प्रधानमन्त्रीलाई कोरियाको स्टेट भिजिट गर्न अनुरोध गरेँ - डा. नवराज पन्त

डा. नवराज पन्त, अर्थशास्त्री,जिमचोन विश्वविद्यालय कोरिया

चितवनको पिप्लेमा जन्मिएका नवराज पन्त करिब २५ वर्षदेखि कोरियामा कृषि एवं पर्यटन विशेषज्ञका रूपमा कार्यरत छन् । उनी सेमेअल अनडोङ नेपाल (नयाँ सामुदायिक अभियान–नेपाल) का प्रयोगकर्ता पनि हुन् । डा. पन्तले कोरियाको सामुदायिक अभियानलाई आफू जन्मिएको चितवनको पिप्लेमा प्रयोग गरिरहेका छन् । यति बेला प्रधानमन्त्री केपी ओलीले विकासका नयाँ–नयाँ नारा दिइरहेका छन् । यस्ता नाराका कारण केपी ओली कतै ठट्टा त कतै खुसीका पर्याय भएका छन् । वास्तवमा उनले दिएका भाषण यथार्थमा आधारित छन् कि जनतालाई अल्मल्याउने मेलो मात्र गरिरहेका छन् ? कोरिया जस्तो विकसित देशमा समेत अर्थशास्त्रीको मान्यता पाएका डा. नवराज पन्तसँग  विकाससम्बन्धी कुराकानी :

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका नयाँ–नयाँ फन्डा सार्वजनिक गरिरहेका छन्, अर्थशास्त्रीका नाताले ती कुरा कस्तो लाग्छ ?
नेताले सपना देख्नुपर्छ ।  देशको प्रधानमन्त्रीका नाताले ती कुरा उहाँका सपना हुन् । ती सपनाको धरातल के हो, ती कुरा कति समयमा पूरा हुन्छन् भन्ने कुराचाहिँ सम्बन्धित अर्थविद्हरूले भन्न सक्छन् ।

तपाईं पनि उहाँलाई सल्लाह दिन बालुवाटर पुग्नुभएको थियो, तपाईंले दिएको सल्लाह पनि भाषणमा आयो कि ?
म जस्ता धेरै मानिसले उहाँलाई भेटिरहन्छन् । सबै कुरा वाहिर आउने कुरा पनि हुँदैनन् । मेरो कुरा पनि वाहिर आएजस्तो लागेको छैन ।

तपाईंले दिएको सल्लाहचाहिँ के–के हुन् ?
नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापित भएको ५ दशक हुन लागेको छ । नेपालमा कोरियाले दूतावास खोलेकै ४३ वर्ष भैसक्यो । भारत र चीनपछि नेपालीले बढि आयात गर्ने देश पनि कोरिया नै हो, तर यी दुई देशबीच अहिलेसम्म कुनै स्टेट भिजिट भएको छैन । न त नेपालको कार्यकारी प्रमुख कोरियाको औपचारिक भ्रमणका गएका छन् न त कोरियाका कार्यकारी प्रमुख नेपाल आएका छन् । स्टेट भिजिट नभएको मुलुकलाई कोरियाली नीतिमा प्राथामिकतामा राख्न मिल्दैन । यस्तै कारणले भूकम्पजस्तो अप्ठ्यारो पर्दा पनि नेपाललाई कोरियाले ठूलो सहयोग गर्न सकेन । मैले प्रधानमन्त्रीलाई यही कुरा बताएर चाँडै कोरियाको स्टेट भिजिट गर्न अनुरोध गरेँ ।

जम्मा एउटा मात्र सल्लाह ?
यो सानो सल्लाह होइन । यसैभित्र कोरियाबाट नेपालले के लिने, के सिक्ने, नयाँ सम्बन्ध कसरी अघि बढाउने, कस्ता–कस्ता सन्धि–सम्झौता गर्ने, नेपालमा कोरियाबाट कति लगानी कसरी भित्राउने जस्ता धेरै कुरा पर्छन् । कोरियाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको नयाँ सामुदायिक अभियान सन् २००४ देखि नेपालमा पनि प्रारम्भ भएको छ । यही सामुदायिक अभियानले कुनै बेला नेपालभन्दा गरिब कोरिया आज संसारका धनी मुलुकमध्ये एक भएको हो । कोरियासँग आवश्यक सहयोग लिएर यो अभियानलाई नेपाल ल्याउने हो भने नेपाली ग्रामीण क्षेत्रको पूरै कायापलट हुनसक्छ । म आफैले आफू जन्मिएको स्थानमा यसको प्रयोग गर्दा यस्तो परिणाम देखेको छु । स्टेट भिजिटले यस्ता धेरै सन्धि–सम्झौता गर्न सक्छ ।

कोरियाले नेपालमा किन सहयोग गर्ने ? नेपाललाई सहयोग गर्दा उसको कुन–कुन इन्ट्ेरस्ट पुरा हुन्छ ?
सामाजिक अभियानअन्तर्गत विकसित देशले अल्प विकसित देशलाई सहयोग गर्नुपर्छ । यो संयुक्त राष्ट्र संघको घोषित नीति हो । त्यसैले कोरिया अफ्रिकी मुलुक पुगेर भए पनि आफूभन्दा कम विकसित मुलुकलाई सहयोग गरिरहेको छ । भारत–चीनबीचको नेपाल रणनीतिक महत्वको मुलुक हो । नेपालको हिमाल चढेर ६० जना कोरियन हिमाल आरोहीले ज्यान गुमाएका छन् । हजारौं नेपाली कोरियामा श्रम गरिरहेका छन् । कुनै बेला त्यहाँ भोकमरी हुँदा नेपालले हजारौं टन खाद्यान्न सहयोग गरेको थियो । आज यो देश अप्ठ्यारोमा पर्दा कोरियाले केही गर्न चाहन्छ ।

यी त भए राज्यका कुरा, तपाईंले व्यक्तिगत रूपमा कोरियाबाट के–के सिक्नु भयो ?
कोरियाका जनता आफैंले देश बनाउँछु भनेर अठोट गरेर बनेको देश हो । त्यहाँका प्रत्येक नागरिकले आधा पेट खाएर देश बनाएका हुन् । अप्ठ्यारो पर्दा आफ्ना गहना सरकारलाई दिएका छन् । त्यहाँका उद्योगपतिहरू नाफामा गएका आफ्नो कम्पनीको सेयर जनतालाई दिन्छन् र उनीहरूलाई धनी बनाउँछन् । सामसुङ कम्पनी आज विश्वव्यापी छ । त्यसको ९३ प्रतिशत सेयर जनताले किनेका छन् । उद्योगपतिले नाफामा गएको कम्पनीलाई जनतामा सेयर दिएर एकैपल्ट सडकका मान्छेलाई करोडपति बनाए । त्यहाँको गाडी कम्पनी हुन्डाईको अधिकांश सेयर जनताको हातमा छ ।


आफूले दु:ख गरेर माथि पुर्‍याएको कम्पनी किन जनतालाई दिने ? जनतामा गएपछि राम्रा कम्पनी धराशायी भएका उदाहरण धेरै छन् नि ?
कोरियामा त्यस्तो छैन । सबैभन्दा ठूलो कुरा त्यहाँ यो मालिकको कम्पनी, यो कामदारको कम्पन्नी भन्ने हुँदैन । किनभने कामदारले जागीर पाएको भोलिपल्टदेखि त्यो कम्पनीको निश्चित सेयर पाउँछ । तलबबाटै उसको सेयरको पैसा कट्टा हुँदै जान्छ ।

घाटाको कम्पनीको सेयर अरूले किन्दैनन् । बल्ल–बल्ल नाफामा गएको कम्पनीलाई उद्योगपतिले किन बेच्ने ?
कोरियामा सकेसम्म घाटा हुने कम्पनी खोल्नै दिइँदैन । कुन कम्पनी खोल्दा जोखिम कम हुन्छ भनेर सरकारले नै अध्ययन गर्छ । घाटा भएको अवस्थामा सरकारबाट क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ । भष्ट्राचारीलाई आजीवन कारोबासको व्यवस्था छ । व्यवशायीको क्षमतालाई सरकारले ठूलो विश्वास गर्छ । जब कम्पनी नाफामा जान्छ, त्यसको ठूलो सेयर जनतालाई बिक्री गरेपछि जुन पैसा आउँछ, त्यसबाट अर्को कम्पनी खोल्न प्रोत्साहित गरिन्छ । अनुभवी उद्योगपतिले आफ्नो अनुभवका आधारमा फेरि अर्को उद्योग खोलेर त्यसलाई पनि नाफामा लान्छ । यसो गर्दा उद्योगपतिको दिमागले उब्जाएको सम्पत्तिको मालिक सामान्य नागरिकहरू हुन पाउँछन् । देश र जनताको मायाका कारण यस्तो कुरा सम्भव भएको हो ।

नेपालमा यस्तो कुरा लागू गर्न सम्भव छ ?
छ, मैले प्रधानमन्त्रीलाई यस्ता केही सुझाव दिएको छु । उद्योगपतिहरूलाई विश्वासमा लिएर राम्रो कानुन बनाउने हो भने नाफामा गएका सबैजसो कम्पनीलाई जनताको कम्पनी बनाउन सकिन्छ । जनताले त्यहि उद्योगका उत्पादन प्रयोग गर्छन् । अहिले रेमिट्यान्सका कारण नेपालीहरूसँग थोरबहुत पैसा छ । मेरो विचारमा विनोद चौधरीले ठूलो दिमाग लगाएर वाइवाइलाई विश्वव्यापी ब्रान्ड बनाए । अब नेपालको वाइवाइलाई जनताको हातमा सुम्पने हो भने जनताले त्यो चाउचाउलाई अझ बढी माया गर्नेछन् । यता जनताबाट उठाएको ठूलो रकमबाट चौधरीले अर्को त्यस्तै विश्वब्यापी ब्रान्ड खडा गर्न सक्छन् । नेपालमा होटल, एयरलाइन्स, केवलकार, सुपरमार्केट, जलविद्युत् आदिलाई जनताको हातमा दिन सकिन्छ । अहिले विद्ययमान नीतिले त उद्योगपति धनी हुँदै जाने र त्यो देखेर कामदारमा असन्तुष्टि बढ्दै जाने देखिन्छ । बेला बेलामा कम्पनीभित्र मालिक र मजदुरबीच समस्या आउने कारण पनि यहि हो ।

यहाँको भ्रष्ट राजनीतिमा यस्तो कुरा सम्भव होला ?
हो, राजनीतिमै सुधार आउनुपर्छ जनतामा देश प्रेम पनि उत्तिकै हुनुपर्छ । कडा कानुनको व्यवस्था हुनुपर्छ । अमेरिकामा प्रत्यक्ष राष्ट्रपति शासन छ । कोही दुई कार्यकालभन्दा बढी कार्यकारी हुन पाउँदैनन् । कोरियामा एक कार्यकाल मात्र छ । राजनीतिमा केही वर्षका लागि समाजसेवा गर्न मात्र गइन्छ । यहाँको जस्तो कुनै काम नभएका बेरोजगारहरूले राजनीति गर्दैनन् ।

नेपालको विकास कल्पना हो कि वास्तविकता ?
कृषिप्रधान देश भएर पनि हामी ५० अर्बभन्दा बीढको अन्न विदेशबाट मगाउँछौ । मेरो विचारमा तरकारी, फलफूल, मासु र अन्न विदेशबाट ल्याउनु हुँदैन । कोरियामा पनि यही नीति छ । विदेशबाट आउने अन्नमा कोरियाले ५ सय १ प्रतिशत भन्सार लगाउँछ । नेपालमा पनि विदेशबाट आएको रक्सीमा ६ सय प्रतिशत भन्सार लगाइएको छ । यो नियम तरकारी, फलफूल, मासु र अन्नमा पनि लगाउनुपर्छ । यसो हुनेबित्तिकै भारतबाट आउने प्याज र चिनबाट आउने लसुन रोकिन्छ र त्यस्ता वस्तु नेपालमै उत्पादन हुन थाल्छन् । त्यसो नगर्ने हो भने विदेशमा डेट एक्सपायर हुन लागेका अन्न सस्तो मूल्यमा नेपाल आउँछन् र नेपाली किसानले आफ्ना उत्पादनको मूल्य पाउँदैनन् । आज कृषिमा जनताको रूचि कम हुनुको कारण यही हो ।

विकासको मोडलमा के–के गर्न सकिन्छ ?
अहिले गाउँ–गाउँमा विकासका लागि नगद पठाउने चलन छ । मानौं एउटा गाउँमा विकासका लागि ३ लाख रकम गयो रे । त्यो ३ लाखमध्ये १ लाखको काम हुन्छ, १ लाख राजनीतिक दल तथा कर्मचारी बीच मिलिभगत हुन्छ र १ लाख ठेकेदारको नाफा हुन्छ अर्थात् ३३ प्रतिशत मात्र विकास हुने गरेको छ ।

कोरियामा भने ३ लाख सहयोग गर्नु छ भने त्यो रकम बराबरको जिन्सी सामान गाउँ जान्छ । सिमेन्ट चाहिएको हो भने सरकारले सिमेन्ट पठाउँछ, रड चाहिएको हो भने रड पठाउँछ । इन्जिनियर चाहिएको हो भने दक्ष जनशक्ति पठाउँछ । बाँकी श्रमदान जनताले गर्नुपर्छ । आफूले गरेको काममा जनता इमान्दार हुन्छन् । मैले आफ्नो गाउँमा यही मोडलमा काम गरिरहेको छु । त्यहाँ तपाईं कुनै जग्गा खाली भेट्नुहुन्न । कोही बेरोजगार भेट्नुहुन्न । वर्षको ५ महिना कलेज छुट्टी भएका बेला नेपाल आउँदा मैले यति गर्न सक्छु भने सरकारले किन गर्न सक्दैन ? जनताले किन गर्न सक्दैनन् ?

- साप्ताहिकबाट

प्रकाशित मिति : २०७३ जेठ १४ (May 27, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अन्तर्वार्ताका थप शिर्षकहरु

• निर्धारित मिति भन्दा अगावै दोर्दी खोला आयोजना सम्पन्न गर्ने लक्ष्य छ

• वमन फर वमन कसैको निजि संस्था होइन - मल्लिका थकाली

• कम्पनि परिबर्तनको नियम अलि खुकुलो भैदिएमा इपिएस श्रमिकका समस्या आफै समाधान भएर जान्छन - श्रम काउन्सिलर ढकाल

• क्रान्तीका क्रममा भएका घटनाहरु अपराध होईनन् — पूर्ब प्रधानमन्त्री भट्टराई

• नारीहरुको एकताको प्रतिकको रुपमा तिज पर्वलाई लिएकी छु: मल्लिका

• कोरियामा काम गर्दा देखिने स्वास्थ्य समस्याका बारेमा बरिष्ठ न्युरो सर्जन डा. केसी संगको कुराकानी

• म "माओबाद” मा बिस्वास गर्दिन ," डेमोक्रेसी” मा बिस्वास गर्छु - युवा नेता गोकर्ण पौडेल

• सफलताको श्रेय नै दर्शक श्रोता हुनः गायिका सम्झना लामिछाने

• कोरियामा नेपालीहरुलाई सुरुको ३ महिना बढि समस्या - रेग्मी

• हाम्रो कार्यक्रमको उद्धेश्य मलेशियामा रहेका आप्रवासी नेपालीबीच शान्ति र सद्धभाव कायम राख्नु होः अर्जुन विक

• कोरियामा कार्यरत मजदुरहरुको पक्षमा यो अधिवेशनले महत्व राख्दछ - गोबिन्द गांउले

• कोरियाका मिडियाले चासो नदिनु दुइ देश बीचको मामिला भएको कारणले हुन सक्छ - सिटौला

• कोरियामा महिलाहरु कृषि क्षेत्रमा बढि दुर्ब्यबाहारमा पर्ने गर्छन - मल्लिका

• यसपालि मेरो दावी तथा उम्मेदवारी उप-सभापति पदमा हुनेछ

• नेपाल हाउसको एजेन्डा सफल भयो - एनआरएन आइसिसि प्रतिनिधी कुँवर

• म हट छु कि कूल छु त्यो त दर्शकले मुल्यांकन गर्ने कुरा हो - मोडल आलिशा सिंह

• उत्तर कोरिया जस्तो कम्युनिष्ट राजनीति गतिबिधिमा लागेको भन्दै मलाई फसाइयो - सागर न्यौपाने

• नेपालको मुहार फेर्न सक्ने सक्षम संस्था भनेकै एनआरएन हो: एशिया क्षेत्रिय संयोजक राई

• आप्रबासी कामदारको हितमा काम गर्ने सोचमा छु: नवनिर्वाचित एनआरएन कोरिया अध्यक्ष क्षेत्री

• अध्ययन बीचैमा छाडेर रोजगारीका लागि कोरियामा आएका नेपाली युवालाई खुसिको खबर, उच्च शिक्षा पुरा गर्ने चाहना पुरा हुने चरणमा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
विश्व शान्तिको कामना गर्दै कोरियाको राजधानी सोलमा बृहत् ¥यालीको आयोजनाकोरियाको नाम बेचेर ठग्ने क्रममा अझै पनि जारी, कोरिया पठाइदिन्छु भनेर ५१ लाख ठग्ने प्रहरीको फन्दामा इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमबृहत कार्यक्रमका साथ् फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्रले एसियन महोत्सब मनाउने लागनी खोज्न कोरिया आइपुगेका सगुनका संस्थापक गिरि भन्दछन ,सन् २०१८ सम्म कुल सेयर मुल्यांकन १ बिलियन डलर पुर्याउछौ कोरियामा बढ्दो अप्रत्यासित निधनको घटनाप्रति गम्भिर छुः नवनियुक्त राजदूत सिहकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन
कोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, उत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहणसनराइज बैंकले थप्यो यस्तो सुबिधा , अब कोरिया बाटै सनराइज बाहेकका अन्य बैंकमा समेत रकम ट्रान्सफर गर्न सकिने कोरियामा फेरी अर्को दुखत खबर ,काम गर्ने शिलशिलामा दुर्घटनामा परि २ जना नेपाली को मृत्यु मानब माकुरो भनेर चिनिने कोरियन महिला आरोही द्वारा १सय २३ तल्ला लोट्टे टावर बिना साधन चड्ने उद्घोष इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियाली निर्वाचित राष्ट्रपति मूनको बुसान देखि ब्लु हाउस सम्मको यात्रा र उनको नेपाल साइनो
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, दक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधनउत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहण
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Dev raj rai Dev raj rai
Date of Birth : 31 November, 1996
Address: Khotang
Hometown : Diktel bazzar
Occupation : Student
Hobbies : My hobbies is to visit naturslly beautiful places.
E-mail : mdevrajrai@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal