LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

खैर यसरी नै तिम्रो मायामा रमाइरहेको छु

अन्य | नोबिन्द्र कटुवाल खजेदो, दक्षिण कोरिया

 

दुख्नलाई घाउको के जरूरत छ र काली ?

काफी छन विगतका तिम्रा यादहरू ।

मायामा अन्धो भएको छु म सायद

त्यसैले त हरपल तड्पिएर बाचेको छु

सकिन्थ्यो होला सायद मर्नलाई

तर पनि बाचेकैछु तिम्रो ओठमा खुशी देख्नलाई।

 

सायद म दुनियाँको नजरमा गलत हुला

तर छैन म मेरो वर्तमानबाट हारेको

मनन् गरेको छु बिगतलाई 

पछुताउनु मेरो बर्तमान हो

किनकी

नचाहदा नचाहदै भुलेको छु तिमीलाई।

 

ईतिहासले बहुत पढायो मलाई

मैले घोत्लिएर पढे ईतिहासलाई

तर ईतिहास अत्याचारी छ

मलाई सधै दमन गर्यो ईतिहासले

मलाई राम्रो संग थाह छ सानु

ईतिहास जित्नेहरूकै हो

जित्नेहरूलाइ ईतिहासले वाहवाही गरेकै छ

हार्नेहरू ईतिहासमा कलंकित छन

खयर केही छैन कलंकको टिका लगाएर हिड्न म  तयार छु ।

 

परिस्थिति यस्तो थिएन उबेला जो आज छ

"स" लेख्दा संसार फैलने आवाज थिएन मसंग

संचार र संवाद विहिन मैले तिम्रो स्वीकार बुझिन

अथवा

मैले तिमी सामु मेरा भावनाहरू पुर्याउन सकिन

खै कसरी मेरो संचारमा खाडल पर्यो मैले बुझिन

त्यसैले त जिवनको परिक्षामा म फेल भए होला हैन ?

 

मलाई थाह छ हार कदापी जित हैन

तर जित्नेहरू संग पनि खासै अपेक्षा छैन

मैले जोगाउन सक्ने यादहरू हुन

यादहरू जोगाएर बाच्ने सायद म एक्लो पनि होइन ।

त्यसैले

गुनासोका नाममा कसैसंग कुनै गुनासो छैन

 

लामो अन्तरालले जबर्जस्ती भूल्न लगायो

सायद तिमिले पनि भूल्न चाह्यौ कि !

नखोजेको हैन सायद खोज्दा खोज्दै ऊफ••••

यादहरू अझै जीउदै छन्

मरेका छैनन् सम्झनाका लहरहरु

यो क्षणिक आवेग बिल्कुल होइन

पगलपनको उपमा म दिनै सक्दिन

भेटेर फेरी रमाएको छु

लाग्छ जीवले अर्को यौटा लय समाएको छ ।

 

फेरी यौटा नयाँ उडान भर्दैछु

तिमिसंग स्वीकारोक्ति साथ मुख्य हुन्

अब फेरी चाहेको छैन गुमाउन गाढा प्रेम

त्यसैले तिम्रो सिउदोमा सिंदुर भर्दैछु

आँखा अगाडी राखेर अघाउन्जेल हेर्न मन

न्यानो अॅगालोमा बाधेर मेरो मुटुको धड्कन तिम्रो मुटुलाई सुनाउन मन

 तिम्रो सिउदोमा सिंदुर भरेर मिठो चुम्बन गरिदिन मन

यौटा तेस्रो संसार भैदिए

 जहाँ तिमी मात्रै लाखौँ बर्ष तिमीसंगै बिताउन मन थ्यो

खयर यसरीनै भएपनि तिम्रो साथमा रमाएकैछु

 


 

प्रकाशित मिति : २०७४ पौष ०९ (December 24, 2017)
Advertise with us

अन्य लेख / साहित्य रचनाहरु

• भ्यालेनटाईन स्पेशल । मेरो पहिलो प्रेमपत्र (लेख)
-› एईडेन छन्त्याल

• नेताको स्वार्थ (लघुकथा)
-› निकुन्ज तिवारी

• प्रदेशी (गजल)
-› आरडी धनुश रानामगर

• मोटर चढ्नु पनि चिता हो कि झै लाग्छ (अन्य)
-› प्रकाश प्रयास

• फुलैफुलको सन्सार (गजल)
-› प्रकाश प्रयास

• बिलाएर गईन आज फेरी (गजल)
-› सुरेन तामाङ

• एउटा सपना (कथा)
-› जीवन भण्डारी, कोरिया

• कथा - प्रयोग ()
-› प्रकाश बेल्बासे

• कोरिया बाध्यता (लघुकथा)
-› निकुञ्ज तिवारी

• आफ्नै तर अरूको (कथा)
-› जीवन भण्डारी

• जवानिले धिक्कार्छ परदेशमा (गजल)
-› मिन बिक ,दक्षिण कोरिया

• बिचरा सुनिता (लघुकथा)
-› छत्र लकाई खड्का

• हिम्मत नहार्नु साथी (गजल)
-› आरडी धनुश रानामगर

• उ भन्दै थियो यस्तै यस्तै.... (गजल)
-› आरडी धनुश रानामगर

• नफर्कने बाटो रोज्न मिल्दै मिल्दैन (कविता)
-› बेल बहादुर के सी

• संस्कार (कथा )
-› हरि अविरल

• किन नबनुँ कुमारी आमा म ? (कविता)
-› नन्दनी

• चियाका अगाडि (गजल)
-› प्रयास भट्टराई

• सम्झिन्छन् कसले र गाउँघर टोलामा हजुर (गजल)
-› राकेश कार्की

• उडिरहेछ (गजल)
-› प्रयास भट्टराई

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्योनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाभाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोड
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस श्रमिकका परिवार लाइ कोरिया भ्रमणको ब्यबस्था मिलाउन एचआरडी मार्फत पहल गर्छु - श्रम कन्सुलर बास्तोला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal