यसपालि मेरो दावी तथा उम्मेदवारी उप-सभापति पदमा हुनेछ

नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाको चौथो महाधिवेशन यहि मिति २०१५ नोभेम्बर २२ आइतबारका दिन कोरियाको राजधानी सउलमा हुदैछ । यसै शिलशिलामा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका हालका सह-महामन्त्री मोहन पण्डित संग हेल्लो नेपाल कोरिया डट कमका संवाददाता नोबिन्द्र कटुवालले गर्नु भएको संक्षिप्त कुराकानी :-

(१ ) नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाको यो चौथो महाधिवेशनको माहोल कस्तो छ अहिले ?
उत्तर :- नेपाली जनसम्पर्क समिती दक्षिण कोरिया कोरियामै पहिलो राजनैतिक पार्टीको भातृ संगठन भएकोले कोरियाको हकमा यसको प्रभाव र पहुँच राम्रो छ । कोरियामा छरिएर रहेका विभिन्न संघ संस्थाहरु र प्रजातन्त्रवादीहरुलाइ एकत्रित गर्दै जिम्मेवार राजनैतिक संगठनको हिसावले आफुलाइ उभ्याउदै आएको आफ्नो गर्विलो ईतिहास छ । यसै संघारमा यसमा आवद्ध हजारौंको संख्यामा बिचारवान र निष्ठावान सदस्यहरु रहेको हुनाले पनि यो महाधिवेशनको माहोल एकदमै भब्य र सभ्य हुनेमा आशावादी छौँ ।

(२) तपाइँको राजनैतिक पृष्ठभुमिको बारेमा छोटकरीमा बताइदिनु हुन्छ कि ?
उत्तर:- मेरो राजनैतिक पृष्ठभुमिको कुरा गर्नुपर्दा म स्कुले जिवनमा स्कुल ईकाइ समितिको सभापति पदमा रहेर कार्य गरे, त्यसपछि पि एन क्याम्पस पोखराको ईकाइ समितिको सभापति, नेपाल विद्यार्थी संघ कास्कीको पदाधिकारी हुँदै नेपाली काँग्रेस धादिङ क्षेत्र  नम्बर ३ को क्षेत्रीय समितिमा समेत रहेर काम गर्नुका साथै एमनेष्टी इन्टरनेशनल लगाएत अधिकारवादी संघसंस्थाहरुमा समेत रहि काम गरेको छु । मेरो राजनैतिक जिवनको शुरूवात आन्दोलनकै मोर्चाबाट भयो र यस क्राममा दर्जनौँ पटक जेल जीवन बिताउनका साथै लोकतन्त्र प्राप्तिका खातिर राजद्रोहको मुद्धा समेत भोग्नु परेको थियो ।

(३) यस पटकको नेतृत्व चयनका सवालमा तपाईंको धारणा के छ ?
उत्तर:- यो महाधिवेशनले चयन गर्ने नेतृत्व र पारित गर्ने नीति तथा कार्यक्रमहरुको महत्त्व निश्चित पनि विगतमा भन्दा महत्त्वपूर्ण र सर्वत्र चासोको बिषय छ । आज नेपालमा संविधानको घोषणा पश्चात पनि जुन अन्यौलको स्थिति र अप्रजातान्त्रिक गठबन्धन छ यसले अझैपनी प्रजातन्त्र खतरामा रहेको आभास नेपाली काँग्रेसलाई भएको छ । नेपाली काँग्रेसको भातृ संगठन हुनुको नाताले जनसम्पर्क समिती कोरिया पनि आफ्नो स्पष्ट धारणा पारित गरि अगाडि बढ्न चाहन्छ र आगामी नेतृत्व पनि यी मुद्धाहरुलाइ अगाडि बढाउन सक्ने स्पष्ट दृष्टिकोण भएको ब्याक्तीहरुनै हुनुपर्छ भन्ने मेरो धारणा छ । यो अधिवेशन सम्पन्न गर्नको निमित्त नेपालबाट प्रमुख अतिथिको रुपमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरे आउँदै हुनुहुन्छ । उहाँले पनि यो नेतृत्व चयनको प्रक्रियामा संस्थाको भुमिका महत्त्वपूर्ण रुपमा निर्वाह गर्नुहुनेछ भन्ने हामिलाइ लागेको छ ।

(४) यसपाली तपाइँको उम्मेदवारी हुन्छ कि हुन्न ?
उत्तर:- हाम्रो यो अधिवेशनको नारा पनि "सहमति, सहकार्य र राष्ट्रिय एकता आजको आवश्यकता, संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनमा जनसम्पर्क समिती कोरियाको प्रतिबद्धता" रहेको हुनाले सकभर हाम्रो यसपालिको नेतृत्व सहमतिय आधारमा चयन हुनेमा हामी आशावादी छौ । अहिलेपनी म साँथिहरु संग छलफलकै दौरानमा छु र यसपालि मेरो दावी तथा उम्मेदवारी उप-सभापति पदमा हुनेछ ।

(५) अन्त्यमा केही भन्नू छ कि ?
उत्तर:- यो महाधिवेशन प्रजातन्त्रमा आस्था राख्ने सबै तह र तप्काको आफ्नै महाधिवेशन भएकोले कोरियामा रहनुभएका सम्पुर्ण राजनैतिक दलहरु, प्रतिनिधिहरु, संघसंस्थाहरु, पत्रकार बुद्धिजीवीहरु, अधिकारकर्मीहरु सबै सबैमा उपस्थितिका लागि अनुरोध गर्दछु ।
जय नेपाल !

प्रकाशित मिति : २०७२ मंसिर ०२ (November 18, 2015)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अन्तर्वार्ताका थप शिर्षकहरु

• निर्धारित मिति भन्दा अगावै दोर्दी खोला आयोजना सम्पन्न गर्ने लक्ष्य छ

• वमन फर वमन कसैको निजि संस्था होइन - मल्लिका थकाली

• कम्पनि परिबर्तनको नियम अलि खुकुलो भैदिएमा इपिएस श्रमिकका समस्या आफै समाधान भएर जान्छन - श्रम काउन्सिलर ढकाल

• क्रान्तीका क्रममा भएका घटनाहरु अपराध होईनन् — पूर्ब प्रधानमन्त्री भट्टराई

• नारीहरुको एकताको प्रतिकको रुपमा तिज पर्वलाई लिएकी छु: मल्लिका

• कोरियामा काम गर्दा देखिने स्वास्थ्य समस्याका बारेमा बरिष्ठ न्युरो सर्जन डा. केसी संगको कुराकानी

• म "माओबाद” मा बिस्वास गर्दिन ," डेमोक्रेसी” मा बिस्वास गर्छु - युवा नेता गोकर्ण पौडेल

• प्रधानमन्त्रीलाई कोरियाको स्टेट भिजिट गर्न अनुरोध गरेँ - डा. नवराज पन्त

• सफलताको श्रेय नै दर्शक श्रोता हुनः गायिका सम्झना लामिछाने

• कोरियामा नेपालीहरुलाई सुरुको ३ महिना बढि समस्या - रेग्मी

• हाम्रो कार्यक्रमको उद्धेश्य मलेशियामा रहेका आप्रवासी नेपालीबीच शान्ति र सद्धभाव कायम राख्नु होः अर्जुन विक

• कोरियामा कार्यरत मजदुरहरुको पक्षमा यो अधिवेशनले महत्व राख्दछ - गोबिन्द गांउले

• कोरियाका मिडियाले चासो नदिनु दुइ देश बीचको मामिला भएको कारणले हुन सक्छ - सिटौला

• कोरियामा महिलाहरु कृषि क्षेत्रमा बढि दुर्ब्यबाहारमा पर्ने गर्छन - मल्लिका

• नेपाल हाउसको एजेन्डा सफल भयो - एनआरएन आइसिसि प्रतिनिधी कुँवर

• म हट छु कि कूल छु त्यो त दर्शकले मुल्यांकन गर्ने कुरा हो - मोडल आलिशा सिंह

• उत्तर कोरिया जस्तो कम्युनिष्ट राजनीति गतिबिधिमा लागेको भन्दै मलाई फसाइयो - सागर न्यौपाने

• नेपालको मुहार फेर्न सक्ने सक्षम संस्था भनेकै एनआरएन हो: एशिया क्षेत्रिय संयोजक राई

• आप्रबासी कामदारको हितमा काम गर्ने सोचमा छु: नवनिर्वाचित एनआरएन कोरिया अध्यक्ष क्षेत्री

• अध्ययन बीचैमा छाडेर रोजगारीका लागि कोरियामा आएका नेपाली युवालाई खुसिको खबर, उच्च शिक्षा पुरा गर्ने चाहना पुरा हुने चरणमा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीअक्टोबरमा लामो सार्वजानिक विदा दिने कोरिया सरकारको तयारी अबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्यु
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal