नेपाल हाउसको एजेन्डा सफल भयो - एनआरएन आइसिसि प्रतिनिधी कुँवर

गैर आवसिय नेपाली संघ (एनआरएन) कोरियामा दोस्रोपटक अध्यक्ष पदमा निर्वाचित भइ हाल आइसिसि प्रतिनिधीमा निर्वाचित एनआरएन कोरियाको निवर्तमान अध्यक्ष विनोद कुँवरसँग हेल्लो नेपालकोरिया डटकमका लागि सरोज खड्काले गरेको कुराकानी ।

१. एनआरएन कोरियामा अध्यक्षको रुपमा तपाईको दोस्रो कार्यकालको अनुभव कस्तो रह्यो ?
बिगतमा अनुभव भएको हुँदा त्यो अनुभवबाट काम गर्ने हिसाबले म आएको थिए । नेपाल हाउसको एजेन्डा सफल भयो । त्यो सबै मिलेर गरियो । कोरियामा रहेका सबै संघसंस्था तथा नेपालीहरुको सहयोग रह्यो । यो कामबाट सन्तुष्ट छु । नेपालको महाभूकम्पको बेला हामीले सकेको सहयोग गर्यौ । त्यो भन्दा पहिले नेपालमा भएको प्राकृतिक विपत्तिको बेला सुनकोशी बाढीपिडितहरुलाई सहयोग गरियो । अनिस खालिङ्ग राई बचाउ अभियानमा सहयोग गरियो । एनआरएनको वेवसाइट पनि बनाइयो । स्वास्थ्य शिबिरका कामहरु पनि भएका थिए, नेपाल हाउसमा । समग्रमा एनआरएन कोरियाले सामाजिक गतिविधिमा सक्रिय भएर काम गर्यो मेरो कार्यकालमा ।

२. पछिल्लो समय निकै विवादित हुनुभयो नि ?
अधिवेशनको बेला विवाद देखिएको थियो । सदस्यता वितरणमा कमी कमजोरी भएको हो । भूकम्पको कारणले अधिवेशन ढिला भएको र पहिलो अधिवेशनको मिति सार्नुपर्यो । एउटै व्यक्तिले ४/५ सय फर्म लिएर आउँदा समस्या भयो । कोरियामा २ वर्ष कटेको हुनुपर्ने तर त्यो भन्दा कम समयको पनि फर्म आएको हुँदा त्यो प्रमाणिकरण गर्न समय लाग्ने भएको भएर अर्को मिति तोकेका थियौ ।

३. निर्वाचन कमिटीका पदाधिकारीहरुले राजीनामा दिनुपर्ने अवस्था किन आयो ?
संरक्षक जस्ता व्यक्तिहरुले राजीनामा दिनुभयो । उहाँहरुलाई बाहिरबाट दबाव आएको हुन सक्छ । उहाँहरुलाई हामीले भोटिङ लिस्ट समयमै दिन सकेका थिएनौ । हामीबाट पनि कमी कमजोरी भए । यो कमिटिलाई असफल बनाउनुपर्छ भन्ने पनि सोच आएर त्यो अवस्था आयो ।

४. पाँचौ अधिवेशनको आर्थिक प्रतिवेदनका बेला झगडा समेत भएको देखियो । आर्थिक पारदर्शिता नभएको आवाज उठ्यो नि ?
अघिल्लो कमिटिबाट १ करोड ५० लाख वन तिर्न बाँकी हाम्रो भागमा परेको थियो । त्यो रकम हामीले तिरिदियौ । त्यो के मा खर्च भयो भन्ने विषयमा विवाद निस्किएको थियो । बाँकी अन्य नेपाल हाउस सम्बन्धि सम्पूर्ण विवरण नेपाल हाउस व्यवस्थापन समितिले पारदर्शी रुपमा राखेको छ ।

५. खर्च सम्बन्धि विवरण पारदर्शी नभएको हो ?
अझै पनि पारदर्शीता हेर्नको लागि नेपाल हाउस व्यवस्थापन समितिले बृहत भेला राख्छ । त्यहाँ आएर हेर्न सकिन्छ ।
६. एनआरएनको सदस्यहरु वृद्धि भयो यसमा सदस्यता शुल्क चाहि अरुले तिरिदिएर बढेको भन्ने कुराहरु आएको छ नि ?
यो कुरा नै मुख्य समस्या भयो अहिलेको अधिवेशनमा । एक व्यक्तिले धेरैको फर्म लिएर आएर पैसा हालिदिएर यस्तो समस्या आएको हो । त्यसमा हाम्रो कमजोरी नै भन्नुपर्छ । यो व्यवस्था पहिला पनि थियो । तर अब यसले समस्या देखिएकोले सदस्यता लिन चाहानेले आफै आएर फर्म भर्नुपर्ने व्यवस्था हुनुपर्छ । टाढाबाट आउने व्यक्तिले बढीमा १० जनासम्म मात्र फर्म भर्ने व्यवस्था हुनुपर्छ ।

७. तपाईले पनि अरुको सदस्यता शुल्क तिरिदिएको भन्ने कुराहरु आएको थियो नि ?
मैले त्यस्तो गरेको छैन । चिनजानको मान्छेले पछि दिन्छु भन्ने हिसाबमा मात्र मैले हालिदिएको हो ।

८. चुनावपछि अहिले एनआरएनको गतिविधि केही पनि देखिएको छैन नि ?
यसमा अहिलेको कार्यसमितिका साथीहरुको आफ्नै समस्या होला । दशैं कार्यक्रम जुन एनआरएन कोरियाले गर्दै आएको थियो त्यो यसपाली भएन । त्यो उहाँहरुको कमजोरी देखियो । उहाँहरुलाई आफ्नो योजना एजेन्डाहरु बनाउन समय लाग्ला । पछि गर्नुहोला नि ।

९. तपाई एनआरएनको अध्यक्ष भएपछि लगानीको काम लिएर आउँछु भन्नुहुन्थ्यो तर सक्नुभएन नि ?
मेरो कार्यकालमा पाँचवटा एजेन्डा थियो । नेपाल हाउस, एनआरएन दर्ता, सामुहिक लगानी, क्षेत्रीय संगठन विस्तार, वेवसाइट बनाउने । त्यसमा एनआरएन दर्ता र सामुहिक लगानीको काम छुट्यो । पहिलो प्राथमिकता नेपाल हाउसलाई दिदा एनआरएनको दर्ता गर्न सकिएन । नेपाल हाउस मात्र दर्ता गरियो । सामुहिक लगानीका कामचाहि संस्थागत कामहरु, सामाजिक कामहरुमा व्यस्त भएर समय नै पाइएन । सामुहिक लगानी गरेर तत्काल प्रतिफल दिने परियोजना पनि भेटिएन । लगानीको सुरक्षित क्षेत्र पनि भेटिएन देशका विभिन्न समस्याहरुले गर्दा ।

१०. अहिले जलविद्युत आयोजनाको काम लिएर आउनु भएको छ यो कस्तो परियोजना हो ?
अब एनआरएन कोरियाको कामबाट म फुर्सद भए । अब सामुहिक लगानीका लागि मैले काम गर्छु । अहिले लिएर आएको धौवलागिरी जलविद्युत आयोजना पिपिए लगायत सम्पूर्ण काम पुरा भइसकेको छ । २५ मेगावाटको यो परियोजनामा लगानी गरेर प्रतिफल राम्रो आउने–नआउने कुरा अध्ययन गर्दै छु । सम्पूर्ण प्राविधिक कुराहरु पुरा भएपछि लगभग एक महिना भित्रमा लगानीका लागि रकम उठाउने काम शुरु हुन्छ ।

११. अन्तमा के भन्नुहुन्छ ?
एनआरएन कोरियामा कुनै पनि व्यक्तिले विनास्वार्थले काम गर्छु भन्छ भने त्यसलाई अगाडि ल्याउनैपर्छ । सबैलाई म आग्रह गर्न चाहान्छु नेपाल अहिले ठूलो समस्याबाट गुज्रिरहेको छ । विदेशमा बसेर हामी एकआपसमा खुट्टा तानातान गर्नु भन्दा हामीले देशका लागि के गर्न सक्छौ भन्ने कुरामा ध्यान दिनुपर्छ । भूकम्पपिडित र भारतको नाकावन्दीबाट थिलथिलो भएको मुलुकलाई हामीले विदेशबाट सहयोग गर्नुपर्छ । भत्किएका स्कूलहरु छन् त्यहाँ आफ्नो तर्फबाट सकेको सहयोग गर्न सकिन्छ । अब नेपालमा पुनर्निमाणको चरणमा हामीले आत्मनिर्भरताको बाटो खोजी गर्नुपर्छ । अन्तमा एनआरएन कोरियाको दोस्रो कार्यकालमा सहयोग गर्नुहुने सम्पूर्ण सामाजिक संघसंस्थाहरु, वुद्धिजीवी, व्यवसायी साथीहरु, पत्रकार सम्पूर्णलाई दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

प्रकाशित मिति : २०७२ कार्तिक ३० (November 16, 2015)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अन्तर्वार्ताका थप शिर्षकहरु

• निर्धारित मिति भन्दा अगावै दोर्दी खोला आयोजना सम्पन्न गर्ने लक्ष्य छ

• वमन फर वमन कसैको निजि संस्था होइन - मल्लिका थकाली

• कम्पनि परिबर्तनको नियम अलि खुकुलो भैदिएमा इपिएस श्रमिकका समस्या आफै समाधान भएर जान्छन - श्रम काउन्सिलर ढकाल

• क्रान्तीका क्रममा भएका घटनाहरु अपराध होईनन् — पूर्ब प्रधानमन्त्री भट्टराई

• नारीहरुको एकताको प्रतिकको रुपमा तिज पर्वलाई लिएकी छु: मल्लिका

• कोरियामा काम गर्दा देखिने स्वास्थ्य समस्याका बारेमा बरिष्ठ न्युरो सर्जन डा. केसी संगको कुराकानी

• म "माओबाद” मा बिस्वास गर्दिन ," डेमोक्रेसी” मा बिस्वास गर्छु - युवा नेता गोकर्ण पौडेल

• प्रधानमन्त्रीलाई कोरियाको स्टेट भिजिट गर्न अनुरोध गरेँ - डा. नवराज पन्त

• सफलताको श्रेय नै दर्शक श्रोता हुनः गायिका सम्झना लामिछाने

• कोरियामा नेपालीहरुलाई सुरुको ३ महिना बढि समस्या - रेग्मी

• हाम्रो कार्यक्रमको उद्धेश्य मलेशियामा रहेका आप्रवासी नेपालीबीच शान्ति र सद्धभाव कायम राख्नु होः अर्जुन विक

• कोरियामा कार्यरत मजदुरहरुको पक्षमा यो अधिवेशनले महत्व राख्दछ - गोबिन्द गांउले

• कोरियाका मिडियाले चासो नदिनु दुइ देश बीचको मामिला भएको कारणले हुन सक्छ - सिटौला

• कोरियामा महिलाहरु कृषि क्षेत्रमा बढि दुर्ब्यबाहारमा पर्ने गर्छन - मल्लिका

• यसपालि मेरो दावी तथा उम्मेदवारी उप-सभापति पदमा हुनेछ

• म हट छु कि कूल छु त्यो त दर्शकले मुल्यांकन गर्ने कुरा हो - मोडल आलिशा सिंह

• उत्तर कोरिया जस्तो कम्युनिष्ट राजनीति गतिबिधिमा लागेको भन्दै मलाई फसाइयो - सागर न्यौपाने

• नेपालको मुहार फेर्न सक्ने सक्षम संस्था भनेकै एनआरएन हो: एशिया क्षेत्रिय संयोजक राई

• आप्रबासी कामदारको हितमा काम गर्ने सोचमा छु: नवनिर्वाचित एनआरएन कोरिया अध्यक्ष क्षेत्री

• अध्ययन बीचैमा छाडेर रोजगारीका लागि कोरियामा आएका नेपाली युवालाई खुसिको खबर, उच्च शिक्षा पुरा गर्ने चाहना पुरा हुने चरणमा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
अमेरिकी थाड तैनाथका क्रममा कोरियाको सञ्जुमा भिडन्त, कोरियाली प्रायद्धिपमा तनाब बढ्ने संकेत काेरियाकाे रेडलाईट एरियामा कोरियन यौनकर्मीले नमस्ते दाई यता अाउनुस् भनेपछि...कामदारको अभाबलाइ पूर्ति गर्न कोरियाको स्थानीय सरकारद्वारा C4 भिषाको ब्याबस्था गरि पार्ट टाइम कामदार राख्ने तयारीउत्तर कोरियाले युद्धपोज जहाज ध्वस्त पार्ने धम्कीपछि अमेरिकी राष्ट्रपतिले गरे चीन र जापानका राष्ट्रप्रमूखसँग टेलिफोन वार्ताकोरियामा बेरोजगारी संख्या सन् दुइ हजार यताकै उच्च , ५ लाख भन्दा धेरै युनिभर्सिटी ग्राजुएट युवा बेरोजगार एकदीनको उपहारले मात्र आमा प्रतिको कर्तब्य पुरा हुदैन कोरियामा एमटियूले अन्र्तराष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाउने, मजदुर हकका लागि सहभागी भएर ऐक्यबद्धता जनाउन अपिल
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......काेरियाकाे रेडलाईट एरियामा कोरियन यौनकर्मीले नमस्ते दाई यता अाउनुस् भनेपछि...कामदारको अभाबलाइ पूर्ति गर्न कोरियाको स्थानीय सरकारद्वारा C4 भिषाको ब्याबस्था गरि पार्ट टाइम कामदार राख्ने तयारीकोरियामा बिदेशी संघ संस्थालाईअनुमति बिना कुनै पनि कार्यक्रम गर्न निषेध ,हदै सम्मको कानुनि कारबाही हुन सक्नेदुःखद खबर, कोरियामा काम गर्ने क्रममा मेशिनमा च्याँपिएर एक जना नेपालीको मृत्यु
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाले १० हजार नेपाली कामदार लैजानेआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनादक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Mahesh Rai Mahesh Rai
Date of Birth : 22 December, 1993
Address: Pyengtake
Hometown : Dolakha
Occupation : Employer
Hobbies : watching movie,Traveling, Fishing, Reading Novel etc...
E-mail : cnvas0@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal