उत्तर कोरिया जस्तो कम्युनिष्ट राजनीति गतिबिधिमा लागेको भन्दै मलाई फसाइयो - सागर न्यौपाने

हेनेको सम्वाददाता

भर्खर्रै मात्र कोरियाको अध्यागमन बिभागले पक्राउ गरि नेपाल फर्काइएका सगरराज  न्यौपाने एनेकपा माओबादीको भगिनी संगठन  नेपाली जनाधिकार मंच दक्षिण कोरियाका अध्यक्ष पनि हुन्  l उनि आफ्नो ४ वर्ष १० महिनाको कार्यकाल सकी सकेपछी पनि आफ्नो श्रीमतीले यहाँ स्नातोत्तर अध्यन गर्दै गरेको हुनाले कानुनि रुपमै डीपेडेन्ट भिषामा बस्दै आएका थिए l लामो समयदेखि राजनीतिमा दक्खल राख्ने न्यौपाने कोरियामा रहेको माओबादी निकट संगठन नेपाली जनाधिकार मंचको अध्यक्ष पदमा रही विभिन्न राजनीति गतिबिधि गर्दै आएकाकोमा  करिब एक साता पहिले यहाको  अध्यागमन विभागले कोरियामा रही गैरकानुनी राजनीति गरेको आरोप लगाउदै धरपकड गरि नेपाल फिर्ता गरेको छ l

 आखिर उनि कानुनी भिषामा  कोरियामा काम गरिरहेकै अबश्थामा  किन यहाँको अध्यागमन बिभागले पक्राउ गर्यो  त ? के उनि अध्यागमन विभागले आरोप लगाएको जस्तै गैह्र कानुनी राजनीति गरेकै हुन् त ? यसै  सन्दर्भमा रहेर  हेल्लो नेपाल कोरिया डटकम संगको संछिप्त कुराकानीमा उनको भनाइ l

"म, यहाँ मेरो  श्रीमितिले मास्टर डिग्री गर्दै गरेको हुनाले  डीपेडेन्ट भिषामा रही  अध्यागमन बिभागबाट कानुनी रुपमा  वर्क परमिट लिई काम गर्दै आइरहेको  थिए l त्यो दिन म काम सकेर कोठामा जादै थिए त्यहि अबश्था मै मलाई मेरो कोठा अगाडी बाटै पक्राउ गरिएको हो l त्यो समयमा हामी ४ जना एकै चोटी पक्राउ परेका थियौ  l एकजना मेरो जस्तै डीपेडेन्ट भिषामा बस्दै आइरहेको बहिनि थिइन्  अनि  एकजना गैह्र कानुनी भिषामा काम गर्दै आइरहनु भएको दाजु हुनुन्थ्यो भने हामि दुइ जना श्रीमान श्रीमती थियौ l हामीलाई पक्राउ गरिसकेपछि सोल  मापो स्थित इमिग्रेसन अफिसमा ल्याइएको थियो  lम , तपाइको मिडिया मार्फत के जानकारी गराउन चाहन्छु भने मलाई पक्राउ गरिनुमा मुख्य कारण मेरो भिषा समस्या होइन l मैले सुनेको छु म पक्राउ पर्नुमा भिषा समस्या हो भन्ने बाहिर हल्ला चलेको छ रे म यो कुराको पूर्ण रुपमा खण्डन गर्न चाहन्छु  किनकि  म, डीपेडेन्ट भिषामा बसी कानुनि रुपमै वर्क परमिट लिएर काम गर्दै आइरहेको थिए  l

जुन दिन  हामीलाई  पक्राउ गरेर इमिग्रेशन लगियो त्यसको लगत्तै अर्को दिन नै मैले कलेजको प्रोफेसर लाइ फोन गरेर जानकारी गराए प्रोफेसरले वकिल लिएर आए ,पहिला त १५ /१५ लाख कोरियन वन तिरेर छुट्न पाउने भनेको थियो l म संग संगै पक्राउ परेको बहिनीलाई १५ लाख वन जरिमाना तिराएर छाडिदियो तर हामीलाई भने छाडेन र  पछी कम्पनि साहु आएर मेरोकम्पनिमा  कानुनी रुपमा काम गरिराखेका छन् l यिनीहरुको जरिमाना तिरिदिन्छु भन्दा साहु लाइ एकछिन एकान्तमा  लगेर यो मान्छेले यहाँ उत्तर कोरिया जस्तो कम्युनिष्ट राजनीति गरेकोले छाड्न मिल्दैन भनेको रहेछ l यो कुरा मलाई  साहुले जानकारी गराउदै त नेपाल जानु पर्ने भयो नभए तेरो परिवारलाइ पनि यहाँ समस्या हुन्छ भन्नेकुरा बताइसकेपछी मात्रै  थाहा भयो कि यहाँ  मलाई फसाउन कुनै तत्व लागि परेको छ l

 उनि अगाडी भने" यति मात्र होइन म पक्राउ पर्दा को मात्र अघिल्लो हप्ता अध्यागमनबाट मानिसहरु आइ मेरो कोठाको खानतलासी लिने, मेरो श्रीमतीको किताबहरु सबै चेक गर्ने ,आदि गरि  फोटो समेत खिचेर लागेको थियो "

तपाई  पक्राउ पर्नुको मुख्य कारण के हो त भनि सोधिएको एक प्रश्न मा उनि भन्दछन "यहाँ मलाई  यहाँ नेपाली अझ भन्नु पर्दा मेरै माओबादी संगठन भित्रै बाट फसाइएको हो l पक्राउ गराउनुमा मेरै संगठन भित्रका  केहि तत्व लागिपरेको हो भन्ने जानकारी गराउन चाहन्छु lम यहाँ बसेर एनेकपा  माओबादीको संगठनलाइ संस्थागत हिसाबले  लैजान खोज्दा कतिपय तत्वहरुलाइ पद लिप्ताता को मोह पनि बढिरहेको थियो l अधिबेशन देखि नै यस्ता कतिपय कुराहरु पनि  बाहिर आउने गरेका पनि थिए  l त्यति मात्र होइन भर्खरी सम्पन्न एनआरएन को चुनाबको परिणाम  लगाएत का आदि  कारणनै थिए  मलाई फसाइएको हो  l हो , म यहाँ  राजनीति संगठनमा रही काम  गर्थे तर यो कुरा कोरियनलाई वा भनौ कोरियन सरकार लाइ जानकारी थिएन र हुने कुरा पनि भएन l आखिर यो सम्पूर्ण परिणाम हाम्रै नेपाली हरुको खुट्टा तान्ने प्रविधिले नै निम्तिएको हो l यो कुराको  कोरियामा रहेका विभिन्न सामाजिक संस्थाहरुमा  चासोको बिषय पनि हो कि यहाँ रहेर सामाजीक वा राजनैतिक गतिबिधि गर्दा एउटा नेपालीले अर्को नेपाली प्रति हेर्ने दृष्टिकोण कस्तो रहन्छ l आज म एउटा नेपाली कै कारण पक्राउ परि नेपाल फर्किदै छु l हुन त यहाँको वकिलको भनाइ अनुसार १/२ महिना पछी निस्किएर बस्न पाउने अधिकार छ तर पनि मेरो श्रीमिति लाइ पनि अप्ठारो पर्ने अनि मानसिक टर्चर पनि पर्न जाने हुनाले म नेपाल फर्किनु परेको होl

 अन्त्यमा  म, तपाईहरुको मिडिया मार्फत सम्पूर्ण नेपाली श्रामजिवी समुदाय ,ब्यापारीवर्गहरु ,पत्रकार बिधार्थीहरुलाई के भन्न चाहन्छु भने कोरिया मा रहुन्जेल जे जस्तो गरियो सबै नेपाल र नेपालीको हितमा काम गर्ने प्रयास गरियो तर यहाँ  रहेका केहि सिमित असामाजिक तत्वहरुले त्यसलाई देखि सहेनन र कोरियाको अद्यागमन बिभागमा निरन्तर चुक्लिबजी गरिरेको कारण नै आज म नेपाल फर्किनु पर्ने अबश्था आएको छ l जे जस्तो भएपनि यहाका सामाजिक संघसंस्थाहरुलाई कत्तिपनि बिचलन नभैकन आफ्नो कार्य सम्पादन गर्नुहुन अनुरोध गर्दछु l"

प्रकाशित मिति : २०७२ कार्तिक १५ (November 01, 2015)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अन्तर्वार्ताका थप शिर्षकहरु

• निर्धारित मिति भन्दा अगावै दोर्दी खोला आयोजना सम्पन्न गर्ने लक्ष्य छ

• वमन फर वमन कसैको निजि संस्था होइन - मल्लिका थकाली

• कम्पनि परिबर्तनको नियम अलि खुकुलो भैदिएमा इपिएस श्रमिकका समस्या आफै समाधान भएर जान्छन - श्रम काउन्सिलर ढकाल

• क्रान्तीका क्रममा भएका घटनाहरु अपराध होईनन् — पूर्ब प्रधानमन्त्री भट्टराई

• नारीहरुको एकताको प्रतिकको रुपमा तिज पर्वलाई लिएकी छु: मल्लिका

• कोरियामा काम गर्दा देखिने स्वास्थ्य समस्याका बारेमा बरिष्ठ न्युरो सर्जन डा. केसी संगको कुराकानी

• म "माओबाद” मा बिस्वास गर्दिन ," डेमोक्रेसी” मा बिस्वास गर्छु - युवा नेता गोकर्ण पौडेल

• प्रधानमन्त्रीलाई कोरियाको स्टेट भिजिट गर्न अनुरोध गरेँ - डा. नवराज पन्त

• सफलताको श्रेय नै दर्शक श्रोता हुनः गायिका सम्झना लामिछाने

• कोरियामा नेपालीहरुलाई सुरुको ३ महिना बढि समस्या - रेग्मी

• हाम्रो कार्यक्रमको उद्धेश्य मलेशियामा रहेका आप्रवासी नेपालीबीच शान्ति र सद्धभाव कायम राख्नु होः अर्जुन विक

• कोरियामा कार्यरत मजदुरहरुको पक्षमा यो अधिवेशनले महत्व राख्दछ - गोबिन्द गांउले

• कोरियाका मिडियाले चासो नदिनु दुइ देश बीचको मामिला भएको कारणले हुन सक्छ - सिटौला

• कोरियामा महिलाहरु कृषि क्षेत्रमा बढि दुर्ब्यबाहारमा पर्ने गर्छन - मल्लिका

• यसपालि मेरो दावी तथा उम्मेदवारी उप-सभापति पदमा हुनेछ

• नेपाल हाउसको एजेन्डा सफल भयो - एनआरएन आइसिसि प्रतिनिधी कुँवर

• म हट छु कि कूल छु त्यो त दर्शकले मुल्यांकन गर्ने कुरा हो - मोडल आलिशा सिंह

• नेपालको मुहार फेर्न सक्ने सक्षम संस्था भनेकै एनआरएन हो: एशिया क्षेत्रिय संयोजक राई

• आप्रबासी कामदारको हितमा काम गर्ने सोचमा छु: नवनिर्वाचित एनआरएन कोरिया अध्यक्ष क्षेत्री

• अध्ययन बीचैमा छाडेर रोजगारीका लागि कोरियामा आएका नेपाली युवालाई खुसिको खबर, उच्च शिक्षा पुरा गर्ने चाहना पुरा हुने चरणमा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीअक्टोबरमा लामो सार्वजानिक विदा दिने कोरिया सरकारको तयारी अबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्यु
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal