LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

देश अझै नर्क बनाऔँ नेता हो

कविता | कृष्ण कुमार राई
(कबिता)
देश अझै नर्क बनाअौँ नेता हो!
अनि दुङ्दुङ्टी गनाअौँ नेता हो!!
परेड खेलाउ देशको मलिलो माटोमा!
बिनाश गरौं बिकासको साटोमा!!
लुछाचुडी गरौं सत्ता को निम्ति !
कुखुरा सुलि  टीका लागाऔ एक चिम्ती!!
अनि पो देश बन्छ!
बिश्वले कुकुरको देश भन्छ!!
अनि भोको पेट्मा राष्ट्रिय गान गाउन लगाउ!
गाईलाई हैन गोरुहरुलाई बच्चा पाउन लगाउ!!
जुट्नु हैन फुट्नुमा हाम्रो जित छ!
हिमाल पहाड तराई भन्ने गित छ!!
मौका यहि हो लुट्ने मान्छे कुट्ने
सुशासन हैन कुसाशन लाडौँ!
हाम्रो बारिमा पार्टी को झण्डा गाडौँ!!
गाउँ गाउँ टोल टोल सबैलाई भाडौँ!!!
चलाउ छुरा बनाउ कुरा!
मारौ भाइबन्धु फुटाउ चुरा!!

देशलाई बर्बादी तिर धकेलौँ!
राजनिति को भकुण्डो खेलौँ!!
गरिबलाई पेल्न सम्म पेलौँ!!!
केही भन्दैन जनता अब
जनताको कुरा सुनिने भए पो!
बोल्दैमा कान थुनिने भए पो!!
लागू नहुने योजनाहरु सुनाएर!
मिठा मिठा सपनाहरु बुनाएर!!
मस्त बनाउ लाटा जनतालाई!
कायकर्ता बनाउ बाठा जनतालाई!!
अनि देश चलाउ!
सरकार ढलाउ!!
तालु मा आलु फलाउ!!!
देश द्रोही भन्दै!
गोलिको खोका गन्दै!!
हान सरकार हान!
निशेध छ धूम्रपान !!
भन्दै टायर बाली
धुलो उडाउ!
मन्त्री बनी चिल्लो कार कुडाउ!!

तस्कारी गुन्डागर्दी लुकाउ!
इमान्दार प्रहरीको बर्दी फुकाउ!!
आफ्नो शिर कोहि संग झुकाउ!!!
जनताको मन सक्ने जति दुखाउ!!!
मिल्नु हैन झगडा गर्नु सिकाउ!
आफ्नो अस्तित्वलाई बिकाउ!!
आफ्नो सरकारलाई टिकाउ!!!
भोका जनताको वास्तै नगरी
आफ्नो लागि बिदेशी रम झिकाउ!!!!
चुनावमा जित्नु आफ्नो भाग्य सम्झी
तालु छाम्दै भ्रमण गरौं !
सकिन्छ भने लाखौ लाखौ पर्ने कोठा
भाडामा महिनै पिच्छे सरौँ !!
आखिर आफ्नो पसिना जाने हैन!
गरिब जनतालाई दिए पनि खाने हैन!!
किन गर्नु बिकास नाथे अर्गानिक ठिक
यस्तै बानी भको मरि केही लाने हैन!!!
गोजिमा भन्दा बैन्क ब्यालेन्स टन्न राख!
गरिब देखाउन लाई माटो मुनि अन्न राख!!


कसैलाई अधिकार नदेउ
आफ्नो पार्टी धाराब सुचिमा पर्छ!
दिए अधिकार कसैलाई
आफ्नो पार्टी खराब सुचिमा पर्छ!!
आफैले भनेको मात्र!
आफुले गनेको मात्र!!
कुरा हिसाब ठिक मान!
आफूलाई मात्र सर्वे सर्वा ठान!!
सेवा हैन कुनै कुराको पेवा जान!!!
जस्ले राम्रो काम गर्छ उस्को खुट्टा तान!!!
आफ्नो गल्ती गल्ती हैन!
अरुको खल्ती खल्ती हैन!!
यति बहादुर सोचौकी आफुलाई
आफू जस्तो सन्सारमा कोहि छैन!!!
आफू देशको ठूलो!
ढुङ्गालाई भनौ गान्टे मुलो!!
हैन भन्नेको आँखा भरी
छर्काईदेउ खोर्सानी को धुलो!!!
अनि बल्छ घरको चुलो!!!!
आफ्नो कुरा मान्नेलाई !
जान्ने या केही नजान्नेलाई!!
बनाउ पार्टिको कार्यकर्ता
आफ्नो जस्तो कुरा नि सुन्नेलाई!!!

पालो पाली!
ससुराली !!
उकाली ओराली गर्दै!
आफ्नो गोजिहरु भर्दै!!
रमाउनु को मजा बेग्लै!
अरु संग हैन एक्लै एक्लै!!
देशको करछली बार्दली
गर्दै गर्दै कुदिरहनु!
जनता को पसिना खानलाई
कुकुर जस्तै जुधिरहनु!!
भुइचालो को पिडित भन्दै
आफ्नै पार्टिको मान्छेलाई
देउ जस्तापाता!
जनता लाटा खुवाउ भाटा!!
अगाडि त हाइ हाई भन्ला!
चुनाव पछि बाइ भन्ला!!
अनि कुनै बौला आइ भन्ला!!!
यस्ले हाम्रो पसिना खाइ भन्ला!!!!
लुकाएको सम्पत्ती खोइ भन्ला!!!!!
तर पनि जस्तै भनोस!
दिन गन्ती गनोस!!
अर्को चुनावमा हारे हारियोस!!!
मौकामा हिरा फोर!
भको कुरा  सोहोर!!
आफ्नो जीवन बनाउ
अरुको जेसुकै होस
            कृष्ण कुमार राई
      आहाले ३हर्दिया धनकुटा
            हाल दक्षिण कोरिया

प्रकाशित मिति : २०७३ फाल्गुन २९ (March 12, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अन्य लेख / साहित्यहरु

• भ्यालेनटाईन स्पेशल । मेरो पहिलो प्रेमपत्र (लेख)
-› एईडेन छन्त्याल

• नेताको स्वार्थ (लघुकथा)
-› निकुन्ज तिवारी

• प्रदेशी (गजल)
-› आरडी धनुश रानामगर

• मोटर चढ्नु पनि चिता हो कि झै लाग्छ (अन्य)
-› प्रकाश प्रयास

• फुलैफुलको सन्सार (गजल)
-› प्रकाश प्रयास

• बिलाएर गईन आज फेरी (गजल)
-› सुरेन तामाङ

• खैर यसरी नै तिम्रो मायामा रमाइरहेको छु (अन्य)
-› नोबिन्द्र कटुवाल खजेदो, दक्षिण कोरिया

• एउटा सपना (कथा)
-› जीवन भण्डारी, कोरिया

• कथा - प्रयोग ()
-› प्रकाश बेल्बासे

• कोरिया बाध्यता (लघुकथा)
-› निकुञ्ज तिवारी

• आफ्नै तर अरूको (कथा)
-› जीवन भण्डारी

• जवानिले धिक्कार्छ परदेशमा (गजल)
-› मिन बिक ,दक्षिण कोरिया

• बिचरा सुनिता (लघुकथा)
-› छत्र लकाई खड्का

• हिम्मत नहार्नु साथी (गजल)
-› आरडी धनुश रानामगर

• उ भन्दै थियो यस्तै यस्तै.... (गजल)
-› आरडी धनुश रानामगर

• नफर्कने बाटो रोज्न मिल्दै मिल्दैन (कविता)
-› बेल बहादुर के सी

• संस्कार (कथा )
-› हरि अविरल

• किन नबनुँ कुमारी आमा म ? (कविता)
-› नन्दनी

• चियाका अगाडि (गजल)
-› प्रयास भट्टराई

• सम्झिन्छन् कसले र गाउँघर टोलामा हजुर (गजल)
-› राकेश कार्की

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
अत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्तारेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो कोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनरेसुंगा सांस्कृतिक झलकका कालाकार हरु कोरिया आउने क्रम जारि ,सुगम र केंजल कोरिया आइपुगे कोरियामा तापक्रम माइनस १६ भएपछि आज कोल्डवेभ सचेतना जारी, भोली ५३.५ सेन्टिमिटर सम्म हिमपात हुनेदक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाईकोरियाको एडभान्स प्रविधियुक्त रेमिट्यान्स कम्पनी हानपासले जारी गर्यो रुममै बसेर एकाउन्ट खोल्ने सकिने सुविधा(भिडियो)कोरियामा मेरा फ्यान धेरै रहेछन्ः सोनिका रोकाया
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाअत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्तासिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलारेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal