G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कथा - प्रयोग

प्रकाश बेल्बासे

बराजुको दया  एकमुठी साग । " यहि मुठो, साँझ र बिहानलाई ! "
ब्यबहारको एउटा व्याख्या ।

" मस्यौराको झोलले निलुँला आटो !"
अर्को सम्झौता ।

  " सुकेसाग (सुकाएको तोरि पात)  भुर्लुक्क ! नुन बेशार र पानी " - फेरि बिबशताको मुन्टो उठाइ ।
जिन्दगीलाई लुट्न जानेको छ समयले । समयले सहन जानेको छ जिन्दगि ।
यद्यपि डिठ्ठु खुशी थियो ।

****

यतिले तिहार मनाउनुपर्छ !
खनखनी एक, दुइ , तीन...... ! सयका नोट बिस्तारै गन्यो उसले । सबै गन्दा १५ सौ पुर्यायो र हाँस्यो फिस्स ! उसको हाँसोमा आफ्नो हाँसो मिसाइदी फुर्शि । फुर्शि, डिठ्ठुकि जहान ।

यत्तिकैमा गाडिको आबाजले बिथिल्यो खुशी ।
कान थाप्यो डिठ्ठुले , फुर्शि`ले च्यापिन पटुकिमा पैसो । देखिए लामालस्कर झन्डा ओडेका सेता गाडिहरु । र पैतला सोझाए उतैतिर ।

   पश्चिम नेपालको एउटा कुनो हो - मान्द्रे गाउँ !
त्यँही छ डिठ्ठाको घर !
हुनेखानेहरु त बुकुरो भन्छन । तर घर हो यो उसको । सिरिखुरि जायजेथा जम्मै यहि त हो ।

आज उसैको घरमा कार्यक्रम रहेछ ।
घर अगाडि स्यानो चौपारी छ । बरको ठुलो रुखमुनी छरिएर बसेका छन डिठ्ठाहरु र त्यँही छन उसको जीवन बदल्न आएका `टिलना´ पार्टिका नेताहरु । अनि कार्यकर्ता पनि ।

नेता जुरुक्क उठ्छ र नमस्ते गर्छ । डिठ्ठा दुई हात जोडेरै नमस्ते फर्काउँछ ।
आजदेखी छुवाछुत हामी मान्दैनौ ! नेता कुर्लन्छ  । नेतासंगै आएका छोटे बराजुहरु ताली पिट्छन । फुर्शेनी हाँस्छिन फिस्स । निर्निमेश नेताको अनुहार हेरिरहन्छ डिठ्ठा ।

यत्तिकैमा एउटा दौराधारी उठ्छ र भन्छ , " आज तपाईहरु पकाउनुस हामी खान्छौ । "  कुनै प्रतिकृया छैन डिठ्ठुको , उ उस्तै छ जस्तो थियो अघि ।
नजिकै रोकेको गाडिबाट तेल, चामल, मासु र अर्थोक निकाल्छे एउटा युवती । अर्को गाडिबाट सिलिन्डर निकाल्छ कार्यकर्तो । अनि भान्सा तयार हुन्छ चौपारिमा र बज्छ ताली तररर !

डिठ्ठु मौन छ उस्तै ।

सल्क्याउनुस ग्याँस !  उ बिष्मित भयो सुनेर `तपाई´ । हिजो सम्म तँ भनेर सम्बोधन गरिएको उ , तपाईं भएछ ।
ग्याँस सल्काउने लाइटर थमाइदियो कसैले उसको हातमा । उ बुज्दैन , जान्दैन केहि । अर्को उसैको भाइखलक आयो भएर सहयोगी ।  र समाइदिएर हात फ्याट्ट पार्यो लाइटर ।  घुमाएपछी कालो बटन बल्यो निलो आगो चुलोमा । फेरि तालिको गुन्ज्यायस तरर !
अर्कैले हात समाइदिएर ग्याँस बालिदिएपछी पकाउन थाले युबतिहरु । डिठ्ठु चक्ख छ ! पाक्दै रे दलितको हातबाट खाना । तेरिमा टोक्ने !

खाना पाक्यो ।
फेरि उठ्यो दौराधारी र बोल्यो - आज हामिले दलितले पकाएको उसैको घरमा खानेभयौँ । आज देखुन चाहिनेजो हट्यो असमानता । स्यानो ठूलो कोहि रहेन । उसले थप्दै गयो - " कसैले कसैलाइ पक्षपात गरिने छैन । 
देशमा क्रान्तिका घाम र जुन उदाए । कामको लागि बिदेश जाने दिन गए , थिए  । चुनाब जितेपनी हारेपनी , यो बस्तिका सबै घरमा टिन लगाइदिन्छौ । घर अगाडि चर्पी हुन्छ । खेत`को ब्यबस्था हामी गर्छौ । अब दु:खका दिन गए । भारि मतले हामिलाइ जिताएर जिम्मेवारी दिनुहोला । उ जोस्सिदै गयो ।
उतैबाट आएका सबैजसोले फेरि ताली पिटे । डिठ्ठुले केही बुझ्यो केहि बुझेन ।

बुज्यो त केबल घाम र जुन । आकाश हेर्यो  । बादल रहेछ । खै जुन ?
एउटा जहाज देख्यो उड्दै गरेको र सम्झियो छोरा ! भिसा लागे त हुन्थ्यो ! मनमनै तिहारका देउता भाक्यो ।
नेताको धाराप्रबाहा उस्तै थियो । उ भने यता बिरामी आमा र मृत्यु पर्खिएका बा सम्झियो । सम्झियो बैँस पोख्न उत्तालिएका छोरिहरुको बिहे । ,र छानो सम्झियो घरको ।

टिन रे !
उसले चौपारी पल्तिरको आफ्नो घर हेर्यो । एक कोठे घर । घाम पस्ने झ्याल छैनन कतै । खर कोएको छ छानोमा । भाटाहरु निहुरिपरेकाछन बा जस्तै । भित्ताको रङ खुइलिएको छ फुङ्ङ । उस्तै छ भित्र पनि । ढुसी र अनबरत चिसोले भित्ताहरु ओसिला देखिन्छन खेत जस्ता । माकुराको जालोले कुनाकानिमा साम्राज्य फैलाएको छ । जालो छरेर भुमिगत छन माकुराहरु । किम्लाहरुको रंजाइ उस्तै । भित्ता भत्क्याउँदै छन , सिमानामा पिल्लर जसरी ।
कोठाको मध्यभागमा छ अगेनो । दाहिनेपट्टि एउटा खाट । पुर्ब पट्टिको एउटा कुनामा बाख्रा बान्नी किलाहरु गाडिएका छन । भुइँ भरि खोपिल्टा छन मुतले बाख्राको । कसौडी, डेक्ची , गाग्री , डालासुपा यत्रतत्र  !

***

दाइ लौनुस !

मासु र भातले भरिएको पिलेट थमाइदीएर गै युवती ।
उ निरही छ दया सामु । असमानता र अभाबको द्वन्द्वमा भेटिएको भाग कति सम्पन्न । एक हातमा आँसु, एक हातमा गाँस ।

ओइ डिठ्ठु , यता आइजा त  ! उ फेरि `तँ´ भयो ।
आइजा न आइजा ! ह्याँ बस । उ गयो र बस्यो ।
अलिबेर खासखुस चल्यो र नेतो उठ्यो ।
कोट र टोपी मिलाएपछी खोक्दै भन्यो - " अब तपाइहरु सप्पै हाम्रा पार्टिका हुनुभयो । हाम्रा भएसि तपाइका दुख मेरा पनि भए ।
उ बोल्दै गयो । ताली बज्दै गए ! डिठ्ठा अल्मल्ल छ ।
  केहि परे डिठ्ठुलाइ भन्नुहोला । उ अब तपाइहरुको नेता हो । ताली फेरि बजे, ।

ओए डिठ्ठु उठेर नमस्कार गर सबैला ।
उठ्यो डिठ्ठा र नमस्ते गर्यो । दौराधारिले उसको हातमा माइक थमायो ।

नेताज्यु !
उ बोल्न सुरु गर्यो  । उसका हात कामे थरर । जिउ लुलो भयो  । बोली लटपट्टियो ।
आफू भन्दा पछि बसेका नेताप्रती मुन्टो फर्कायो । हात जोड्यो ।
हामी गरिब हौ, मान्छे पनि हौ ।
उसका आखाँहरु पनि बोल्नसुरु गरे गहको बाटो भएर । दुई हातले माइक छोपेका उसका हातहरु नमास्कार आकारमै थरथराउँदै थिए ।
थप्यो , मालिक हामी काम जान्दछौ, यसैम खुशी छ । हामिलाई केही दिन्छु नभन्नुस । सके गरिखान्छम नसके माटाले खाओस । तर आस नदेखाउनुस हजुर !
- यति टाढा आउनु भो , दुख भो तपाइहरुलाइ । हामी जिउपालाका लागि यत्रो कस्ट नगर्नुहोला । बोल्दबोल्दै उसको बोली बन्द भो । र हात कमाउँदै उसले माइक दौराधारिका जिम्मा लगायो र हिड्यो ।

ए पख त ! नेतोले अझै केही बांकी रहेको संकेत गर्यो । एउटा युबतिले उसका हात समातेर अघि बोलेकै ठाउँमा ल्याईपुराई । अर्को युबकले अबिर र माला तयार गर्यो । नेताले उसको अनुहारमा दल्दै भन्यो - " देशमा क्रान्तिका घाम र जुन उदाए " ।
यता डिठ्ठाको निन्यौरो अनुहार अस्तायो । चाउरिएका गाला अबिरले राऽतै भयो  । त्यहाँ उपस्थित ल्याइतेहरुले पालै पालो उसलाइ अबिर दल्दै हात मिलाए ।
कोहि फोटो खिच्न थाले केच्याक केच्याक !  हुँदाहुन चौथो अंग ।
उ मनमनै खुब रोयो । आज अबिरले फेरि विभेद गर्यो । भोक माथि भोटको उफ यो कस्तो राजनिती  !

गाडिहरु उकालो गुडे , धुँवा/धुलो उडाए । गाडी भित्रकाहरुले उसको गरिबी उडाए ।
यस्तै बेतुके तर्कना खेलाउँदै बचेको खाना बोकेर आगन नाप्दै थियो
इस्टकोटको फोन घन्कियो  ! " तिते करेलिले " ।
फोन रहेछ , उठायो ।
हेलो !
डिठ्ठा हो ?
हजुर बराजु, हो ।
भोलि हाम्रो कार्यक्रम छ, सबै छिमेकिहरु बोलाउनु है ।
भोलि त रो....... !
हैन हैन भोलि नै हो । खाना तेरोमै खानी हो, बुजिस । तँ हाम्रो मान्छे होस । उसले रोपाइँ  भन्नै भ्याएन !
तुँऽत तुँऽत तुँऽत...

 

प्रकाशित मिति : २०७४ असोज १५ (October 01, 2017)
Advertise with us

अन्य लेख / साहित्य रचनाहरु

• भ्यालेनटाईन स्पेशल । मेरो पहिलो प्रेमपत्र (लेख)
-› एईडेन छन्त्याल

• नेताको स्वार्थ (लघुकथा)
-› निकुन्ज तिवारी

• प्रदेशी (गजल)
-› आरडी धनुश रानामगर

• मोटर चढ्नु पनि चिता हो कि झै लाग्छ (अन्य)
-› प्रकाश प्रयास

• फुलैफुलको सन्सार (गजल)
-› प्रकाश प्रयास

• बिलाएर गईन आज फेरी (गजल)
-› सुरेन तामाङ

• खैर यसरी नै तिम्रो मायामा रमाइरहेको छु (अन्य)
-› नोबिन्द्र कटुवाल खजेदो, दक्षिण कोरिया

• एउटा सपना (कथा)
-› जीवन भण्डारी, कोरिया

• कोरिया बाध्यता (लघुकथा)
-› निकुञ्ज तिवारी

• आफ्नै तर अरूको (कथा)
-› जीवन भण्डारी

• जवानिले धिक्कार्छ परदेशमा (गजल)
-› मिन बिक ,दक्षिण कोरिया

• बिचरा सुनिता (लघुकथा)
-› छत्र लकाई खड्का

• हिम्मत नहार्नु साथी (गजल)
-› आरडी धनुश रानामगर

• उ भन्दै थियो यस्तै यस्तै.... (गजल)
-› आरडी धनुश रानामगर

• नफर्कने बाटो रोज्न मिल्दै मिल्दैन (कविता)
-› बेल बहादुर के सी

• संस्कार (कथा )
-› हरि अविरल

• किन नबनुँ कुमारी आमा म ? (कविता)
-› नन्दनी

• चियाका अगाडि (गजल)
-› प्रयास भट्टराई

• सम्झिन्छन् कसले र गाउँघर टोलामा हजुर (गजल)
-› राकेश कार्की

• उडिरहेछ (गजल)
-› प्रयास भट्टराई

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)जिमनीद्धारा अत्याधुनिक र सहज अटो सेन्ड कार्ड सञ्चालनमा, सेवाग्राही थप लाभान्वित हुने विश्वासकोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घरआन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाईइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal