LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

संस्कार

कथा | हरि अविरल

एउटा गाउँमा सम्म परेको फाँट सँगै राम्रो मुहान थियो ! गाउँलेहरु त्यसै मुहानबाट खानेपानी पिउने देखि खेतमा सिचाइ गर्दथे । पहिले पहिले खासै समस्या थिएन । मानिसहरूको मनमा धर्म थियो । उनीहरू अरुको बिगार भन्दा आफ्नो प्रगति गर्नमै तल्लीन हुन्थे । गाउँ शान्त र सद्भावयुक्त नै थियो । एउटै मुखियाको अनुशासन भित्र सबै अटेका थिए । 
                            समयक्रम सङै बिस्तारै गाउँमा अनुशासनको कमी देखिदै गयो । एकले अर्काको ईष्र्या गर्ने प्रबृत्ति सङै गाउँमा झैझगडा बड्न थाल्यो । एकले अर्कोको उछितो काडेर आफू चोखिन खोज्थे ! हेर्दा र उनीहरूका कुरा सुन्दा सबै नै बुझक्कड जस्ता देखिन्थे तर भित्र भित्रै अहंकारले सडेका थिए । दिनानुदिन निउ खोज्न्ने र झगडा गर्ने प्रबृत्ति मौलाएपछी  एउटा मात्र मुखियाले सबैलाई मिलाउन सकेनन । किनकि स्वतन्त्र कुरा गर्दा दुबै पक्षको चित्त मिल्दैनथ्यो । आफ्नो पक्षमा कुरा नपर्दा उनिहरु रिसले आगो पर्थे भने निर्णय आफ्नो हितमा हुदा गुनगान गर्थे ।
                                     पटकपटक बदमासी गर्नेहरु तिनै थिए जो अलि जान्ने सुन्ने र बाठा थिए ! अब उनीहरूमा  के गरी आफ्नो वर्चस्व कायम गर्ने भन्ने तिर ध्यान गयो । उनीहरुले के गरि सोझा गाउलेलाई भाड्न सकिन्छ भन्ने बाहेक अरु सोच्न थालेनन् ! गाउँ गाउँमा रातारात मिटिङ भेला गर्न थाले ।मुखिया नै फेर्नका लागि कान फुक्न थाले । अब मुखिया नै हटाएपछि आफु नै मुखिया हुने र सबैको भलो गर्ने भन्दै गाउँमा गुट उपगुट  सृजना गरे । जतिसुकै गुट र दाउपेच भएपनि मुखिया फाल्ने कुरामा अब उनिहरु नजिकै हुन थाले ।
                                                   दिनानुदिनको खटपट देखेर हैरान मुखियाले अब अर्को जुक्ति लगाउन थाले ! ती सबैलाई मिलाई मिलाई लडाएर उनीहरूलाई कमजोर पार्ने र आफू मुखिया भैरहने बारेमा उनले अनेक चाल  चल्न थाले । फलामले फलामै काटेझै आवश्यकता अनुसार एउटा झगडियालाई काखमा राखेर अर्को विरुद्ध प्रहार गर्दै जान थाले । यसैगरी पालैपालो यस्तो गर्न थालेपछि  झगडियाहरु कमजोर हुन थाले ।
              यता त्यो भन्दा तल्लो गाउको मुखिया झन धुर्त थियो । उसले नजिकैबाट यसलाई नियालीरहेको थियो । उनीहरूको  झगडाको रस कसरी चुस्ने भन्नेमा उस्को ध्यान थियो। बिशेश गरि उनीहरूलाई लडाएर  माथीका खेत बाजो राखी त्यो मुहानको  पानी खोलैखोल बगाएर आफ्नो गाउँसम्म ल्याई आफ्ना गाँउलेका खेत सिचाइ गरी हराभरा पार्नु थियो  । उसलाई यति कुरामा के ढुक्क थियो भने त्यो मुखिया जे जति झगडाको बिचमा परेपनी गाउँको कुभलो हुने काम गर्दैन ।उस्ले त्यति सजिलोसँग आफ्ना गाउलेका खेत बझाँएर पानी दिनेवाला थिएन। यो भन्दा अगाडि पटक पटक उस्ले गरेको अनुरोध ठाडै अस्वीकार गरेको रिसको बदला लिनु पनि त  थियो । त्यसैले उस्ले एकदिन सुटुक्क आफ्ना गोप्य दुत ती झगडिया गुटका अगुवा कहाँ पठाई सबैलाई आफ्नो महलमा भेला गरायो ।
                   अनेकन सुराहरुले स्वागत गर्दै सबैलाई भन्यो हेर्नुस माथिल्लो गाँउका सज्जनहरु हो !तपाईंहरुको उदेश्य एकदम घतलाग्दो छ । त्यो तपाईंको मुखिया निकै बदमास भयो । त्यस्ले तपाईंहरुलाई निकै दुख दियो । मैले त्यसो  नगर भनेर बारम्बार सम्झाए पनि ! तर त्यसले मानेन  । तपाईंले पाउनुभएको दुख देखेर एकदमै चिन्तित छु  ।त्यसैले म तपाईंहरुलाई एउटा उपाय सुझाउँछु ।तपाईंहरुको उदेश्य एउटै छ । त्यसैले तपाईंहरु मिल्नु  भयो भने त्यो मुखिया क्षणभरमा फालिन्छ । अनि तपाईहरु मिलेर पालैपालो रजाई गर्नुस ।     
                      तल्लो गाउँका मुखियाको कुराले ती धुर्त अगुवाहरु खुसीले गदगद भए ! साच्चै नै उनीहरूलाई आफ्नो मुखियाले फुटाएर कमाजोर पारेको भन्ने कुराको अवगत उनीहरूलाई भयो ।तब उनीहरु जसरी पनि आफ्नो गाउँको मुखिया फाल्ने कुरामा दृढ भए !उनीहरू अब झन उग्र हुँदै त्यहाँ बाट फर्किए ।
                        अर्को दिनबाट अगुवाहरुले आफ्ना गुटका सबै गाउँलेहरु मुखियाको विरुद्ध उभिन निर्देशन दिए । कतिपय   स्वतस्फूर्त गए ,कति जबर्जस्तिले गए त कतिपय कोलाहल र हुलदंगाको  रमाइलो मानेर गए तर जान चाहिँ सबै गए !
             केही दिन गाउँमा भाडभैलो चल्यो ! मुखियाले मनाउन हरदम प्रयास गरे !  तल्लो गाउँका मुखियाले उनीहरूलाई उचालेको कुराको जानकारी उनले राम्रोसँग चाल  पाएका थिए ।त्यसकारण उनले अब केही गरेपनि यी धुर्तहरु रोकिदैनन्न भन्ने महसुस गरि आफू मुखियाबाट हटेको र गाउँलेको जनमत र चाहाना अनुसारको मान्छे मुखिया बन्ने बाटो खोलिदिए ! 
                  त्यो दिनदेखि गाउँ केहि दिन शान्त भयो । गाउँमा उत्साह पनि छायो । अब गरिखाने दिन आए भनी  सोझा साझा गाउलेले बुझे।अब गाउँलेकै मर्म र पिडा बुझेको मुखियाले पक्कै पनि गाउलेको हित गर्लान् भन्ने आशा छायो । नयाँ र परिवर्तनकारी  गाउँ बिधान बनाउन चुनाव गरिने भयो। गाउँ चुनावमय भयो ।
          चुनाव सुरु भएदेखि फेरि गाउँमा द्वन्द्व सुरु भयो ।एकले अर्कोलाई कसरी सिद्दाउन्ने भन्न्ने तिर अगुवा लागे ! भाडभैलो सित चुनाव गरियो ।सानातिना घटना संगै चुनाव भयो !
               चुनाव पछि विभिन्न गुटमा बाधीएका सर्वसाधारण जनताले सोचजस्तो काम अगुवाले गर्न सकेनन ।अझै खतराको कुरा त तल्लो गाउँको मुखियाले आफुले गरेको सहयोगको  बाहानामा मुखियाहरु माथी अनेकन दवाब दिन थाल्यो ।कहिले   उपल्लो गाउँले आफुलाइ पानी जंगल जस्ता अनेकन प्राकृतिक स्रोतहरुको अंश आफुलाई दिनुपर्ने माग गरि गोप्य भेटवार्ता गर्थ्यो त कहिले पैसा लोभ देखाउँथ्यो ! र नमानेमा मुखिया पद  खुस्काईदिने धम्की पनि  दिन थाल्यो । एकातिर प्रलोभन अर्कोतिर धम्किको धारमा परेपछि मुखियाहरु  गाउँलेको आखामा छारो हाल्न सकिने सक्नेसम्म अवस्था सम्म झुक्थे  भने ढाडै भाचिने अवस्था आएपछि सबैलाई सराप्दै निस्कन्थे !
                अब त हुँदा हुदाहुदै उपल्लो गाउँमा मुखिया बन्न तल्लो गाउको मुखियाकहाँ बिन्तिपत्र हाल्नुपर्ने दिन आयो !  ठुलो गुट र गणपुरक सङ्ख्याले पनि हार्नुपर्ने भयो किनकि तल्लो गाउँको मुखिया चाहेको बेला गुटै बिभाजन गरिदिने  सामर्थ्य राख्न थाल्यो। मुखियामा टिक्नको लागि के गर्न सकिन्छ भन्ने बाहेक अगुवाहरु अरु कुरा ध्यानै हुन सकेन ।
                  आसेपासे र परिवारलाई कमाउ धन्दामा लगाउने चाकडी गर्नेलाई उकास्ने बाहेक अरु हुन छोड्यो । अब गाउँको प्रचलन नै यस्तै प्रकारले चलिरहेपछी गाउलेहरु वाक्क भए !गाउँमा काम गरेर खान नपुग्ने अरु गाउमा गएर श्रम बेच्न थाले ! गाउँमा युवा रित्तिन थाले ! गाउँ बुढाबुढी र आईमाई केटाकेटी मात्र रहने थलो हुन थाल्यो । गाउँ झन कुरुप  भयो । खेतीयोग्य जमीन बाँझीन थाल्यो। मुहानको पानी बाँध बाँधेर तल्लो गाउँ लगियो ।उता खेत  हराभरा भए यता पिउने पानीसमेत अभाव हुन थाल्यो । मजदुरीबाट कमाएको पैसाले यताको पानी लगेर फलाईएको धान उताबाट किनीन  थाल्यो ।अलिकति बचेका जडिबुटी पनि कौडीको भाउमा उसलाई दिइनथाल्यो  राजनीतिक बेचैन यति बढेर आको कि कोही पनी  गुटका जनताले आफ्नो अगुवाप्रती गर्व गर्ने ठाउँ पाएनन ।

                  जे जस्तो भएपनी तिनै  अगुवाहरुको विकल्प रहेन । बिग्रेको गाउँ बनाइदिइने कुनै नयाँ अगुवा कतैबाट पलाउछ कि भन्ने  झिनो आशा गाउँलेले पाल्न थाले ।  यता पुराना अगुवाहरुमा भने को ठूलो बन्ने  भन्ने होड चलिनै रह्यो !   बरु यसैबीचमा पद र पैसाको लागि  गुट फेर्ने र अभिर माला लगाउने संस्कार  गाउँमा गज्जबैले  मौलायो !

प्रकाशित मिति : २०७४ असार २४ (July 08, 2017)

प्रतिक्रियाहरु


santosh panth wrote on 26 July, 2017
उत्कृष्ट भन्दा पनि उत्कृष्ट लेख बधाइ राम्रो लेखको लागि लेखक हरि लाई कथा सुन्दा देश को अबस्था सम्झेर पीडा भयो

तपाईको प्रतिक्रिया

Advertise with us

अन्य लेख / साहित्य रचनाहरु

• एउटा सपना (कथा)
-› जीवन भण्डारी, कोरिया

• कथा - प्रयोग ()
-› प्रकाश बेल्बासे

• कोरिया बाध्यता (लघुकथा)
-› निकुञ्ज तिवारी

• आफ्नै तर अरूको (कथा)
-› जीवन भण्डारी

• जवानिले धिक्कार्छ परदेशमा (गजल)
-› मिन बिक ,दक्षिण कोरिया

• बिचरा सुनिता (लघुकथा)
-› छत्र लकाई खड्का

• हिम्मत नहार्नु साथी (गजल)
-› आरडी धनुश रानामगर

• उ भन्दै थियो यस्तै यस्तै.... (गजल)
-› आरडी धनुश रानामगर

• नफर्कने बाटो रोज्न मिल्दै मिल्दैन (कविता)
-› बेल बहादुर के सी

• किन नबनुँ कुमारी आमा म ? (कविता)
-› नन्दनी

• चियाका अगाडि (गजल)
-› प्रयास भट्टराई

• सम्झिन्छन् कसले र गाउँघर टोलामा हजुर (गजल)
-› राकेश कार्की

• उडिरहेछ (गजल)
-› प्रयास भट्टराई

• वसन्त; फूलहरु र मेरी आमा। (लेख)
-› यामदास घायल ‘सन्तलाल’

• नयाँ वर्ष (कविता)
-› शकुन ज्ञवाली

• मैले सम्झेँ तिमीलाई (गजल)
-› बुद्धि मोक्तान

• कोरिया आउने गोर्खेको लर्को छ (कविता)
-› कृष्ण कुमार राई

• अप्रिल फूल जस्तै जिन्दगी (गजल)
-› प्रयास भट्टराई

• दुख पछी सुख पक्कै आउछ (कविता)
-› आरडी धनुश रानामगर

• गोर्खे आयो कोरिया झोला बोकेर (कविता)
-› कृष्ण कुमार राई

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भरोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal