LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

किन नबनुँ कुमारी आमा म ?

कविता | नन्दनी

 

 

प्रेम गर्छ मलाई, 

प्रेम गर्नुको आभाष गराइरहन्छ,

भन्छ "कल्पना गर्छुकसैले धोका दियो

दुई जिउकि बनाएर तिमीलाई 

बिहे गर्छु तिमीलाई अरे, मेरो नाम दिन्छु तिम्रो बच्चालाई रे,

कसरी हेर्न सकुँला तिम्रा अबैध सन्तान भाको,

कसरी सुन्न सकुँला समाजले तिमीप्रती तेर्साएका प्रश्नहरु,

कसरी सहन सकुँला तिमी अबला भएकी ? “

फिस्स हाँस्छ ,

 

कालो अनुहारमा

छिद्र छिद्र परेका, बांगा टिंगा

सेता दाँतका लहर चम्किन्छन उसका,

मलाई भने

घृणा जागेर आउँछ, उसको हँसाइप्रती,

दया लागेर आउछ, उसको प्रेमप्रति,

खिन्नता बोध हुन्छ, उसको सोचाइप्रती

पुरुषअह्ंको गन्ध ठसठसी गन्हाउँछ्,

वाक्वाकी लागेर आउछ्,

शंका, दया मिसिएको भाव देखाउछ ,

भन्छ " चिन्ता नगर्,

छु नि तिम्रो सतित्वको रक्षा गर्ने,

समाजमा तिमीलाई बाँच्न सघाउने

अनि सही मार्गदर्शन गर्ने"  

 

अनुहारभरी क्रान्तिको ज्वाला लिएर

भन्छु "प्रकृतिले दिएको मलाई

गर्भाशय- भ्रुण हुर्काउन्,

स्तनहरु- दुध चुसाउन्,

यसर्थ, बच्चा जन्माउने प्राकृतिक अधिकार हो मेरो

मातृत्व-अनुभुती पनि प्राकृतिक हो मेरो |    

आर्थीक रुपमा आत्मनिर्भर छु ,

सक्षम छु, बच्चा भरणपोषण गर्न

अनि उचित शिक्षा दिन |

कानुनी तवरले योग्य छु

मेरो नाम को नागरिकता दिलाउन

मेरो सम्पतिको उत्तराधिकारी बनाउन |

अनि कसरी अवैध हुन्छ मेरो बच्चा ?

फेरी किन कसैबाट धोका पाउँ ?

नविनतम प्रविधिको उपयोग किन नगरुँ ?

महिलागर्भको तोलमोल हुने बजारमा

पुरुष शुक्रकिट किन नकिनु ? 

फेरी तिम्रो सिन्दुरपोतेले

डग्मगाउछ मेरो आत्मसम्मान भने,

भित्रको स्वाभिमान जिवित राखी   

किन नबनुँ कुमारी आमा ? 

यस पटक, हाँस्छु फिस्स,

ढोका ढ्याम्म उघार्छु,

अनि आफ्नो बाटो लाग्छु |


प्रकाशित मिति : २०७४ असार ०५ (June 19, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अन्य लेख / साहित्य रचनाहरु

• एउटा सपना (कथा)
-› जीवन भण्डारी, कोरिया

• कथा - प्रयोग ()
-› प्रकाश बेल्बासे

• कोरिया बाध्यता (लघुकथा)
-› निकुञ्ज तिवारी

• आफ्नै तर अरूको (कथा)
-› जीवन भण्डारी

• जवानिले धिक्कार्छ परदेशमा (गजल)
-› मिन बिक ,दक्षिण कोरिया

• बिचरा सुनिता (लघुकथा)
-› छत्र लकाई खड्का

• हिम्मत नहार्नु साथी (गजल)
-› आरडी धनुश रानामगर

• उ भन्दै थियो यस्तै यस्तै.... (गजल)
-› आरडी धनुश रानामगर

• नफर्कने बाटो रोज्न मिल्दै मिल्दैन (कविता)
-› बेल बहादुर के सी

• संस्कार (कथा )
-› हरि अविरल

• चियाका अगाडि (गजल)
-› प्रयास भट्टराई

• सम्झिन्छन् कसले र गाउँघर टोलामा हजुर (गजल)
-› राकेश कार्की

• उडिरहेछ (गजल)
-› प्रयास भट्टराई

• वसन्त; फूलहरु र मेरी आमा। (लेख)
-› यामदास घायल ‘सन्तलाल’

• नयाँ वर्ष (कविता)
-› शकुन ज्ञवाली

• मैले सम्झेँ तिमीलाई (गजल)
-› बुद्धि मोक्तान

• कोरिया आउने गोर्खेको लर्को छ (कविता)
-› कृष्ण कुमार राई

• अप्रिल फूल जस्तै जिन्दगी (गजल)
-› प्रयास भट्टराई

• दुख पछी सुख पक्कै आउछ (कविता)
-› आरडी धनुश रानामगर

• गोर्खे आयो कोरिया झोला बोकेर (कविता)
-› कृष्ण कुमार राई

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भबहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal