कोरियामा रहेको वमन फर वमन नामक संस्था बिसेष गरि नेपाली चेलीहरु जो बिदेशी भुमिमा विभिन्न कारणले दुख पाइरहेका छन् ,जसको बिदेशी भूमिमा कुनै सहारा छैन त्यस्ता चेलीहरुलाई सहोयोग गर्नको निम्ति खोलिएको संस्था हो l अथवा अर्को शब्दमा भन्नु पर्दा बिसुद्द रुपले नेपाली महिलाहरुलाई सहयोग गर्न कोरियाली भूमिमा नेपाली महिला द्वारा खोलिएको संस्था हो वमन फर वमन l बिदेशी भूमिमा विभिन्न कठिनाइ र चुनौतीहरुका बाबजुत पनि यो संस्थाले नेपाली दिदीबहिनीहरुको लाइ अफ्ठ्यारो पर्दा विभिन्न परोपकारी कामहरु गर्दै आइरहेको छ l
यसै सन्दर्भमा नेपाल को मुस्तांङ्क जिल्ला घर भै करिब सात वर्ष पहिला कोरिया प्रवेश गरि नेपाली दिदिबहिनिहरुको सुखदुखमा सधै हातेमालो गर्दै बिदेशी भूमिमा निरन्तर रुपमा आफुलाई सदा सर्बदा परोपकारी काममा तल्लिन राख्ने एक ब्याक्तिव तथा वमन फर वमन दक्षिण कोरियाकि बर्तमान अध्यक्ष मल्लिका हिराचन थकालिसंग हेल्लो नेपाल कोरिया डट कम सम्बादाता पत्रकार किशन गौतम ले वमन फर वमन का बिबिध गतिबिधिहरुमा केन्द्रित रहेर संछिप्त कुराकानीको आधारमा तयार परेको एक रिपोर्ट l
प्रश्न : वमन फर वमन संस्थाको मुख्य उदेश्य को हो ?
उत्तर : यो एउटा बिशुद्ध नेपाली महिला दिदिबहिनिहरुको लागि खोलिएको संस्था हो l बिदेशी भूमिमा कोहि पनि महिला दिदिबहिनिहरु बेसहारा बन्न नपरोस l कम्पनि मा काम छाडेको बेला होस् ,या कम्पनिमा विभिन्न खाले दुर्ब्याबहारमा परि पिडित भएको अबश्थामा होस् वा बिरामी परेको अबश्थामा होस् l त्यस्तो अबस्थामा उनीहरुको सहारा बन्न सकौं भन्ने उदेश्यका साथ् खोलिएको संस्था हो यो l र अर्को उदेश्य भनेको प्रवासमा छरिएर रहेका महिला दिदीबहिनीहरुलाई संगठित गर्न सकियोस भन्ने पनि हो l
प्रश्न : कोरियामा रहेकका अन्य संघसंस्था भन्दा केहि फरक छ कि यो संस्था ?
उत्तर : एकदमै फरक छ यो संस्था l पहिलो कुरा त यो संस्था भनेको मात्र महिला दिदीबहिनीहरुको लागि मात्रै हो भने अर्को कुरा भनेको यो संस्था बोल्ने मात्र होइन गरेरै देखाउने संस्था हो l हामीले गरेर देखाएका उदाहरण हरु धेरै छन् l यो संस्थाको खास गरि महिला दिदि बहिनिहरुकै नेतृत्वमा प्रवासमा मात्र होइन नेपाल सम्मै पनि केहि गर्न सकौं भन्ने मुख्य उदेश्य रहेको छ l र अर्को कुरा यो संस्था एउटा बिशुद्द समाबेसी संस्था हो l न त यसमा कुनै जातीयता छ , न त कुनै क्षेत्रियता छ ,न त कुनै राजनीतिबाट प्रेरित छ l
प्रश्न : तपाइँ अध्यक्ष भैसकेपछि के कस्ता कामहरु गर्नु भयो त ?
उत्तर : प्रथम त म अध्यक्ष भैसकेपछी सेल्टर लाइ ब्याबस्थित गरियो l पहिला एउटा सिंगल कोठा थियो भने अहिले ३ वटा कोठा भएको सुबिधा सम्पन्न अपार्टमा सारिएको छ l सेल्टरमा l फ्री वाईफाई ,वाशिंग मेसिन आदि कुराको पनि ब्याबस्था गरिएको छ l सेल्टरमा बस्न आउने दिदिबहिनि हरुको लागि खाने बस्ने कोहि बिरामी हुनुभयो भने औसधि उपचारको ब्याबस्था आदि कुरामा धेरै नै सुधार ल्याइएको छ l नेपाली दाजुभाई संग सहयोग मागेर हुन्छ कि कुनै कार्यक्रम गरेर हुन्छ कि संस्थालाइ आथिक रुपले कसरि सक्षम बनाउन सकिन्छ भनेर निरन्तर लागिपरेकी छु l र मेरो कार्यकालमा धेरै कुरामा सुधार आएकोपनि छ l यो कुरा मैले भन्नु भन्दा पनि यहाँ बस्न आउने दिदिबहिनीहरु संग बुझ्न सक्नु हुन्छ l
प्रश्न: यो संस्थामा बिशेष गरि महिला दिदिबहिनि हरुका कस्ता खालका गुनासाहरु आउने गर्छन ? अथवा कोरियामा महिला दिदीबहिनीहरुले भोगेका समस्या कस्ता खालका छन् ?
उत्तर :खासगरि हाम्रो संस्थामा इपिएस भिषामा आउने महिला दिदिहिनिहरुका गुनासाहरु धेरै आउने गरेका छन् l खास गरि कृषिमा आउनेहरुलाई अलि दुर्ब्यबाहार गर्ने, आएको १/२ महिनामै काममा राख्दिन भनेर बिदा दिने , धेरै गार्हो काम लगाउने ,बिदाको दीनहरुमा पनि काम लगाउने तर तलब बेसिक मात्र दिने आदि गरेको पाइयो भने कम्पनि तिरपनि अलि दुर्ब्याबहार गर्ने आफुले सोचेको जस्तो नभए गार्हो कम गर्न लगाउने , मानसिक टर्चर दिने ,बिरामी हुदा औसधि उपचार नगराउने आदि समस्याहरु छन् भने l अर्को समस्या कोरियन नागरिक संग बिबाह गरेर आउने महिला दिदिबहिनिहरुले भाषा, रहनसहन आदि नमिलेकै कारण पिटाइ खानु पर्ने l बिना कारण घर निकाला हुनु पर्ने आदि थुप्रै गुनासाहरु आउने गरेका छन् l
प्रश्न : यो संस्थाबाट नेपाली महिला दिदिबहिनि हरुले कस्तो आशा राख्न सक्छन ?
उत्तर : यो संस्था भनेकै महिला दिदिबहिनिहरुको लागि हो l यदि तपाई काम छाडेर बस्नु भएको छ ,खानाबस्नको लागि समस्या छ भने हामिकहाँ आउनुहोस हामीले सक्दो सहयोग गर्नेछौ l हामीले स्वाश्थ्य शिबिरहरु पनि चलाएका छौ l कोहि बिरामी हुनुन्छ अस्पताल जादा भाषाको समस्या हुन्छ भने हामिलाइ सम्पर्क गर्नुहोला l त्यस्तै मुख्यकुरा त प्रवासमा आफुलाई एक्लो भएको महसुस नगर्नुहोला l यो संस्था तपाईहरुको भलाइको लागि नै खोलिएको हो l
प्रश्न :संस्थाका चुनौतीहरु के कस्ता छन् ?
उत्तर : चुनौतीहरु त धेरै छन् ,प्रथम त अपार्ट भाडा तिर्नलाइ नै समस्या छ l अपार्टको भाडा मासिक ४ लाख छ l सेंगिल चर्च को बोक्सानिम बाट मासिक तीन लाख पाएका छौ भने बाकि भाडा बिजुली ,पानि आदि जुटाउनको लागि विभिन्न कार्यक्रम जस्तै तीज को कार्यक्रम गरेर होस् वा ,भैलो खेलेर गरेर होस् वा नेपाली दाजुभाईहरुसंग सहयोग मागेर होस् वा मासिक लेबी उठाएर के कसरि हुन्छ धेरै मुस्किलले चलाईराखेका छौ l तर नेपाली दाजुभाईहरुले निकै सहयोग गर्नु भएको छ l
प्रश्न : अन्त्यमा के भन्न चाहनु हुन्छ कोरियाबासी नेपाली दिदीबहिनी हरुलाई ?
उत्तर : सर्बप्रथम म नेपाली दिदिबहिनि हरुलाई के भन्न चाहन्छु भने सकेसम्म हामीहरु आफ्नो मेहनत ,बुद्दी बिबेकले काम गरौँ l यो कुरा बुझ्न अति नै जरुरि छ कि हामि प्रदेशमा किन आएको भन्ने कुरा मानसिक रुपले तयारी हुनु अति नै आबश्यक कुरा हो l अर्को कुरा कसैलाई आपत परेको छ भने हामीसंग आउनुहोस l सेल्टर छ खान बस्नको ब्याबस्था गरेका छौ l आफ्नो कुराहरु सेयर गर्नुहोस l हामि हरदम सहयोगको लागि तयार छौ l महिला दिदिबहिनिहरु लाइ संगठित गराएर एउटइ छात्र छायामुनि राख्ने हाम्रो उदेश्य हो l र अन्त्यमा तपाइँहरुको मिडिया मार्फत के भन्न चाहन्छु भने सम्पूर्ण नेपाली महिला दिदिबहिनिहरु तपाइहरुले प्रबासमा सिकेको ज्ञान र शिप लाइ सदै नेपाल र नेपालीहरुको हित मा पर्योग गर्नुहोला l नेपाली महिलाहरु देशको मुहार फेर्न सक्षम छन् भन्ने उदाहरण बनेर देखाउनुहोस l सम्पूर्ण कोरियावासी सहासिक नेपाली महिला दिदिबहिनीहरुलाइ मेरो शुभकामाना
• निर्धारित मिति भन्दा अगावै दोर्दी खोला आयोजना सम्पन्न गर्ने लक्ष्य छ
• वमन फर वमन कसैको निजि संस्था होइन - मल्लिका थकाली
• क्रान्तीका क्रममा भएका घटनाहरु अपराध होईनन् — पूर्ब प्रधानमन्त्री भट्टराई
• नारीहरुको एकताको प्रतिकको रुपमा तिज पर्वलाई लिएकी छु: मल्लिका
• कोरियामा काम गर्दा देखिने स्वास्थ्य समस्याका बारेमा बरिष्ठ न्युरो सर्जन डा. केसी संगको कुराकानी
• म "माओबाद” मा बिस्वास गर्दिन ," डेमोक्रेसी” मा बिस्वास गर्छु - युवा नेता गोकर्ण पौडेल
• प्रधानमन्त्रीलाई कोरियाको स्टेट भिजिट गर्न अनुरोध गरेँ - डा. नवराज पन्त
• सफलताको श्रेय नै दर्शक श्रोता हुनः गायिका सम्झना लामिछाने
• कोरियामा नेपालीहरुलाई सुरुको ३ महिना बढि समस्या - रेग्मी
• कोरियामा कार्यरत मजदुरहरुको पक्षमा यो अधिवेशनले महत्व राख्दछ - गोबिन्द गांउले
• कोरियाका मिडियाले चासो नदिनु दुइ देश बीचको मामिला भएको कारणले हुन सक्छ - सिटौला
• यसपालि मेरो दावी तथा उम्मेदवारी उप-सभापति पदमा हुनेछ
• नेपाल हाउसको एजेन्डा सफल भयो - एनआरएन आइसिसि प्रतिनिधी कुँवर
• म हट छु कि कूल छु त्यो त दर्शकले मुल्यांकन गर्ने कुरा हो - मोडल आलिशा सिंह
• उत्तर कोरिया जस्तो कम्युनिष्ट राजनीति गतिबिधिमा लागेको भन्दै मलाई फसाइयो - सागर न्यौपाने
• नेपालको मुहार फेर्न सक्ने सक्षम संस्था भनेकै एनआरएन हो: एशिया क्षेत्रिय संयोजक राई
• आप्रबासी कामदारको हितमा काम गर्ने सोचमा छु: नवनिर्वाचित एनआरएन कोरिया अध्यक्ष क्षेत्री
![]() |
चुटकिलाहरु पढेर पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ?? यहाँ क्लिक गर्नुहोस् । |
Date of Birth : | 16 January, 1993 |
Address: | Anseong si chhuksan myeon chhangeri |
Hometown : | Mahendranagar,kanchanpur |
Occupation : | Factory worker |
Hobbies : | Traking |
E-mail : rajendramahara333@gmail.com |
-- दैनिक पत्रपत्रिका (नेपाली)-- | |
---|---|
कान्तिपुर | नागरिक |
अन्नपूर्ण पोस्ट | गोरखापत्र |
नेपाल समाचारपत्र | राजधानी |
कारोबार आर्थिक | महानगर |
The Kathmandu post | Republica |
The Himalayan Times | Rising Nepal |
-- साप्ताहिक / पाक्षिक / मासिक -- | |
कान्तिपुर साप्ताहिक | हिमाल |
नेपाल साप्ताहिक | नारी |
Nepali Times | Wave |
--- समाचार / प्रवासी नेपाली -- | |
अनलाइन खबर | सेतो पाटी |
नेपाल जापान | डि सि नेपाल |
-- अन्य -- | नेपाली क्यालेन्डर |
शब्दकोश | राशीफल |
मदन पुरस्कार पुस्तकालय |