LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

किन नबनुँ कुमारी आमा म ?

कविता | नन्दनी

 

 

प्रेम गर्छ मलाई, 

प्रेम गर्नुको आभाष गराइरहन्छ,

भन्छ "कल्पना गर्छुकसैले धोका दियो

दुई जिउकि बनाएर तिमीलाई 

बिहे गर्छु तिमीलाई अरे, मेरो नाम दिन्छु तिम्रो बच्चालाई रे,

कसरी हेर्न सकुँला तिम्रा अबैध सन्तान भाको,

कसरी सुन्न सकुँला समाजले तिमीप्रती तेर्साएका प्रश्नहरु,

कसरी सहन सकुँला तिमी अबला भएकी ? “

फिस्स हाँस्छ ,

 

कालो अनुहारमा

छिद्र छिद्र परेका, बांगा टिंगा

सेता दाँतका लहर चम्किन्छन उसका,

मलाई भने

घृणा जागेर आउँछ, उसको हँसाइप्रती,

दया लागेर आउछ, उसको प्रेमप्रति,

खिन्नता बोध हुन्छ, उसको सोचाइप्रती

पुरुषअह्ंको गन्ध ठसठसी गन्हाउँछ्,

वाक्वाकी लागेर आउछ्,

शंका, दया मिसिएको भाव देखाउछ ,

भन्छ " चिन्ता नगर्,

छु नि तिम्रो सतित्वको रक्षा गर्ने,

समाजमा तिमीलाई बाँच्न सघाउने

अनि सही मार्गदर्शन गर्ने"  

 

अनुहारभरी क्रान्तिको ज्वाला लिएर

भन्छु "प्रकृतिले दिएको मलाई

गर्भाशय- भ्रुण हुर्काउन्,

स्तनहरु- दुध चुसाउन्,

यसर्थ, बच्चा जन्माउने प्राकृतिक अधिकार हो मेरो

मातृत्व-अनुभुती पनि प्राकृतिक हो मेरो |    

आर्थीक रुपमा आत्मनिर्भर छु ,

सक्षम छु, बच्चा भरणपोषण गर्न

अनि उचित शिक्षा दिन |

कानुनी तवरले योग्य छु

मेरो नाम को नागरिकता दिलाउन

मेरो सम्पतिको उत्तराधिकारी बनाउन |

अनि कसरी अवैध हुन्छ मेरो बच्चा ?

फेरी किन कसैबाट धोका पाउँ ?

नविनतम प्रविधिको उपयोग किन नगरुँ ?

महिलागर्भको तोलमोल हुने बजारमा

पुरुष शुक्रकिट किन नकिनु ? 

फेरी तिम्रो सिन्दुरपोतेले

डग्मगाउछ मेरो आत्मसम्मान भने,

भित्रको स्वाभिमान जिवित राखी   

किन नबनुँ कुमारी आमा ? 

यस पटक, हाँस्छु फिस्स,

ढोका ढ्याम्म उघार्छु,

अनि आफ्नो बाटो लाग्छु |


प्रकाशित मिति : २०७४ असार ०५ (June 19, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अन्य लेख / साहित्य रचनाहरु

• भ्यालेनटाईन स्पेशल । मेरो पहिलो प्रेमपत्र (लेख)
-› एईडेन छन्त्याल

• नेताको स्वार्थ (लघुकथा)
-› निकुन्ज तिवारी

• प्रदेशी (गजल)
-› आरडी धनुश रानामगर

• मोटर चढ्नु पनि चिता हो कि झै लाग्छ (अन्य)
-› प्रकाश प्रयास

• फुलैफुलको सन्सार (गजल)
-› प्रकाश प्रयास

• बिलाएर गईन आज फेरी (गजल)
-› सुरेन तामाङ

• खैर यसरी नै तिम्रो मायामा रमाइरहेको छु (अन्य)
-› नोबिन्द्र कटुवाल खजेदो, दक्षिण कोरिया

• एउटा सपना (कथा)
-› जीवन भण्डारी, कोरिया

• कथा - प्रयोग ()
-› प्रकाश बेल्बासे

• कोरिया बाध्यता (लघुकथा)
-› निकुञ्ज तिवारी

• आफ्नै तर अरूको (कथा)
-› जीवन भण्डारी

• जवानिले धिक्कार्छ परदेशमा (गजल)
-› मिन बिक ,दक्षिण कोरिया

• बिचरा सुनिता (लघुकथा)
-› छत्र लकाई खड्का

• हिम्मत नहार्नु साथी (गजल)
-› आरडी धनुश रानामगर

• उ भन्दै थियो यस्तै यस्तै.... (गजल)
-› आरडी धनुश रानामगर

• नफर्कने बाटो रोज्न मिल्दै मिल्दैन (कविता)
-› बेल बहादुर के सी

• संस्कार (कथा )
-› हरि अविरल

• चियाका अगाडि (गजल)
-› प्रयास भट्टराई

• सम्झिन्छन् कसले र गाउँघर टोलामा हजुर (गजल)
-› राकेश कार्की

• उडिरहेछ (गजल)
-› प्रयास भट्टराई

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
अत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्तारेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो कोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनरेसुंगा सांस्कृतिक झलकका कालाकार हरु कोरिया आउने क्रम जारि ,सुगम र केंजल कोरिया आइपुगे कोरियामा तापक्रम माइनस १६ भएपछि आज कोल्डवेभ सचेतना जारी, भोली ५३.५ सेन्टिमिटर सम्म हिमपात हुनेदक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाईकोरियाको एडभान्स प्रविधियुक्त रेमिट्यान्स कम्पनी हानपासले जारी गर्यो रुममै बसेर एकाउन्ट खोल्ने सकिने सुविधा(भिडियो)कोरियामा मेरा फ्यान धेरै रहेछन्ः सोनिका रोकाया
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाअत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्तासिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलारेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal