डिभी र बेलौतीको रूख

कविता | प्रयास भट्टराई
गाउँको त्यो बेलौतीको रूखमा

बेलौती पाक्नै पाउँदैनथे

केटाकेटी बिहान होस् या साँझ

दिनहुँ जसो ढुङ्गा वर्षाएर होस्

या हाँगा लुछेर होस्

हरियामा नै बेलौती सखाप पार्थे ।



यस्तो दृश्य देखेर बेलौतीको रूखकी

मालिक्नी थोती बुढी हातमा लठ्ठी

बोकेर धपाउँदै सराप्नु सराप्थिन्

तर केटाकेटीहरू इत्रिँदै

चिचिला र हडेला बेलौती टोक्दै

थोती बुढीलाई जिस्काउँदै

कुल्लेलाम ठोक्थे वर्षौँ पहिले ।



प्राय:सम्पूर्ण बेलौती चिचिलामा नै

इतिश्री हुन्थे ।

थोती बुढीले प्रवेश नि:षेधको

ट्याग झुण्ड्याएर राख्नु र

केटाकेटी आउन छाड्नु

संयोगले एकै पटक भयो

अनि थोती बुढीले आफ्नो

पक्षमा फैसला भएको महसुस गरिन्

तर अहिले परिस्थिति विषम भएछ ।



अचेल सबै रूखमा बेलौती पाकेर

वृक्षहरू नुहिरहेछन् , आधा जसो

बेलौती रूखमुनि खसेका छन्, पहेँलिएर

र सोत्तर भएका छन् किनकी बेलौती

खाने केटाकेटीका बाबु आमा सपरिवार

अमेरिका छिरेका छन् ।



थोती बुढीलाई न्यास्रो लागिरहेछ

त्यसैले त होला उनी

केटाकेटीका आगमनको प्रतीक्षामा

बसिरहेकी छिन् ।

थोती बुढीलाई थाहा छैन,

डिभी भरेर अमेरिका गएकाहरू

फर्कने नफर्कने निश्चित हुँदैन !!!

..................................................

© प्रयास भट्टराई

दयानागर -२ छापिया , रुपन्देही

* सियोल, दक्षिण कोरिया ।
प्रकाशित मिति : २०७३ असोज २२ (October 08, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अन्य लेख / साहित्यहरु

• भोग्नै पर्छ (गजल)
-› आरडी धनुश रानामगर

• गाइ पालेर गोरु पोस्नु हुन्न (गजल)
-› सौभाग्य बजगाई

• कति हो कति पीडा छ कोरियामा (कविता)
-› कृष्ण कुमार राई

• जुन कुराले मलाई खुसि नै दिन्न (कविता)
-› अर्जुन घिमिरे

• दोङ्देमुनमा (गजल)
-› आरडी धनुश रानामगर

• जसले बोक्यो त्यो उसैको (कविता)
-› यामदास घायल ‘सन्तलाल’

• ओइलियका खुशीहरु (अन्य)
-› अर्जुन घिमिरे

• दोहोरी (कविता)
-› खिम बहादुर बुढाथोकी

• पिडाले थलाई परुला बरु (गजल)
-› आरडी धनुश रानामगर

• स्वर्ग (कविता)
-› प्रकास बेल्बासे

• म प्रदेशमा जवानी किन्ने तयारीमा छु (गजल)
-› केशव स्पन्दन

• मानव बस्तीहरूमा (कविता)
-› खिम बहादुर बुढाथोकी

• माया त माया नै रहेछ (कविता)
-› विक्रम मल्ल ठकुरी "प्रशिक्षार्थी "

• भमराहरु झुमिए फुलहरुको कारणले (गजल)
-› प्रकाश योन्जन

• सपनी मै देउसी भैलो बोले जस्तो लाग्यो (गजल)
-› बुद्धि मोक्तान

• परदेशीको दशै र तिहार (कविता)
-› अर्जुन घिमिरे

• गाेरु (कविता)
-› एकराज डागी

• अनेसास कोरिया च्याप्टरको अध्यक्षमा गुल्मेली (अन्य)
-› हेनेको संवददाता

• शुभ कामना दशैको (कविता)
-› आरडी धनुश रानामगर

• परदेशीको दशैं (कविता)
-› बेल बहादुर के.सी.

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
मुसहर बस्ती निर्माणमा सहयोग गर्न कोरियामा पनि नेपाली युवाले थाले आर्थिक संकलन अभियानसामसुङका उपाध्यक्ष लि जे योङ भ्रष्टाचारको आरोपमा पक्राउ कोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइटकोरियामा भ्रष्ट्राचार प्रकरणमा सामसङका मालिक देखि क्याम्पस प्रमुख सम्म पक्राउकोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीउत्तर कोरियाली शासकका सौतेला दाजुको मलेशियामा हत्या, हत्यामा सरकारी एजेन्टको हात रहेको आशंका
कोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमा कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीकोरियाको चिसो मौसममा कम्पनीबाट 'लेटर' नलिनुकोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइटबिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छत्रिभुवन विमानस्थलमा चोरको बिगबिगी, कोरियन नागरिकको २५०० अमेरिकी डलर चोरीकोरियामा प्रबाशी मजदुर माथि अत्यन्तै अमानबिय ब्याबहार ,सौचालय जादा समेतको हिसाब गरेर पैसा काटिन्छ कोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Santalal Tamang Santalal Tamang
Date of Birth : 01 March, 1994
Address: Lakhanpur-4, Timaldanda
Hometown : Ramechhap
Occupation : writer
Hobbies : littireture and jurnalist
E-mail : sntllmds@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal