हाम्रो कार्यक्रमको उद्धेश्य मलेशियामा रहेका आप्रवासी नेपालीबीच शान्ति र सद्धभाव कायम राख्नु होः अर्जुन विक

भानुभक्त आचार्य, मलेशिया
 
आप्रवासी नेपालीवीच शान्ति र सद्धभाव कायम राख्न मलेसियास्थित पेनाङका विभिन्न सहरहरुमा साङ्गितिक कार्यक्रम हुदैछ । रकस्टार ग्रुपको आयोजनामा हुन लागेको  रकस्टार धमाका टु का विषयमा ग्रुपका कोषाध्यक्ष अर्जुन बिकसंग हेल्लोनेपालकोरिया डट कमलाई पत्रकार भानुभक्त आचार्यले गर्नु भएको कुराकानी ।

१) मलेसियामा साङ्गितिक कार्यक्रमको आयोजना गर्दै हुनु हुन्छ ।  मुल उदेश्य के हो ?

अर्जुनः मलेसियामा करिब १० लाख नेपाली रहेको अनुमान गरिन्छ । बिस्वमै सबै भन्दा बढी नेपाली कामदार रहेको रास्ट्र पनि मलेसियानै हो । याहा सबै जसो बहुराष्ट्रिय कम्पनीमा नेपाली भेटिन्छन् । त्यतैकै मात्रामा अन्य स्थानमा पनि । जताततै देखिने नेपालिहरु एकबद्द बनाएर मनोरञ्जन गर्नुनै हाम्रो मुल उदेश्य हो  ।

२) मलेसिया नेपाली कामदारको लागि सुरक्षीत छैन भनिन्छ । असुरक्षाका बिच मनोरञ्जन कसरी होला ?

अर्जुनःहजुरको कुरामा म पुर्ण सहमत छु । अन्य राष्ट्रको दाजोमा मलेसियामा केहि जोखिम पक्कै छन । अहिले सामाजिक संजालहरुमा देखिने बीभत्स तस्बिर र दृश्य सबै मलेशियाका हुन् भन्न सकिन्न तर यहाँ ती भन्दा दर्दनाक पिडा पाउने हरु पनि छन  । प्रत्येक दिन जसो कहि न कहि कतै न कतै दुखत खबर सुन्नु पर्छ । अब त नियती जस्तै बनी सक्यो । हाम्रो यस कार्यक्रमको अर्को उदेश्य जोखिम न्यूनीकरणका निम्ति हामिले अपनाउनु पर्ने सचेतना को विषयमा जानकरी दिनु पनि हो । कार्यक्रमको बिचमा मनोरञ्जनात्मक शैलिमा नेपाली कामदार कसरी सुरक्षीत रहने भन्ने विषयमा पनि चेतना दिनेछौ ।


३) नेपाल बाहिर कार्यक्रम गर्न पक्कै पनि ठुलो रकमको आवस्यक पर्छ । लगानी कसरी जुटाउदै हुनुहुन्छ
?

अर्जुनः हुन त नेपाल भित्र जती सहज छैन नेपाल बाहिर कार्यक्रम आयोजना गर्न ।  त्यसमा पनि मलेसिया ।  तर नेपालिहरुको अपार माया र साथले हामिले यो कार्यक्रमको लागि तयारी सुरु गरेका हौ । हाम्रो एउटा रक्स्टार ग्रुप छ ।जसमा म लगाएत १७ जना साथीहरु छौ । नेपालका विभिन्न क्षेत्रबाट कामको सिलसिलामा यहाँ आएका नेपालीहरुको समूह हो रक्स्टार ग्रुप । बिगत देखिनै हामिले साङ्गितिक कार्यक्रम गर्दै आइरहेका छौ । तर नेपाल बाट कलाकार निम्त्याएर ठुलो लगानिमा आयोजना गर्न लगेको यो नै पहिलो कार्यक्रम हो । अहिले सदस्यहरु बाट केही रकम संकलन गरेका छौ । केही हाम्रा सहयोगी हरु हुनुहुन्छ । खासमा मलेसिया स्थित पेनाङ्का कार्यक्रम स्थाल वरपर रहनु भएका नेपाली होटेल ब्यवसाहीहरु ।  र केही कार्यक्रम पुर्ब टिकट बिक्रि बाट रकम संकलन गरेका छौ । तयारिकै अवस्थामा राम्रा प्रतिक्रिया पाइरहेका छौ । त्यसैले कार्यक्रम सफल हुनेमा बिस्वस्त छौ ।

४) नेपालबाट को को कलाकार निम्त्याउनु भएको छ? कस्तो प्रस्तुति रहनेछ ?
 
अर्जुनः नेपाली गायन क्षेत्रका चर्चित हस्ती जसलाइ ुराई इज किङु पनि भनिन्छ । राजेश पायल राईको विशेष प्रस्तुति रहनेछ । त्यसैगरी हास्यकलाकार जितु नेपाल ुमुन्द्रेु को पनि खास प्रस्तुति रहनेछ । लोक दोहोरि गायिका सिर्जु अधिकारी, चलचित्र अभिनेत्री तथा चर्चित मोडल चन्दा दाहाल पनि आउदै हुनुहुन्छ  । साथमा नृत्य निर्देशक तथा हस्य कलाकार पेमा लामाको पनि बेजोड प्रस्तुति रहेको छ । अन्य यसै क्षेत्रका कलाकारहरु पनि हुनुहुन्छ । लोक दोहरी, हास्य प्रस्तुती, लोक पप र आधुनिक गितको मज्जा संगै नृत्य पनि हुनेछ  । साथमा नेपाली कामदारको लागि चेतनामुलक सामग्री ।

५) मलेसियास्थित पेनाङ्का विभिन्न शहरका कार्यक्रम हुने भनिएको छ । कहाँ कहाँ आयोजना हुदैछ र तयारी कस्तो छ ?

चिनिया नया बर्षको अवसर परेर कार्यक्रम गर्दैछौ । जुन बेला अधिकाम्स नेपाली बिदा पर्दछ । फेब्रुअरी ७ मा सुंगाई पतानी (एस पि) को देवान हल पेनाङ् , फेब्रुअरी ८ मा बुकिट जम्बुल पेनाङ् र फेब्रुअरी ९ मा पेनाङ्कै बिएम स्थित देवान हलमा आयोजना गर्दैछौ । तयरी तीब्र गतिमा बढी रहेको छ । पोस्टर सर्बजनिक गरिसकेका छौ । टिकट बितरण पनि चालू छ । धेरै भन्दा धेरै नेपालिको उपस्थितीका लागि अहिले हामि सबै प्रचार प्रसारमा केन्द्रित छौ ।

६) अन्त्यमा के भन्न चाहानु हुन्छ ?

अर्जुनः मलेशियामा कार्यक्रम आयोजना गर्न त्यही सहज छैन तर पनि सबैको अपार माया र साथले यो जमर्को गरेका छौ । नेपालीहरु बढी सङ्ख्यामा रहेकै स्थानहरु छनोट गरि हामीले कार्यक्रम आयोजना गरेका हौ त्यसैले पनि कार्यक्रम प्रभबकारि बन्नेमा बिस्वस्त छौ । सधै कामको तनबमा रहने नेपालिहरुलाइ मनोरंजनका साथै एक अर्का बिच खुशी बाड्न कार्यक्रम आयोजना गरिदैछ । आफ्नो नजिको स्थानमा गएर कार्यक्रम हेरि मनोरंजन लिन आग्रह गर्दछु । टिकटको मुल्य ३० रिंगेट तोकेका छौ । यसपटक  कार्यक्रम हेरेर सल्लाह सुझाव दिएर हामिलाइ उर्जा थपिदिनु हुनेछ भन्ने अपेक्षा गरेका छौ । हाम्रो कुरा आम नेपाली सम्म पुर्याउनु सहयोग गर्नु भएकोमा तपाइँलाई पनि धन्यवाद अनि विशेष धन्यवाद हेल्लोनेपालकोरिया डट कमलाइ पनि ।
        

प्रकाशित मिति : २०७२ माघ ०५ (January 19, 2016)

प्रतिक्रियाहरु


दिपक तामाङ wrote on 19 January, 2016
अति उत्तम प्रश्न तथा उत्तर । अवश्य पनि सफल हुन्छ यसपालिकाे कार्यक्रम । सफलताकाे शुभ कामना ...

तपाईको प्रतिक्रिया

Advertise with us

अन्तर्वार्ताका थप शिर्षकहरु

• निर्धारित मिति भन्दा अगावै दोर्दी खोला आयोजना सम्पन्न गर्ने लक्ष्य छ

• वमन फर वमन कसैको निजि संस्था होइन - मल्लिका थकाली

• कम्पनि परिबर्तनको नियम अलि खुकुलो भैदिएमा इपिएस श्रमिकका समस्या आफै समाधान भएर जान्छन - श्रम काउन्सिलर ढकाल

• क्रान्तीका क्रममा भएका घटनाहरु अपराध होईनन् — पूर्ब प्रधानमन्त्री भट्टराई

• नारीहरुको एकताको प्रतिकको रुपमा तिज पर्वलाई लिएकी छु: मल्लिका

• कोरियामा काम गर्दा देखिने स्वास्थ्य समस्याका बारेमा बरिष्ठ न्युरो सर्जन डा. केसी संगको कुराकानी

• म "माओबाद” मा बिस्वास गर्दिन ," डेमोक्रेसी” मा बिस्वास गर्छु - युवा नेता गोकर्ण पौडेल

• प्रधानमन्त्रीलाई कोरियाको स्टेट भिजिट गर्न अनुरोध गरेँ - डा. नवराज पन्त

• सफलताको श्रेय नै दर्शक श्रोता हुनः गायिका सम्झना लामिछाने

• कोरियामा नेपालीहरुलाई सुरुको ३ महिना बढि समस्या - रेग्मी

• कोरियामा कार्यरत मजदुरहरुको पक्षमा यो अधिवेशनले महत्व राख्दछ - गोबिन्द गांउले

• कोरियाका मिडियाले चासो नदिनु दुइ देश बीचको मामिला भएको कारणले हुन सक्छ - सिटौला

• कोरियामा महिलाहरु कृषि क्षेत्रमा बढि दुर्ब्यबाहारमा पर्ने गर्छन - मल्लिका

• यसपालि मेरो दावी तथा उम्मेदवारी उप-सभापति पदमा हुनेछ

• नेपाल हाउसको एजेन्डा सफल भयो - एनआरएन आइसिसि प्रतिनिधी कुँवर

• म हट छु कि कूल छु त्यो त दर्शकले मुल्यांकन गर्ने कुरा हो - मोडल आलिशा सिंह

• उत्तर कोरिया जस्तो कम्युनिष्ट राजनीति गतिबिधिमा लागेको भन्दै मलाई फसाइयो - सागर न्यौपाने

• नेपालको मुहार फेर्न सक्ने सक्षम संस्था भनेकै एनआरएन हो: एशिया क्षेत्रिय संयोजक राई

• आप्रबासी कामदारको हितमा काम गर्ने सोचमा छु: नवनिर्वाचित एनआरएन कोरिया अध्यक्ष क्षेत्री

• अध्ययन बीचैमा छाडेर रोजगारीका लागि कोरियामा आएका नेपाली युवालाई खुसिको खबर, उच्च शिक्षा पुरा गर्ने चाहना पुरा हुने चरणमा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीअक्टोबरमा लामो सार्वजानिक विदा दिने कोरिया सरकारको तयारी अबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्यु
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal