LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

वसन्त; फूलहरु र मेरी आमा।

लेख | यामदास घायल ‘सन्तलाल’

सधैँ झैँ चिसो बोकेर बिहानै मेरो कोठाको झ्यालमा चिह्याउन आउने  घामका किरणहरु पनि न्यानो बोकेर चिह्याउन थालेका थिए। दिनहरु पनि परिबर्तन हुँदै जाँदै थियो यानकी आगोको लप्कामा आङ सेकाएर बितिने दिनहरु मिसिनको बटम् तथा अन्य कामहरुमा आफ्नो बल धसाएर बिताउनु परेको थियो। जाडोयामको अन्त्य अनि कामको चापमा वृद्धि तथा पुरानो एक बिदेसी साथिले कम्पनी छोड्नु यी सबै एकै चोटि भए। कुन्नी कम्पनिलाई कतिको असर फाईदा के भो ? मलाई भने ज्यादा असर गर्यो। किनकी कम्पनिको सबै काम आफुले हेर्नू पर्ने भएको थियो।

कामको ज्यादतिले बिछ्यौनामा नाआईपुग्दै आँखाहरुले र सरिरले आफू चपेटामा परेको सँकेत दिन्थ्यो।
उसो त दिनभरी मेसिनसङ्ग जुधिनु पर्दा हात तथा अन्य शरीरका भागहरुले आफू अन्यायमा परेको बिलौन नगरेका कहाँ हुन् र? आमाको माया र बाबाको साथ छोडेर ढुँगामा सपनाको फल फलाउन बोट रोप्न आएको ज्ञानले होला अन्याय पर्दा पनि कहिल्यै न्यायको लागि बोलेन बरु सहिरहे सबैसबै अन्यायहरु। जबसम्मकी; हड्डिले अडाएका मासुहरुले चोईटा चोईटा परेर आफू दुखेको पनि गुनासो गरेनन्। शरीरलाई थामिरहेका हड्डिहरुले आफू भाँचिएको झैँ दुख्दा पनि केही गुनासो गरेनन् बरु बारम्बार सहिरहे जति पीडा र दुखाई थपिदिए कामले।

यस्तैमा लगभग दुई तीन महिना बितेछ्न्। ती दुई तीन महिना मेरा लागि अति नै कस्टदायी भए। कामको चापले फुर्सदसङ्ग श्वास फेर्नसम्म समय निकाल्न सकिन्न थियो। उसो त जतिसुकै ब्यस्त तथा काम बढी भए पनि आठ घण्टा मात्र काम गर्नु पर्थ्यो तर पनि एक्लैले सबैकाम भ्याउनु पर्ने तथा गह्रुङ्गो काम भएकोले होला खाना बनाई खान पनि अर्को सकस जस्तो लाग्थ्यो। त्यसैले  त्यो समय अबधिभरी न लेख्न सकियो न अभिब्यक्त गर्न नै। सबै भन्दा बढी लेख्न शीर्षक नै त्यो बेला पाएँ। सबैभन्दा बढी देसको प्रेम नै त्यो बेला लाग्यो। बिबस्तलाई सुईकार गर्नुपर्दाको पीडा त्यो बेला नै बढी दुख्यो अनि आमाको प्रेम; बुबाको साथ र चुहिने छानोले पनि त्यै बेला बढी घचघचायो तर पनि यी सबैकुरालाई चाहेर पनि लेख्न सकिन। अझै सबैभन्दा बढी त मेरा लेखहरु पढिरहने मित्र तथा पाठकहरुले बढी घचघचाउनु भयो तर पनि लेख्न सकिन। तै पनि कहिले काहीँ लेख्थेँ गजल। पत्रपत्रिकाले पनि महत्वका साथ प्रकाशन गरे। जुन प्रकासनका लागि योग्य नभई दिँदा पनि।

एक आईतबारको दिन।
सधैँ झैँ कोरियन भाषा पढ्न जाँदै थिएँ। एकै मिनटको कारण बस छुट्यो। म बस स्टेसन पुग्नु र बस हिन्नु एउटै समय भयो। त्यसैले त्यो दिन हिँड्दै जानू पर्यो। तर अचम्म! जाडोमा न्यानो नपाएर आफ्नो आङ लुकाएर बस्ने पहाडहरु छाती फुलाएर घामसङ्ग यौनको गहिराई नापिराखेका थिए। हिजो अस्तिसम्म हावा चल्दा पनि लगलग काँप्ने रुखहरु फूलै फूलले भरेका थिए। कुनै ठाउँ थिएन् त्यस्तो जहाँ फुल नफुलेको होस। सबै पहाडहरु फूलले ढाकेका थिए। अझ रोमान्चित कुरा त सडकको कुनामा ठिङ्ग अस्वभएमान भएर जाडोमहिना भरी उभिएका रुखहरुले अहिल्य बाटोकै मुहारमा अझ सुन्दरता थपिरहेका थिए। म तिनै सुन्दर दृस्यसङ्गै हराउदै गएँ। पाईलाहरु आफ्नै ढँगले बढिरहेका थिए। तर आँखा र मनले भने ती सुन्दर फूलहरु माझ मेरी आमालाई उभ्याईरहे।

मेरी आमा।
मेरी आमा फूल भने पछि प्राणलाई जतिकै मायाँ गर्नु हुन्थ्यो। भन्नू हुन्थ्यो सँसारमा जन्म त फूल भएर लिन पाको भा कति भाग्यामानी हुन्थेँ। आमाको फूल प्रतिको प्रेम यसरी झल्किन्थ्यो कि घरका कौसीभरी गमलामा आमाले फूल रोप्नुहुन्थ्यो। घरका करेसाभरी फूलै फूलका बोट हुन्थे। मेरो जन्मघर फूलैफूलले घेरिएको हुन्थ्यो। बाटै मुनिको घर। घरैको बाटो गरेर जाने बटुवाहरु पनि तारिफ गरेर जान्थे ‘मैले यति सुन्दर फूलबारी माझमा घर देखेकै यो पहिलो चोटि हो।’ काम नै नभए पनि एकै छिन कुनै बाहनामा आगानमा उभिएर जान्थे धेरै जसो बटुवाहरु।बटुवाका मन नतानुन् पनि कसरी घरैको वरिपरि धेरै थरिका फूल फुल्थे। जुन फूलका बोटहरु आमाले कहाँकहाँबाट ल्याएर रोप्नु भएको थियो। दाँज्दै जाँद मलाई ख्वाँजुसहर मेरै घर जस्तो लाग्यो जहाँको वरिपरि फूलैफूलले घेरेका थिए।

मनले अन्तत जितेरै छोड्यो। एकपटक अर्को वसन्त ऋतुमा मैले मेरि आमालाई यो फूलहरुको देसमा फूलहरुकै मौसममा घुमाउन ल्याउने निधो गरेँ। किनकी मेरी आमा वसन्त र फूलहरु एक अर्कामा परिपुरक छ्न्। फूलहरु मेरिआमा बिना भने मेरि आमा बिना फूलहरुको अस्तित्व नै छैन जसरी फूलबिना कोरियाको बसन्तको अस्तित्व छैन।

गरिबी र बेरोजगार अनि ठूला सपनाले म कोरिया आएँ। दुखहरु गरेको छु र दुख गरे भन्दा  ज्याद थोरै कमाँउछु तर पनि मलाई मेरि आमाको खुसी भन्दा ठूलो सम्पती अरु लाग्दैन्। एक पटक वसन्त ऋतु जतिबेला त्यसरी नै भुईभरि; पहाडभरी; आकासभरी फूल फुलेक होउन् ठिक त्यही समय म मेरि आमा सङ्गै कोरियाको माटोमा हुनेछु। किनकी मेरि आमा; फूलहरु र वसन्त एक अरुमा परिपुरक छ्न्। कुनै एक बसन्तमा यहि मौसममा म मेरी आमासङ्गै खेलिरहेको हुनेछु फूलहरुकै होलि अनि गाईरहेको हुनेछु।
“फूलहरु झैँ आमा तिमी सुन्दर थुँगा जिन्दगिको।
तिमै नै हो धन मेरो तिमी डुँगा जिन्दगिको।

“आमाको खुसिभन्दा ठूलो सम्पती केही छैन सँसारमा। म एक दिन मेरी आमालाई कोरियाको बसन्तमा फूलसङ्गै मुस्कन लगाई कोरिया घुमाउने छु। यो नै मेरो जिबनको सबैभन्दा ठूलो कमाई हुनेछ।”

प्रकाशित मिति : २०७४ वैशाख २१ (May 04, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

यामदास घायल ‘सन्तलाल’ का अन्य लेख / साहित्य श्रृजनाहरु

• आमालाई चिठ्ठी (कविता)

• जसले बोक्यो त्यो उसैको (कविता)

अन्य लेख / साहित्यहरु

• एउटा सपना (कथा)
-› जीवन भण्डारी, कोरिया

• कथा - प्रयोग ()
-› प्रकाश बेल्बासे

• कोरिया बाध्यता (लघुकथा)
-› निकुञ्ज तिवारी

• आफ्नै तर अरूको (कथा)
-› जीवन भण्डारी

• जवानिले धिक्कार्छ परदेशमा (गजल)
-› मिन बिक ,दक्षिण कोरिया

• बिचरा सुनिता (लघुकथा)
-› छत्र लकाई खड्का

• हिम्मत नहार्नु साथी (गजल)
-› आरडी धनुश रानामगर

• उ भन्दै थियो यस्तै यस्तै.... (गजल)
-› आरडी धनुश रानामगर

• नफर्कने बाटो रोज्न मिल्दै मिल्दैन (कविता)
-› बेल बहादुर के सी

• संस्कार (कथा )
-› हरि अविरल

• किन नबनुँ कुमारी आमा म ? (कविता)
-› नन्दनी

• चियाका अगाडि (गजल)
-› प्रयास भट्टराई

• सम्झिन्छन् कसले र गाउँघर टोलामा हजुर (गजल)
-› राकेश कार्की

• उडिरहेछ (गजल)
-› प्रयास भट्टराई

• नयाँ वर्ष (कविता)
-› शकुन ज्ञवाली

• मैले सम्झेँ तिमीलाई (गजल)
-› बुद्धि मोक्तान

• कोरिया आउने गोर्खेको लर्को छ (कविता)
-› कृष्ण कुमार राई

• अप्रिल फूल जस्तै जिन्दगी (गजल)
-› प्रयास भट्टराई

• दुख पछी सुख पक्कै आउछ (कविता)
-› आरडी धनुश रानामगर

• गोर्खे आयो कोरिया झोला बोकेर (कविता)
-› कृष्ण कुमार राई

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भबहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal