म "माओबाद” मा बिस्वास गर्दिन ," डेमोक्रेसी” मा बिस्वास गर्छु - युवा नेता गोकर्ण पौडेल

पश्चिम नेपाल को पहाड़ी जिल्ला गुल्मी को सुदुर पुर्वी गाबिस भुर्तुड्गको तमे मा बिक्रम संवत २०२५ साल ०५ औ महिना ०७ गतेका दिन पिता बेणी माधव पौडेल र आमा पबित्रा पौडेल को जेठो सन्तान का रुपमा जन्मिएका राजनीतिज्ञ गोकर्ण पौडेल भुर्तुड्ग जस्तो बिकट गाबिस मा अभाव र प्रभाव सँग पौठेजोरी खेल्दै नेपाल का तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला को "स्वकिय सचिव ” जस्तो ओहदामा पुग्न सफल ब्यक्तित्व हुनुहुन्छ । मृदुभाषी,सरल र मिजाशिलो स्वभाव का धनि पौडेल लाई नेपाली कांग्रेस पार्टी ले "युवा नेता" को रुपमा प्रस्तुत गरेपनि उहाँ सधै आफुलाई पार्टी कार्यकर्ता नै भन्न रुचाउनुहुन्छ ।हाल काठमाण्डौ को महाराजगँज स्थित अलिसान महलमा बस्ने पौडेल लाई महलको भन्दा गाँउको टिनसेड घरको नै चिन्ता बढि छ । आफ्नो मेहनत र लगनशिलता लाई आधार बनाएर "दिन दुई गुना र रात चार गुना ” प्रगति गरिरहेका पौडेल "करोडपति भुर्तुड्गेली ” हरुको सुचीमा शिर्षमा पर्नुहुन्छ । गुल्मी छापचौर मा स्थित श्री दुर्गा भवन उच्च माध्यमिक विद्यालय हुदै काठमाण्डौ को नेपाल ल कलेज बाट बिएल गरेका पौडेल काठमाण्डौ मा रहि सक्रिय राजनीति तथा ब्यवसाय मा जम्नुभएको छ । ब्यवसाय रनिड्ग कै सिलसिला मा भारत को राजधानी नयाँ दिल्ली पुग्नुभएका पौडेल सँग समसामयिक बिषयमा पत्रकार देबेन्द्र केसी ले लिएको अन्तरबार्ता !!!

हजुरले आफुलाई समाजसेवी भन्न रुचाउनु हुन्छ कि राजनीतिज्ञ ?
दुबै ! म समाजसेवी त राजनीति नगर्दा पनि थिए जस्तो लाग्छ । राज्य को निति मान्ने राजनीतिज्ञ र राजनीतिज्ञ भएर गरिने समाजसेवा न हो र एक राजनीति कर्मीको धर्म र कर्म पनि हो समाजसेवा । तसर्थ म राजनीति र समाजसेवा दुईवटै पाटोमा छु जस्तो लाग्छ ।

हजुर त स्वर्गीय पुर्ब प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला को "स्वकीय सचिव ” रहेको मान्छे ,उहाँ सड्गको सहयात्रा कस्तो रह्यो ?
उहाँ एकदमै सहज र सजिलो मान्छे , उहाँ सड्ग मैले पुरा १९बर्ष ०९महिना र ०७ दिन काम गरेँ ।मैले जिवनमा जे पाँए त्यो सबै काड्ग्रेस पार्टी र स्वर्गीय गिरिजा बाबु बाट पाँए । म एककिसिमले भन्दा भाषमा गढेको मान्छे , अभाव र प्रभाव सँग पौठेजोरी खेल्दै बाल्यकाल बिताएको मान्छे , मलाई ट्रयाकमा ल्याउनुभयो । धेरै मिस गर्छु त्यसैले त म उहाँ बाहेक कसैको पनि "स्वकीय सचिव ” नबस्ने भनेर काँग्रेस सभापति शेर बहादुर देउबा जी को आग्रह लाई पनि मानिन ।

गिरिजा बाबु सँग एति धेरै क्लोज किन ?
हेर्नुस , उहाँ द्दढ स्वभाव भएको मान्छे 'म जे बोल्छु त्यहि गर्छु ' भन्ने मान्छे उहाँ को अद्वितीय साहस र कार्य गर्ने शैली मलाई मन पर्छ ।आफ्नो कुशल नेतृत्व मार्फत राज्य लाई पनि ठुलो गुन लगाएका कोईराला ले माओबादी लाई पनि ' बन्दुक छोडाएर ब्यालेट ' को बाटोमा ल्याउने हिम्मत गर्नुभयो । सदियौ देखी जरा गाडेर बसेको सामन्ति राजतंत्र उहाँ कै नेतृत्व मा बढारियो यि सबै कुरा ले गर्दा मलाई गिरिजा बाबु मन पर्छ र उहाँ को अभाव खड्किरहन्छ ।

भनेपछि गिरिजा बाबु हजुरको आदर्श हुनुहुन्छ ?
होईन आदर्श होईन उहाँ एक्टिभिस्ट हो । एक्टिभिस्ट कहिल्यै आदर्श हुदैन र मन पर्नु आदर्शवाद पनि हैन। मेरो आदर्श त बिपी कोईराला,पंडित जवाहरलाल नेहरू अनि माहात्मा गान्धी हुनुहुन्छ। आदर्श लाई फ्लो गरिन्छ भने एक्टिभिस्ट सँग सहयात्रा गरिन्छ । फेरि अर्को कुरा सहयात्रा काँग्रेस सभापति देउबा र एमाओबादी अध्यक्ष प्रचण्ड सँग पनि छ ।

पछिल्लो पटक हजुरको झुकाव एमाओबादी तिर बढ्दै छ भन्ने हल्ला जनमानस मा सुनिन्छ नि !कुरा के हो  ?
मेरो काँग्रेस सित मात्र नभएर एमालेका लिडरहरु अनि एमाओबादी का लिडरहरु सँग पनि राम्रो समन्ध छ समन्ध राम्रो हुदैमा झुकाव बढ्ने होईन । प्रचण्ड जी ले मलाई राम्रो मान्नुहुन्छ मैले पनि आदर गर्छु यो ब्यक्तिगत कुरा हो तर म " माओबाद ” मा बिस्वास गर्दिन म "डेमोक्रेसी ” मा बिस्वास गर्छु ।

तपाई आफ्नो जिबनलाई सफल मान्नुहुन्छ या असफल ?
एकदमै सफल किनकि म मान्छे भएर जन्में। के मान्छे भएर जन्मन पाउनु सफलता हैन  ? म कुकुर त बनिन नि ! अर्को कुरा म आफुलाई, परिवार लाई, समाजलाई अनि जन्मभूमि लाई सम्झिन्छु हरेक बिकास निर्माण मा सघाउने प्रयास गर्छु । जनताका पिरमर्का हरुलाई बुझ्ने प्रयास गर्छु कमसेकम जगलाई आसा देखाउन सक्ने त भएँ यो पनि त सफलता हो ।

एउटा सफल मान्छे को पछाडि एउटी आईमाई हुन्छिन भन्छन । हजुरको सफलता को पछाडि पनि कोहि छ  ?
यदि मेरो सफलता को पछाडि कोई छ भने त्यो मेरी अर्धांगिनी हुन । मेरी जिबन सड्गिनीले मलाई हरेक दुख सुख अनि हाँसो , आँशु मा साथ दिईन उनि शालिन छिन, मासूम छिन तर मेरो अभाव मा प्रभाव बनेर उदाउछिन । अनि आशीर्वाद को कुरा गर्ने हो भने मेरो बाबा , आमा अनि कुल देवताको आशीर्वाद रुपी हात  सधै मेरो शिरमा छ ।

हजुरको जिबनमा घटेको कुनै दुखद पल छ जल्ले तपाई लाई झकझोर बनाउछ ?
त्यसो त मेरो जिबनमा दुख कति पटक आए र गए म आफैले गन्न र भन्न सक्दिन मत दुखैमा हुर्केको मान्छे एकचोटी आएपो गन्नुनि ! तैपनि मेरो जिबन बाट जहिले बुबा बिदा हुनुभयो त्यो दिन र जुन दिन यो देश को धरोहर गिरिजा बाबु स्वर्गवासी हुनुभयो त्यो मेरो जिबनकै सबै भन्दा दुखद पल हो । त्यो दिनले आजपनि  मलाई निद्रा बाट ब्युझाईदिन्छ ।

सानो छँदा गाँउघरमा साथी भाई हरु सँग गरेको रमाईलो घटना याद छ  ?
(मुसुक्क हाँसेर रमेश पौडेल तर्फ औला देखाउदै ) उ उहाँ भाई लाई सोध्नुस सानोमा मोजाको भलिबल बनाएर खुब खेल्थ्यौ । खनिया अनि ऐसलु खान टुनिखोला र पाताल चहार्थयौ , टुनीखोलामा नाड्गै नुहाउनु ,गुच्चा , ढेक्का , खोप्पी खेल्नु अनि जन्ती बनाएर बिहेको नक्कल गरि खेल्नु ति दिन सम्झेर अहिले हाँसो लाग्छ अझ उति बेलाका साथी हरु सँग भेट हुदाँ ति रमाईला दिन सम्झेर खुब हास्छौ ।

हजुर अहिले भारत मा हुनुहुन्छ !भारत सँग को समन्धको बारेमा बताईदिनुस न  ?
भारत सँग भाषा मिल्छ , संस्कृति मिल्छ 'रोटी र बेटी 'को समन्ध छ ।खुल्ला बोर्डर भएको ले दुई देश बिच बन्द ब्यापार , नोकरी र औसधोपचार गर्न एक अर्काको मुलुकमा जान पाईने छुट छ भारत नेपाल समन्ध राम्रो भएर त होनी गत बैसाख मा ११ बजेर ५५ मिनट जाँदा आएको भुकम्प को रेसक्यु गर्न २ बजेर ३० मिनट जाँदा भारतीय सेना का हेलिकप्टरहरु काठमाण्डौ पुगेका थिए ।

समन्ध जस्तो भएपनि अन्त्यमा नाकाबन्दी गरेर भुकम्प ले थिलोथिलो भएको देश लाई थप पिडा दिएन र भारत ले ? अनि रेस्क्यु अपरेसन पनि त प्रचार मै सिमित भयो नि ?
नाकाबन्दी भारत ले गरेको हो भन्ने के प्रमाण छ हामी सँग ! सिमामा मधेसीहरु बसे नाका खोल्न नेपाल सरकार ले पहल गर्नुस । पेलेर लैजादा मानविय क्षति हुन्छ भनेर सजगता देखाएको हो भारत ले । नाकाबन्दी को कारण हामी हौ भारत होईन अनि रह्यो प्रचारबाजीको कुरा रेस्क्यु अपरेसनमा भारत ले प्रचारबाजी मात्रै गर्नु थियो भने एउटा हेलिकप्टर पठाएको भए भैहाल्थ्यो नि दस वटा किन पठाउनु पर्थ्यो ?

हजुर एउटा बिकट र सड्कुचित समाज बाट उच्च ओहदामा पुगेको मान्छे ! हजुरबाट जन्मभूमि ले के आसा गर्ने  ?
मैले जे गरेँ जन्मभूमि को लागि गरेँ मोटर बाटो निर्माण,बिध्युत बितरण , पुलपुलेसो निर्माण मा मेरो पहुंच ले भ्याय सम्म गरेकै छु । म भर्खरै पनि जन्मभूमि को स्थलगत भ्रमण सकाएर दिल्ली आएको हूँ। म हजुरलाई वादा गर्छु अब कमसेकम पनि तिन महिना मा एक पटक जन्मभूमि जान्छु र त्यहाको पिर मर्का बुझ्ने कोशिश गर्छु।

अनि अन्त्यमा प्रवासी तथा स्वदेशी नेपाली जनमानस लाई के भन्न चाहानुहुन्छ ?
हाम्रो देश सबै को साझा फुलबारी हो । यहाँ माओ,चाओ अनि शेक्सपियर सबै जन्मिएका छन तर राज्य को उदासीनता र सामाजिक जागरुकता को अभाव मा खेतमा हलो जोत्न बाध्य छन । भने कोई प्रदेशमा पसिना बगाउन बाध्य छन । तिनीहरुले आफ्नो क्षमता लाई चिनेर देश को बिकास का लागि पौरख खर्चिने बातावरण भए खुसी हुनथ्यो । प्रवासी युवा हरुले पनि बिदेसमा काम सिक्नुस अनि नेपाल मा गएर त्यसको उपयोग गर्नुस किनकी देश का नेताहरु लाई सरापेर मात्र देश बन्दैन । देश बनाउनको लागि सबै नेपाली जनले योगदान दिनुपर्छ र नयाँ दिल्ली मा गठन भएको भुर्तुड्गेली हरुको छाता सड्गठन गुल्मी -भुर्तुड्ग सम्पर्क समिति (भारत ) को प्रगति को कामना गर्न चाहान्छु । धन्यवाद !!!
प्रकाशित मिति : २०७३ जेठ २८ (June 10, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अन्तर्वार्ताका थप शिर्षकहरु

• वमन फर वमन कसैको निजि संस्था होइन - मल्लिका थकाली

• कम्पनि परिबर्तनको नियम अलि खुकुलो भैदिएमा इपिएस श्रमिकका समस्या आफै समाधान भएर जान्छन - श्रम काउन्सिलर ढकाल

• क्रान्तीका क्रममा भएका घटनाहरु अपराध होईनन् — पूर्ब प्रधानमन्त्री भट्टराई

• नारीहरुको एकताको प्रतिकको रुपमा तिज पर्वलाई लिएकी छु: मल्लिका

• कोरियामा काम गर्दा देखिने स्वास्थ्य समस्याका बारेमा बरिष्ठ न्युरो सर्जन डा. केसी संगको कुराकानी

• प्रधानमन्त्रीलाई कोरियाको स्टेट भिजिट गर्न अनुरोध गरेँ - डा. नवराज पन्त

• सफलताको श्रेय नै दर्शक श्रोता हुनः गायिका सम्झना लामिछाने

• कोरियामा नेपालीहरुलाई सुरुको ३ महिना बढि समस्या - रेग्मी

• हाम्रो कार्यक्रमको उद्धेश्य मलेशियामा रहेका आप्रवासी नेपालीबीच शान्ति र सद्धभाव कायम राख्नु होः अर्जुन विक

• कोरियामा कार्यरत मजदुरहरुको पक्षमा यो अधिवेशनले महत्व राख्दछ - गोबिन्द गांउले

• कोरियाका मिडियाले चासो नदिनु दुइ देश बीचको मामिला भएको कारणले हुन सक्छ - सिटौला

• कोरियामा महिलाहरु कृषि क्षेत्रमा बढि दुर्ब्यबाहारमा पर्ने गर्छन - मल्लिका

• यसपालि मेरो दावी तथा उम्मेदवारी उप-सभापति पदमा हुनेछ

• नेपाल हाउसको एजेन्डा सफल भयो - एनआरएन आइसिसि प्रतिनिधी कुँवर

• म हट छु कि कूल छु त्यो त दर्शकले मुल्यांकन गर्ने कुरा हो - मोडल आलिशा सिंह

• उत्तर कोरिया जस्तो कम्युनिष्ट राजनीति गतिबिधिमा लागेको भन्दै मलाई फसाइयो - सागर न्यौपाने

• नेपालको मुहार फेर्न सक्ने सक्षम संस्था भनेकै एनआरएन हो: एशिया क्षेत्रिय संयोजक राई

• आप्रबासी कामदारको हितमा काम गर्ने सोचमा छु: नवनिर्वाचित एनआरएन कोरिया अध्यक्ष क्षेत्री

• अध्ययन बीचैमा छाडेर रोजगारीका लागि कोरियामा आएका नेपाली युवालाई खुसिको खबर, उच्च शिक्षा पुरा गर्ने चाहना पुरा हुने चरणमा

• अध्यन भिषामा कोरिया कसरि प्रवेश गर्ने ? के छन् यसका प्राबधान, अवसर र चुनौतीहरु ? इपिएस भिषाबाट बिधार्थी भिषा कसरि परिवर्तन गर्ने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
मुसहर बस्ती निर्माणमा सहयोग गर्न कोरियामा पनि नेपाली युवाले थाले आर्थिक संकलन अभियानसामसुङका उपाध्यक्ष लि जे योङ भ्रष्टाचारको आरोपमा पक्राउ कोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइटकोरियामा भ्रष्ट्राचार प्रकरणमा सामसङका मालिक देखि क्याम्पस प्रमुख सम्म पक्राउकोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीउत्तर कोरियाली शासकका सौतेला दाजुको मलेशियामा हत्या, हत्यामा सरकारी एजेन्टको हात रहेको आशंका
कोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमा कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीकोरियाको चिसो मौसममा कम्पनीबाट 'लेटर' नलिनुकोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइटबिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छत्रिभुवन विमानस्थलमा चोरको बिगबिगी, कोरियन नागरिकको २५०० अमेरिकी डलर चोरीकोरियामा प्रबाशी मजदुर माथि अत्यन्तै अमानबिय ब्याबहार ,सौचालय जादा समेतको हिसाब गरेर पैसा काटिन्छ कोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Santalal Tamang Santalal Tamang
Date of Birth : 01 March, 1994
Address: Lakhanpur-4, Timaldanda
Hometown : Ramechhap
Occupation : writer
Hobbies : littireture and jurnalist
E-mail : sntllmds@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal