मानव बस्तीहरूमा

कविता | खिम बहादुर बुढाथोकी
अचेल त मानव बस्तीहरूमा
अचम्म अचम्म हुन थालेछन्।
कलियुगको कमाल होला सायद
यहाँ ठगहरु नै ठगिन थालेछन्।
चोरहरूको नै चोरी हुन थालेछन्।
लुटेराहरू नै लुटीने बस्तीहरू पो
बन्न थालेछन् अचेल।

त्यसैले होला,
विभिन्न मिडियाको ढोल बजाउँदै,
सामाजिक सञ्जालहरुको टोल गुन्जाउँदै,
ठगले नै अर्को ठग देखाउँदै,
चोरले नै अर्को चोर बताउँदै,
फलानोले मलाई ठग्यो
भन्दैछन् ठूला ठगहरू।
मेरो चोरी भयो
भन्दैछन् चतुर चोरहरू।
हो, जो चोर उसैले ठूलो स्वर
गर्दैछन् बस्तीहरूमा अचेल।

भ्रष्टहरू भ्रष्टाचारको आकार बढाउनलाई,
भ्रष्टाचार शब्द नै मन्त्र जपी जपी
आफ्नो भ्रष्टाचार लुकाउनलाई
तल्लीन देखिन्छन् अचेल।
हो, यी भ्रष्ट कुकुरहरूलाई आफ्नो भागमा
भ्रष्ट रूपी हड्डी कम भएको भ्रम व्याप्त छ।
त्यसैले यिनै भ्रष्ट कुकुरहरू
परस्परमा लुछाचुडी गर्दै,
भ्रष्टाचार अन्त्य गर्नुपर्छ भन्दै
मानब बस्तीहरूमा भुक्दैछन् अचेल।

हो, देखावति राष्ट्रवादीहरू नै
खोक्रो राष्ट्रवादको नारा खोक्दैछन् अचेल।
नक्कली डाक्टरहरू र नक्कली कर्मचारीहरु पनि
हक र अधिकार भन्दै चल्दै छन् अचेल।
खोई कहाँ होलान् असली नेताहरु?
खोई कहाँ होलान् सक्कली डाक्टरहरू?
जसले देशलाई दुखेको बेला
देशकै लागि ज्यान दिएरै सेवा गर्न सकून्!
जसले जनता रोगले छट्पटी भएको
देख्न नसकी मानवीय सेवाभावले
मलमपट्टीको काम गर्न सकून्!

तर विडम्बना कोही सक्कली डाक्टर त
विद्यमान विकृतीहरू हटाउन माग राख्दै
भोको पेट पटक पटक आमरण अनसन
तथा हड्ताल गर्न बाध्य छन् अचेल।
केही नक्कली डाक्टरहरू जुका बनी
जनताको रगत चुस्दैछन्।
हो, सानो घाउलाई पनि विकराल बनाई
असफल अप्रेशनको अभ्यास गर्न
तल्लीन छन् अचेल।

अचेल मानव बस्तीहरूमा
असल मानवहरूको अभाव छ।
जो जन्मन बाँकी छन् कि
या जन्मिएर पनि मूसो बनी
दुलो भित्र लुकेर बसेका हुन्।
कि स्वाभिमानको खोक्रो नारा रटान गरी गरी
थाकेर विदेश पलायन भएका हुन् अचेल!

प्रकाशित मिति : २०७३ मंसिर १२ (November 27, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अन्य लेख / साहित्यहरु

• उ भन्दै थियो यस्तै यस्तै.... (गजल)
-› आरडी धनुश रानामगर

• नफर्कने बाटो रोज्न मिल्दै मिल्दैन (कविता)
-› बेल बहादुर के सी

• संस्कार (कथा )
-› हरि अविरल

• किन नबनुँ कुमारी आमा म ? (कविता)
-› नन्दनी

• चियाका अगाडि (गजल)
-› प्रयास भट्टराई

• सम्झिन्छन् कसले र गाउँघर टोलामा हजुर (गजल)
-› राकेश कार्की

• उडिरहेछ (गजल)
-› प्रयास भट्टराई

• वसन्त; फूलहरु र मेरी आमा। (लेख)
-› यामदास घायल ‘सन्तलाल’

• नयाँ वर्ष (कविता)
-› शकुन ज्ञवाली

• मैले सम्झेँ तिमीलाई (गजल)
-› बुद्धि मोक्तान

• कोरिया आउने गोर्खेको लर्को छ (कविता)
-› कृष्ण कुमार राई

• अप्रिल फूल जस्तै जिन्दगी (गजल)
-› प्रयास भट्टराई

• दुख पछी सुख पक्कै आउछ (कविता)
-› आरडी धनुश रानामगर

• गोर्खे आयो कोरिया झोला बोकेर (कविता)
-› कृष्ण कुमार राई

• दिवस मनाउँदैछन् (गजल)
-› प्रयास भट्टराई

• आमा म त कोरियामा छु (कविता)
-› कृष्ण कुमार राई

• यो जिन्दगीको सङ्घर्ष अझै सकिएको छैन (गजल)
-› प्रयास भट्टराई

• देश अझै नर्क बनाऔँ नेता हो (कविता)
-› कृष्ण कुमार राई

• आमालाई चिठ्ठी (कविता)
-› यामदास घायल ‘सन्तलाल’

• लखपति रुन्छ कोरियामा (कविता)
-› कृष्ण कुमार राई

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीअक्टोबरमा लामो सार्वजानिक विदा दिने कोरिया सरकारको तयारी अबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्यु
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal