कोरियामा कार्यरत मजदुरहरुको पक्षमा यो अधिवेशनले महत्व राख्दछ - गोबिन्द गांउले

नेकपा एमालेको भगिनी संस्था प्रवाशी नेपाली मन्च दक्षिण कोरियाको पाँचौ अधिबेसन जनवरी ३ मा हुन गइरहेको अवस्थामा अधिबेसनको तयारी, भावी कार्ययोजना र नेतृत्व चयनका बिषयमा रहेर हेल्लो नेपाल कोरिया डटकमका लागि लिलु डुम्रेले प्रवाशी नेपाली मन्च दक्षिण कोरियाका अध्यक्ष गोबिन्द गांउलेसंग गर्नुभएको कुराकानी:

जिज्ञासा ः प्रवाशी नेपाली मञ्च दक्षिण कोरियाको पाँचौ अधिबेसनको तयारी कुन अवस्थामा पुगेको छ ?
गांउले ः हामी अहिले हाम्रो सङ्गठन ओएनएफ  कोरियाको ऐतिहासिक पाचौ अधिबेशनको सङ्घारमा उभिएका छौ । अधिबेशनको तयारी लगभग पुरा भएको छ । पार्टी केन्द्रबाट प्रमुख अतिथीको रुपमा महासचिब कमरेड इश्वर पोखरेल र अतिथिको रुपमा पार्टी पुर्बी एसिया इन्चार्ज कमरेड राजन राइ आउनु हुने निश्चित भएको छ । अधिबेशनको लागी हलको टुङ्गो लागेको छ । , प्रतिनिधी छनौट पनि भैसकेको छ , बिधान , राजनैतिक( साङगठनिक( आर्थिक प्रतिबेदनहरु ड्राफ्ट गरिसकिएको छ । त्यसै गरि अधिबेशन् सफल बनाउन गठित बिभिन्न उपसमिसमितिहरुले समेत आफ्नो ंकाम पुरा गरिसकेका छन । त्यसै गरि हाम्रा सल्लहकारहरु , केन्द्रिय कमिटी र क्षेतृय कमिटिका सबै कमरेडहरु अहिले अधिबेशन केन्द्रित आन्तरिक छलफलमा ब्यस्त हुनुहुन्छ ।

जिज्ञासा ः यो अधिबेसनले भावी नेतृत्व र नीति कस्तो तय गर्नेछ?
गांउले ः यो अधिबेशनबाट ओएनएफ लाइ सशक्त सङ्गठनको रुप दिन एकता र बिश्वासमा आधारित सहमतिको नेतृत्व स्थापित हुनेछ । नितिको बारेमा भन्नु पर्दा जनताको बहुदलिय जनबादमा आधारित सिद्दान्तलाइ आत्मसात गर्दै सन १९९६ मा ओएनएफ को स्थापना काल देखीका प्रबासी मजदुरका हकहित र अधिकार प्राप्ती सम्बन्धी मजदुरमैत्री नितिहरुको तर्जुमा गर्नेछ । सङगठनको कामलाइ मुलत: सामाजिक र राजनैतिक २ किसिमले परिभाषित गर्दै कोरियाबासी प्रबासी नेपालीहरुको उन्नती र प्रगतिमा ओएनएफ समर्पित रहनेछ ।

जिज्ञासा ः अधिबेसनमा पदका आकांक्षी धेरै भएको अवस्था रह्यो भने मतदान वा सर्वसहमति कुन बिधिबाट नेतृत्व चयन हुनेछ?
गांउले ः अधिबेशनमा लगातार पार्टी सङगठनमा काम गर्नु हुने कमरेडहरुले नया नेतृत्वको लागी आकान्क्षा देखाउनु सामान्य कुरा हो । सकेसम्म सर्बसम्मत नेतृत्व आउनु पर्छ भन्ने तमाम ओएनएफ  सदस्यहरुको माग छ । सहमतीमा नै नेतृत्व चयन हुने बिश्वास गरेको छु । सहमती सम्भब नभएमा लोकतान्तृक बिधीको उपयोग गरिने छ । पार्टी केन्द्र बाट प्रबास कमिटीहरुको अधिबेशनमा कुनै पनि किसिमको हस्तक्षेप र दबाब दिदैन ।

जिज्ञासा ः माऊ पार्टीले नेतृत्वका लागि केन्द्रबाट दबाब दिने संभावना पनि हुन सक्छ की?
गांउले ः हाम्रो पार्टी नेतृत्वले नेतृत्व चयनका लागी दबाब दिने सम्भाबना बिलकुल रहदैन ।

जिज्ञासा ः कोरियामा कार्यरत कामदारको पक्षमा यो अधिबेसनले कस्तो निति पारित गर्छ?
गांउले ः यो अधिबेशनले कोरियामा कार्यरत मजदुरहरुको सिप र पुजिलाइ स्वदेशको समृद्दीमा लगाउन , मजदुरको पक्षमा ट्रेड युनियन अधिकारको प्राप्ती र असमान कानुनको खारेजी गर्न र कामदारहरुको दुर्घटना र अत्महत्यालाइ कम गर्न आबस्यक निति पारित गरिने छ ।

जिज्ञासा ः तपाईको कार्यकाललाई फर्केर हेर्दा कस्तो रह्यो?
गांउले ः चौथो अधिबेशन बाट निर्बा्चित कमिटिले मेरो अध्यक्षतामा सामाजिक , साङगठनिक र राजनितिक क्षेत्रमा उल्लेख्य काम गरेको हुनाले आफ्नो कार्यकाल सफल भएको छ ।
बास्तबमा हामिले सङगठनको नेतृत्व लिदा धेरै चुनौतीहरु थिए । हामिले सङगठनलाइ उत्तरको ओइजम्बु देखी दक्षिणको गजेदो सम्म सङ्गठन बिस्तार गर्यौ । नेपाली दुताबास , सामाजिक सस्था , राजनितिक सङगठन र सम्पुर्ण नेपाली समुदाय सङग स्वस्थ सम्बन्ध कायम गर्दै हातमा हात मिलाउदै अघि बढयौ ।
प्रबास कमिटीको हैसियतले पार्टी केन्द्र सङ सङगठनको नातालाइ प्रगाढ बनायौ । बिनाशकारी भुकम्प , बाढी पहिरो दैबी प्रकोप , बिरामी साथिहरु र नेपाल हाउस कोरिया लाइ बिशेश आर्थिक सहयोग गर्यौ ।

जिज्ञासा ः र ,अन्त्यमा । अबको कार्यकालका लागि पनि प्रतिस्पर्धी हुने सोच बनाउनु भएको छ?
गांउले ः मैले हाम्रो सङगठनमा पुन दोहोरिने कुनै सोच बनाएको छैन । मैले आफ्नो कार्यकालमा सङगठन र सामजिक हितमा प्रसस्त काम गरिसकेको हुनाले अब पाचौ अधिबेशनबाट नयाँ साथीहरु नेतृत्वमा आउनु पर्छ ।

प्रकाशित मिति : २०७१ माघ १५ (January 29, 2015)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अन्तर्वार्ताका थप शिर्षकहरु

• निर्धारित मिति भन्दा अगावै दोर्दी खोला आयोजना सम्पन्न गर्ने लक्ष्य छ

• वमन फर वमन कसैको निजि संस्था होइन - मल्लिका थकाली

• कम्पनि परिबर्तनको नियम अलि खुकुलो भैदिएमा इपिएस श्रमिकका समस्या आफै समाधान भएर जान्छन - श्रम काउन्सिलर ढकाल

• क्रान्तीका क्रममा भएका घटनाहरु अपराध होईनन् — पूर्ब प्रधानमन्त्री भट्टराई

• नारीहरुको एकताको प्रतिकको रुपमा तिज पर्वलाई लिएकी छु: मल्लिका

• कोरियामा काम गर्दा देखिने स्वास्थ्य समस्याका बारेमा बरिष्ठ न्युरो सर्जन डा. केसी संगको कुराकानी

• म "माओबाद” मा बिस्वास गर्दिन ," डेमोक्रेसी” मा बिस्वास गर्छु - युवा नेता गोकर्ण पौडेल

• प्रधानमन्त्रीलाई कोरियाको स्टेट भिजिट गर्न अनुरोध गरेँ - डा. नवराज पन्त

• सफलताको श्रेय नै दर्शक श्रोता हुनः गायिका सम्झना लामिछाने

• कोरियामा नेपालीहरुलाई सुरुको ३ महिना बढि समस्या - रेग्मी

• हाम्रो कार्यक्रमको उद्धेश्य मलेशियामा रहेका आप्रवासी नेपालीबीच शान्ति र सद्धभाव कायम राख्नु होः अर्जुन विक

• कोरियाका मिडियाले चासो नदिनु दुइ देश बीचको मामिला भएको कारणले हुन सक्छ - सिटौला

• कोरियामा महिलाहरु कृषि क्षेत्रमा बढि दुर्ब्यबाहारमा पर्ने गर्छन - मल्लिका

• यसपालि मेरो दावी तथा उम्मेदवारी उप-सभापति पदमा हुनेछ

• नेपाल हाउसको एजेन्डा सफल भयो - एनआरएन आइसिसि प्रतिनिधी कुँवर

• म हट छु कि कूल छु त्यो त दर्शकले मुल्यांकन गर्ने कुरा हो - मोडल आलिशा सिंह

• उत्तर कोरिया जस्तो कम्युनिष्ट राजनीति गतिबिधिमा लागेको भन्दै मलाई फसाइयो - सागर न्यौपाने

• नेपालको मुहार फेर्न सक्ने सक्षम संस्था भनेकै एनआरएन हो: एशिया क्षेत्रिय संयोजक राई

• आप्रबासी कामदारको हितमा काम गर्ने सोचमा छु: नवनिर्वाचित एनआरएन कोरिया अध्यक्ष क्षेत्री

• अध्ययन बीचैमा छाडेर रोजगारीका लागि कोरियामा आएका नेपाली युवालाई खुसिको खबर, उच्च शिक्षा पुरा गर्ने चाहना पुरा हुने चरणमा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीअक्टोबरमा लामो सार्वजानिक विदा दिने कोरिया सरकारको तयारी अबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्यु
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal