कोरियाका मिडियाले चासो नदिनु दुइ देश बीचको मामिला भएको कारणले हुन सक्छ - सिटौला


भूपरिबेष्टिक देश लाइ निर्बाध रुपमा दिइएको परबाहन सुबिधाको अन्तर्राष्ट्रिय कानुनलाइ ठाडो रुपमा उल्लङ्घन गर्दै बिगत २ महिना देखि नाकाबन्दी गरि मानबिय संकट ल्याउन खोज्ने भारत सरकार र त्यसका मतियारहरु को कालो कर्तुत बिरुद्धमा एनआरएन कोरियाको मुख्य आयोजना तथा सपोर्ट नेपाल फाउन्डेसनको सहयोगमा कोरियामा रहेका करिब छ दर्जन भन्दा बदी संघसंस्थहरुले संयुक्तरुपमा  गत नोभेम्बर २३ तारिखका दिन कोरिया स्थित भारतीय राजदुतावास अगाडी प्रदर्शन  गरेका थिए l उक्त प्रदर्शनमा भारत सरकार बिरुद्ध भारतीय दुतावास मार्फत बिरोध पत्र बुझाउने प्रयास भएतापनि दुतावासले पत्र बुझ्न  इन्कार गरेकोले भोलि पल्टनै त्यसलाई हुलाक मार्फत पठाइएको थियो l

प्रदर्शनको मुख्य उदेश्य कोरियाका विभिन्न मिडियामार्फत भारतले लगाएको नाकाबन्दीका कारण पछिल्लो अबश्थामा   नेपालने भोगेको मानबिय संकटको बारेमा कोरियन सरकारलाइ जानकारी गराउने भनिएतापनि कोरियन मिडियाबाट उक्त प्रदर्शनले त्याति ठुलो स्थान पाउन सकेन l आखिर किन पाएन  त यति धेरै संघसंस्थाहरु द्वारा गरिएको बिरोध प्रदर्शनले  कोरियन मिडियामा स्थान l यसै सन्दर्भमा रहेर एनआरएनए दक्षिण कोरियाका संस्थापक तथा एनआरएन आइसिसि प्रतिनिधि के पी सिटौला संग हेल्लो नेपाल कोरिया डट कमका लागि पत्रकार किशन गौतमले तयार पारेको  संछिप्त कुराकानीमा आधारित एक रिपोर्ट l

प्रश्न : तपाइँहरु जुन उदेश्य राखेर  भारतले गरेको नाकाबन्दीको  बिरोध मा उत्रिनु भएको थियो त्यो सोचे जस्तो भएन नि  ?   कि तपाईहरुको पहुच नपुगेको हो ?
उत्तर : सोचेजस्तो भएननै  भनेर भन्न  मिल्दैन किनकि हाम्रो कार्यक्रमको पहिलो  उदेश्य भनेको भारतले जुन अमानविय ढंगबाट नाकाबन्दी गरेको छ त्यसलाइ जनस्तर बाट अन्तर्राष्ट्रियकरण गर्नको लागि सहयोग पुर्याउनु थियो र त्यो केहि हद सम्म गरियो पनि तर त्यसलाई कोरियन मिडियाले खासै हाइलाइट गराएनन् त्यो तिनीहरुको आफ्नै पोलिसी होला हामीले कमसेकम अस्सी भन्दा धेरै मिडियालाइ खबर गरेका थियौ l यस भन्दा  पहिला भूकम्प पछि हामीले आयोजना गरेको श्रदांजलि कार्यक्रममा निकै धेरै मिडियाहरु उपस्थित थिए भने यो पटक खासै चासो देखाएनन्  l हुन त यो अलिकति फरक खालको र नितान्त  दुइ देशबीचको  मामिला भएको कारणले  त्यति चासो नदिन  पनि सक्छन  त्यो कुरा आफ्नै ठाउंमा छ तर त्यो मात्रै यो कार्यक्रम को उदेश्य होइन यसका सकारात्मक पक्षहरु  धेरै छन् l हामीले गरेको देखेर  अरु देशमा रहेका र यस्तो कार्यक्रम नगरिरहेका  एनआरएन हरुलाई पनि तताउने काम गर्दछ भने नेपाल र नेपालीहरुलाई आपतबिपत आइपर्दा विदेशमा रहेका नेपालीहरु पनि एक भएर लाग्छन है भन्ने संदेश पनि  दिन्छ त्यस्तै यस्तो कार्यक्रम भनेको  प्रबासमा रहेका नेपालीहरुको एकताको प्रतिक पनि  हो l कोरियन मिडियाले खासै चासो नदिएपनि कोरियाको राजधानी जस्तो ठाउमा त्यति धेरै नेपालीहरु जम्मा भएर प्रदर्शन गरिनुलाइ सामान्य रुपमा लिइनु हुदैन जे जसरि भएपनि एउटा मेसेज त गएको छ नि l  हामीले जनस्तरबाट गर्न सक्ने काम गरेका छौ l हामीले खास गरि अन्तराष्ट्रिय समुदाय र मानबअधिकार वादी संघसंस्थालाइ देखाउन खोजेको हो l कुटनीति तबरले अन्तर्राष्ट्रियकरण गर्ने काम त सरकार को हो नि l

प्रश्न : बिरोधको कार्यक्रम यो नै अन्तिम हो कि अब अर्को कुनै कार्यक्रम छ ?
उत्तर : अहिले तत्काललाइ त खासै त्यस्तो  घोषित  कार्यक्रम नभएपनि  एनआरएनको हैसियतले  अन्तर्राष्ट्रिय समुदायलाइ नेपालको पछिल्लो अबश्था र भारतले गरेको अमानविय ब्याबहारपर्ति जानकारी गराउदै जानेछौ l यो त भयो हाम्रो जनस्तर बाट गरिने कार्यक्रम तर नेपाल सरकार पनि त मुक दर्शक भएर बस्नु त भएन नि l दुताबासमार्फत कुटनीति पहल गर्नु पर्यो नि l सार्बजनिक कार्यक्रममा माइक छोपेर ठुला ठुला भाषण गरेर मात्र समस्या समाधान हुने होइन  l देशमा संकट आइसक्यो जनता भोकभोकै मर्ने स्थिति आइसक्दा भाषणले काम त गर्दैन नि l एउटा राष्ट्रको जिम्मा लिईसकेपछी केहि त गर्नु पर्यो नि l यहि  कोरियाकै उदहारण लेउ कोरियामा यतिधेरै संघसंस्थाहरु लाइ चासो लाग्दा खै त कोरिया स्थित नेपाली दुतावास , खै  कहिँ  कतै फिटिक्कै चासो लागेको देखिदैन l यसरि सरकारि निकायनै मुक दर्शक भएर बस्ने हो भने   समस्याको निकाश कसरि आउछ त ?

प्रकाशित मिति : २०७२ मंसिर १५ (December 01, 2015)

सम्बन्धित तस्विरहरु

दक्षिण कोरियामा नाकावन्दिको विरोध कार्यक्रममा सहभागिता जनाउदै केपि सिटौला
दक्षिण कोरियामा नाकावन्दिको विरोध कार्यक्रममा सहभागिता जनाउदै केपि सिटौला

प्रतिक्रियाहरु


udaya rai wrote on 02 December, 2015
नेपालमा के कारणले नाकाबन्द भैरहेको कुरा कोरियालाई राम्ररी थाहा छ त्यसकारण उ भारतको बिपक्षमा बोल्न चाहादैन .

तपाईको प्रतिक्रिया

Advertise with us

अन्तर्वार्ताका थप शिर्षकहरु

• निर्धारित मिति भन्दा अगावै दोर्दी खोला आयोजना सम्पन्न गर्ने लक्ष्य छ

• वमन फर वमन कसैको निजि संस्था होइन - मल्लिका थकाली

• कम्पनि परिबर्तनको नियम अलि खुकुलो भैदिएमा इपिएस श्रमिकका समस्या आफै समाधान भएर जान्छन - श्रम काउन्सिलर ढकाल

• क्रान्तीका क्रममा भएका घटनाहरु अपराध होईनन् — पूर्ब प्रधानमन्त्री भट्टराई

• नारीहरुको एकताको प्रतिकको रुपमा तिज पर्वलाई लिएकी छु: मल्लिका

• कोरियामा काम गर्दा देखिने स्वास्थ्य समस्याका बारेमा बरिष्ठ न्युरो सर्जन डा. केसी संगको कुराकानी

• म "माओबाद” मा बिस्वास गर्दिन ," डेमोक्रेसी” मा बिस्वास गर्छु - युवा नेता गोकर्ण पौडेल

• प्रधानमन्त्रीलाई कोरियाको स्टेट भिजिट गर्न अनुरोध गरेँ - डा. नवराज पन्त

• सफलताको श्रेय नै दर्शक श्रोता हुनः गायिका सम्झना लामिछाने

• कोरियामा नेपालीहरुलाई सुरुको ३ महिना बढि समस्या - रेग्मी

• हाम्रो कार्यक्रमको उद्धेश्य मलेशियामा रहेका आप्रवासी नेपालीबीच शान्ति र सद्धभाव कायम राख्नु होः अर्जुन विक

• कोरियामा कार्यरत मजदुरहरुको पक्षमा यो अधिवेशनले महत्व राख्दछ - गोबिन्द गांउले

• कोरियामा महिलाहरु कृषि क्षेत्रमा बढि दुर्ब्यबाहारमा पर्ने गर्छन - मल्लिका

• यसपालि मेरो दावी तथा उम्मेदवारी उप-सभापति पदमा हुनेछ

• नेपाल हाउसको एजेन्डा सफल भयो - एनआरएन आइसिसि प्रतिनिधी कुँवर

• म हट छु कि कूल छु त्यो त दर्शकले मुल्यांकन गर्ने कुरा हो - मोडल आलिशा सिंह

• उत्तर कोरिया जस्तो कम्युनिष्ट राजनीति गतिबिधिमा लागेको भन्दै मलाई फसाइयो - सागर न्यौपाने

• नेपालको मुहार फेर्न सक्ने सक्षम संस्था भनेकै एनआरएन हो: एशिया क्षेत्रिय संयोजक राई

• आप्रबासी कामदारको हितमा काम गर्ने सोचमा छु: नवनिर्वाचित एनआरएन कोरिया अध्यक्ष क्षेत्री

• अध्ययन बीचैमा छाडेर रोजगारीका लागि कोरियामा आएका नेपाली युवालाई खुसिको खबर, उच्च शिक्षा पुरा गर्ने चाहना पुरा हुने चरणमा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
काेरियाकाे रेडलाईट एरियामा कोरियन यौनकर्मीले नमस्ते दाई यता अाउनुस् भनेपछि...कामदारको अभाबलाइ पूर्ति गर्न कोरियाको स्थानीय सरकारद्वारा C4 भिषाको ब्याबस्था गरि पार्ट टाइम कामदार राख्ने तयारीउत्तर कोरियाले युद्धपोज जहाज ध्वस्त पार्ने धम्कीपछि अमेरिकी राष्ट्रपतिले गरे चीन र जापानका राष्ट्रप्रमूखसँग टेलिफोन वार्ताकोरियामा बेरोजगारी संख्या सन् दुइ हजार यताकै उच्च , ५ लाख भन्दा धेरै युनिभर्सिटी ग्राजुएट युवा बेरोजगार एकदीनको उपहारले मात्र आमा प्रतिको कर्तब्य पुरा हुदैन कोरियामा एमटियूले अन्र्तराष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाउने, मजदुर हकका लागि सहभागी भएर ऐक्यबद्धता जनाउन अपिलइपिएस साखाद्धारा कोरियन भाषा परीक्षाका लागि २६ वटा केन्द्र प्रस्ताव, यसपाली पोखरामा परीक्षा नहुने (केन्द्रको नाम सहित)
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......काेरियाकाे रेडलाईट एरियामा कोरियन यौनकर्मीले नमस्ते दाई यता अाउनुस् भनेपछि...कामदारको अभाबलाइ पूर्ति गर्न कोरियाको स्थानीय सरकारद्वारा C4 भिषाको ब्याबस्था गरि पार्ट टाइम कामदार राख्ने तयारीकोरियामा बिदेशी संघ संस्थालाईअनुमति बिना कुनै पनि कार्यक्रम गर्न निषेध ,हदै सम्मको कानुनि कारबाही हुन सक्नेदुःखद खबर, कोरियामा काम गर्ने क्रममा मेशिनमा च्याँपिएर एक जना नेपालीको मृत्यु
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाले १० हजार नेपाली कामदार लैजानेआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनादक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Mahesh Rai Mahesh Rai
Date of Birth : 22 December, 1993
Address: Pyengtake
Hometown : Dolakha
Occupation : Employer
Hobbies : watching movie,Traveling, Fishing, Reading Novel etc...
E-mail : cnvas0@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal