म हट छु कि कूल छु त्यो त दर्शकले मुल्यांकन गर्ने कुरा हो - मोडल आलिशा सिंह

नेपालको स्याङ्जा जिल्ला बाट करिब छ वर्ष पहिला कोरिया प्रवेश गरेकी आलिशा सिंह कोरियामा   ब्यस्त समयको बाबजुत पनि  आफुलाई एउटा मोडलिङको  रंगिन दुनियामा कलाकारको रुपमा चिनाउन सफल भएकी छन् l करिब २ दर्जन भन्दा धेरै म्युजिक भिडियोमा आफ्नो सफल अभिनय प्रस्तुत गरिसकेकी आलिशा प्रमोद खरेल ,अन्जु पन्त ,राजेश पाल राइ  आदि सफल गाएकहरुको गीतमा पनि आफ्नो अभिनय कलालाइ जोडदार रुपमा प्रस्तुत गरिसकेकी छन् l झट्ट हेर्दा युरोपियन जस्तो गेटअप मा देखिने आलिशा आफु सधै मिहनेतमा विश्वास गर्ने बताउछिन l उनि मात्र कलाकारिता क्षेत्रमा आफुलाई चिनाएकी छैनन् कोरियामा रहेका विभिन्न सामाजिक  संघ संस्था रहेर सामाजिक कार्यमा पनि सदा तल्लिन छन् l

प्राय शनिबार र आइतबारका  दिन समय निकालेर विभिन्न म्युजिक भिडियो सुटिंङ मा ब्यस्त रहने उनि कोरियामा आफ्नै शेयर लगानी बाट खोलेको बिजनेसमा हेयर स्टाइलिष्टको रुपमा काम गर्दछिन l उनै मोडेल तथा कलाकार आलिशा सिंह संग मोडलिंङ तथा कलाकारिता क्षेत्रका बिबिध बिषयमा केन्द्रित रहेर हेल्लो नेपाल कोरिया डट कम का लागि पत्रकार किशन गौतम ले तयार पारेको संछिप्त कुराकानी l

प्रश्न : मोडलिंङ क्षेत्रमा कसरि प्रवेश गर्नु भो ?
उत्तर :  यो क्षेत्रमा आउनु  मेरो सानै देखि को इच्छा  थियो l करिब चार वर्ष आगाडी गीतकार निर्मला गिरीको 'आजभोली किन रुन्छ मन 'भन्ने बोलको गीतमा मोडलिंग गर्ने अवसर पाए ,त्यसपछि कोरियामा रहदा साथीभाईहरुले म्युजिक भिडियो बनाउ भन्ने प्रस्ताब ल्याउनु भयो निर्देशक कमल अधिकारिको साथमा अन्जु पन्तको स्वरमा रहेको पिरतीको लगन गाठो भन्ने बोलको गीत मा खेल्ने अवसर पाएलगत्तै  र उक्त गीत नेपाल नेपाल टेलिभिजन बाट पनि बज्यो l र बिस्तारै नेपालबाट विभिन्न गीतकारहरुले कोरियाको रमणीय दृश्यलाइ कैद गरेर म्युजिक भिडियो बनाइदिन अनुरोध   गर्न थाल्नु भयो यसरि नै कोरिया बसाई मै यो पाटो लाइ अगाडी बढाउदै लगियो l

प्रश्न : कस्तो छ मोडलिङ्को रंगिन दुनिया ?केहि चुनौती हरु पनि छन् कि ?
उत्तर : समग्रमा राम्रै छ l  चुनौती त छन् नै बिशेष गरि   बिदेशी भूमिमा समय अलि लिमिट छ तै पनि जसो तसो म्यानेज गरिराखेकै छु l

प्रश्न :  अहिले सम्म कति म्युजिक भिडियोमा खेलिसक्नु भो ?
उत्तर : अहिले सम्म दुइ दर्जन भन्दा धेरै म्युजिक भिडियोमा खेलिसकेको छु l ति मध्ये केहि म्युजिक भिडियो मेरो आफ्नै निर्देशनमा पनि बनेका छन् l

प्रश्न : अब कुन कुन  म्युजिक भिडियोमा खेल्ने तयारीमा हुनुन्छ ?
उत्तर : पुजा मारियाको शब्द र अन्जु पन्तको स्वरको आधुनिक गीत त्यस्तै प्रमोद खरेलको स्वर मा रहेको प्रकाश बम को एल्बम' बितेका पल ' को म्युजिक भिडियो छिट्टै सुटिंङ हुदै छ l

प्रश्न :  अफर कत्तिको  आउने गरेको छ  ?
उत्तर : धेरै नै आइराखेको छ तर समय अभाब तथा अन्य बिबिध कारणले गर्दा चुज गरेर मात्र खेल्ने गरेको छु l

प्रश्न : मोडलिंङ  क्षेत्रलाइ समाजले हेर्ने दृष्टिकोण कस्तो छ ?
 उत्तर :  पहिलाको तुलानामा अहिले मोडलिङ् क्षेत्र राम्रो छ lसमाजका  धेरै शिक्षित व्यक्तित्वहरु पनि यो क्षेत्रमा लागेको हुनाले यो क्षेत्रलाइ समाजकले हेर्ने दृष्टिकोणमा पनि परिबर्तन आएको छ l

प्रश्न :  यो क्षेत्र मा आउन कस्तो संघर्ष गर्नु भयो ?
उत्तर : मान्छे मा हुने इच्छा शक्ति सबैभन्दा ठुलो कुरा हो  l संघर्ष भन्दा पनि साथीभाईहरुको प्रेरणा र मेरो आफ्नै मिहनेत र लगनशीलताले नै यो क्षेत्र आउन सफल भएको हुँ l

प्रश्न : मोडेल बन्न छोटो कपडा नै लगाउनु पर्छ र ?
उत्तर : छोटो लामो कपडा भन्ने कुरा कस्तो खालको भूमिकामा खेलिदै छ त्यसमा भर पर्ने कुरा हो ,उदहारण को लागि बार डान्सरको भूमिका खेल्दा र मन्दिरमा पूजा गर्ने भक्तालुको भूमिका खेल्दा एकै खालको कपडा लगाएर पनि त भएन नि l कथा र बिषय बस्तु अनुसार को ड्रेसअपमा आफुलाई ढाल्नु पर्ने हुन्छ l

प्रश्न : तपाइँ हट मोडेल कि कुल मोडेल ?
उत्तर : म हट छु कि कुल छु त्यो त दर्शकले मुल्याकन गर्ने कुरा हो l
 
प्रश्न : बिहे कहिले गर्ने ?
उत्तर : लगन जुरेपछी थाहा पाइहाल्नु हुनेछ l 

प्रश्न : ब्वाइ फ्रेन्ड छ कि नाइँ ?
उत्तर : अहिले सम्म छैन l

प्रश्न : प्रेम भनेको के हो ?
उत्तर : जीवन जिउने आधार हो l

प्रश्न :  प्रेममा कत्तिको विश्वास गर्नु हुन्छ ?
 उत्तर : सय प्रतिशत बिश्वास गर्छु l यो संसारमा जीव जनावर बाट लिएर मानब जातिको सबै अस्थित्व प्रेम मा नै अडिएको  छ l

प्रश्न :  कस्तो केटा मन पर्छ ?
उत्तर : दुखमा साथ दिने ,स्मार्ट ,समाजसेवी वा राजनीतिज्ञ आदि l

प्रश्न :  जीवन के हो ?
उत्तर : मर्नको लागि संघर्स गर्नु l

प्रश्न : अन्त्यमा के भन्न चाहनु हुन्छ तपाईका फ्यान हरुलाई ?
उत्तर : अन्त्यमा ,तपाइहरुले मेरो म्युजिक भिडियोलाई मन पराइदिनु भएको छ l यसरि नै तपाइको साथ र सहयोगको अपेक्षा गर्दछु l

प्रकाशित मिति : २०७२ कार्तिक २२ (November 08, 2015)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अन्तर्वार्ताका थप शिर्षकहरु

• निर्धारित मिति भन्दा अगावै दोर्दी खोला आयोजना सम्पन्न गर्ने लक्ष्य छ

• वमन फर वमन कसैको निजि संस्था होइन - मल्लिका थकाली

• कम्पनि परिबर्तनको नियम अलि खुकुलो भैदिएमा इपिएस श्रमिकका समस्या आफै समाधान भएर जान्छन - श्रम काउन्सिलर ढकाल

• क्रान्तीका क्रममा भएका घटनाहरु अपराध होईनन् — पूर्ब प्रधानमन्त्री भट्टराई

• नारीहरुको एकताको प्रतिकको रुपमा तिज पर्वलाई लिएकी छु: मल्लिका

• कोरियामा काम गर्दा देखिने स्वास्थ्य समस्याका बारेमा बरिष्ठ न्युरो सर्जन डा. केसी संगको कुराकानी

• म "माओबाद” मा बिस्वास गर्दिन ," डेमोक्रेसी” मा बिस्वास गर्छु - युवा नेता गोकर्ण पौडेल

• प्रधानमन्त्रीलाई कोरियाको स्टेट भिजिट गर्न अनुरोध गरेँ - डा. नवराज पन्त

• सफलताको श्रेय नै दर्शक श्रोता हुनः गायिका सम्झना लामिछाने

• कोरियामा नेपालीहरुलाई सुरुको ३ महिना बढि समस्या - रेग्मी

• हाम्रो कार्यक्रमको उद्धेश्य मलेशियामा रहेका आप्रवासी नेपालीबीच शान्ति र सद्धभाव कायम राख्नु होः अर्जुन विक

• कोरियामा कार्यरत मजदुरहरुको पक्षमा यो अधिवेशनले महत्व राख्दछ - गोबिन्द गांउले

• कोरियाका मिडियाले चासो नदिनु दुइ देश बीचको मामिला भएको कारणले हुन सक्छ - सिटौला

• कोरियामा महिलाहरु कृषि क्षेत्रमा बढि दुर्ब्यबाहारमा पर्ने गर्छन - मल्लिका

• यसपालि मेरो दावी तथा उम्मेदवारी उप-सभापति पदमा हुनेछ

• नेपाल हाउसको एजेन्डा सफल भयो - एनआरएन आइसिसि प्रतिनिधी कुँवर

• उत्तर कोरिया जस्तो कम्युनिष्ट राजनीति गतिबिधिमा लागेको भन्दै मलाई फसाइयो - सागर न्यौपाने

• नेपालको मुहार फेर्न सक्ने सक्षम संस्था भनेकै एनआरएन हो: एशिया क्षेत्रिय संयोजक राई

• आप्रबासी कामदारको हितमा काम गर्ने सोचमा छु: नवनिर्वाचित एनआरएन कोरिया अध्यक्ष क्षेत्री

• अध्ययन बीचैमा छाडेर रोजगारीका लागि कोरियामा आएका नेपाली युवालाई खुसिको खबर, उच्च शिक्षा पुरा गर्ने चाहना पुरा हुने चरणमा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधनकोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......काेरियाकाे रेडलाईट एरियामा कोरियन यौनकर्मीले नमस्ते दाई यता अाउनुस् भनेपछि...कामदारको अभाबलाइ पूर्ति गर्न कोरियाको स्थानीय सरकारद्वारा C4 भिषाको ब्याबस्था गरि पार्ट टाइम कामदार राख्ने तयारीअमेरिकी थाड तैनाथका क्रममा कोरियाको सञ्जुमा भिडन्त, कोरियाली प्रायद्धिपमा तनाब बढ्ने संकेत दुःखद खबर, कोरियामा काम गर्ने क्रममा मेशिनमा च्याँपिएर एक जना नेपालीको मृत्यु
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाले १० हजार नेपाली कामदार लैजानेआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनादक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधन
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Mahesh Rai Mahesh Rai
Date of Birth : 22 December, 1993
Address: Pyengtake
Hometown : Dolakha
Occupation : Employer
Hobbies : watching movie,Traveling, Fishing, Reading Novel etc...
E-mail : cnvas0@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal