियाबाट फर्केर व्यबसायमा जम्दै रघु त्रिपाठी, खुल्यो कलंकीमा मल्टिब्राण्ड मोबाइल शोरुमकोरियाको राष्ट्रपति कार्यालयमा नौ वटा कुकुर छाडिए
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियाले १० हजार नेपाली कामदार लैजानेकोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमाआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनाकोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरिया जान अव अनलाईनबाटै आवेदन, कतार, मलेशिया लगायत अन्य विदेशमा बस्नेले पनि भर्न सक्नेकोरियामा राष्ट्रपतिय निर्वाचनका क्रममा एघार दिन सार्वजानिक विदा हुन सक्नेपुरानो कामदारको लागि भने कम्पनि साहुले आवास खर्च भनेर अहिले नै पैसा काटीहाल्ने अबश्था त छैन - एमटियु अध्यक्ष राइ
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Sherpa pasang Sherpa pasang
Date of Birth : 20 December, 1987
Address: Ansan
Hometown : Ramechhap
Occupation : Student
Hobbies : Listing music singing dancing n traveling new place.. i am a hunger hunt thats why love too eat
E-mail : Pinasapasang@yahoo.con
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal