मुख्य पृष्ठ विचार
कोरियामा युवाहरुले सामाजिक कार्यमा निभाएको भूमिका र अग्रसरता :- यम श्रेष्ठ
यम श्रेष्ठ

मैले यस नेपाल योंग स्टार ग्रुपको बारेमा बुझ्न चाहने धेरै युवाहरुको आग्रहलाई मध्यनजर गरेर स्थापना कालको छोटो अवधिमा नै कोरियामा युवाहरुको सकृयता र एकताले निभाएको भूमिका र अग्रसरतालाई प्रस्त्याउन यो लेख तयार पारेको छु!यसलाई सबैले सकारात्मक रुपमा ग्रहण गरेर हाम्रो कमि कमजोरीलाइ औल्याइ दिनुभइ राम्रो सुझाब र दिशानिर्देसन पाइएमा थप राम्रो कल्याणकारी कार्य तर्फ अगाडी बढ्न सहयोग पुग्नेछ!
नेपाली एकताको प्रतिकको रुपमा कुनै भेदभाव नराखी परोपकारी कल्याणकारी कामहरु उदार मनले गर्ने चाहाना भएका र निस्वार्थ रुपमा समाज सेवामा समर्पण गर्न चाहाने युवाहरुको समुहले २०११।०१।०२ देखि संस्थागत रुपमा मेरो अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेर शुरु गरेको ग्रुप हो योंगस्टार ग्रुप !

औपचारिक रुपमा सबै संघ संस्थासँग हातेमाले गरेर अघि बढ्नको निम्ती काभ्रे सम्पर्क समितिसँग सहकार्य गरेर संयुक्त रुपमा देवयानी चलचित्र प्रदर्शन गर्यौ । यसबाट प्राप्त आम्दानी लगभग ३६ लाख कोरियन वन सबै यस फिल्मका निर्देशक निर्मातालाई हस्तान्तरण गर्यौ । हाम्रो पहिलो सुरुवात र पहिलो कार्यक्रम भएकोले गर्दा पनि सम्पूर्ण रकम हस्तान्तरण गरेका थियौ!

कोरियामा अध्ययनरत ललितपुरका सन्जय महर्जन जो किड्नीसम्बन्धी समस्याबाट पिडित थिए उनलाई नेवा पुचसँग संयुक्त रुपमा मिलेर ३२ लाख कोरियन वन सहयोग गरेका थियौं । यसैगरी मोरगं निवासी विज्ञान राई ब्रेन ट्युमर भएर जीवन मरणको दोसाँधमा उपचाररत रहेको अवस्थामा २८ लाख कोरियन वन संकलन गरी सहयोग रकम हस्तान्तरण गर्यौ ।

कोरियामा मृत्यु भएका काभ्रे निवासी श्रवनराज पन्तको छोरीको शिक्षाका लागि काभ्रे सम्पर्क समितिसँग संयुक्त रुपमा योंग स्टार गु्रपले १५ लाख कोरियन वन सहयोग गरेका छौं । नेपाल कोरिया न्युज डट कमको सहयोगमा योंग स्टार ग्रुपले १६ जना अनाथ असहाय बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । सेतो रक्तकोष निर्माण नहुने रोगबाट पिडित बर्दियाकी १२ वर्षिया बालिका सरिता डिसी जो काठमाण्डौको कान्ति बाल अस्पतालमा उपचाररत थिइन उनलाई उपचारको लागि १० लाख कोरियन वन सहयोग गरेका थियौं ।

यसैगरी भर्खरै ब्लड क्यान्सरबाट पिडित खोटागंकी ४ वर्षिया बालिका सरिता कार्कीको उपचारको लागि ५२ लाख कोरियन वन सहयोग रकम संकलन गरी पिडितको परिवारलाई हस्तान्तरण गर्यौं ।त्यसै गरी हेल्लो नेपाल कोरिया डटकम तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले सयूक्तरुपमा संचालन गरेको हेल्प नेपाल नेटवर्कको अक्षय कोष स्थापनाका लागि ३ लाख कोरियन वन सहयोग गरेका थियौँ ।

अहिलेसम्म हरेक व्यक्तिको जीवन बचाउन र आवश्यक ठाउहरुमा सहयोग पुर्याउन हामीले खेलेको भुमिकाप्रति हामी योंग स्टार ग्रुपका सम्पूर्ण सदस्यहरु गर्व गर्न सक्छौं । यसले हामीलाई ठूलो आत्मसन्तुष्टि पनि दिएको छ । अब व्यक्तिगत सहयोग मात्र सिमित नरहेर हामी समुदायको हितको लागि ७५ वटै जिल्लामा प्रत्येक जिल्लाको एउटा दुर्गम ठाऊँको स्कूलमा अक्षय कोषको स्थापना गरी त्यस कोषको ब्याजबाट विपन्न, गरिव, अनाथ, असहाय बालबालिकालाई पढ्ने अवसर दिनको लागि छात्रवृत्ति अक्षय कोष स्थापना गरी सहयोग गर्ने उदेश्य बोकेका छौं । यसमा तपाईहरु सबैको सहयोगको अपेक्षा गरेका छौं । पार्दारसी जीवनका हरेक कठिन समयहरु त्यस समयमा भोगिने वर्तमानमा हामीलाई कठिन लाग्छ । तर त्यसको सामना गरेर अघि बढ्नु नै जीवनको नियती हो । र जीवन जीउनुको यथार्थ त्यहाँ हुन्छ जहाँ हामी संघर्ष गरेर अगाडि बढ्न सक्छांै । अत यो संघर्षमय जिन्दगीमा हामी आफूमात्र अगाडि बढेर होइन जो संघर्ष गर्न केही कमजोर छन् उनीहरुलाई पनि सँगसँगै हातेमालो गर्दै संघर्षको मैदानमा एकसाथ अगाडि बढेर जिन्दगी जिउनु नै जीवन जिउनुको सार्थकता हो । त्यसैले परोपकारी काममा तपाई हामी सबै मिलेर अघि बढ्न सकेमा मात्र हाम्रो देशलाई समुन्नत दिशातर्फ उन्मुख गराउन सक्छौं । त्यसैले आउनुहोस कल्याणकारी काममा हामी सबै एकजुट भएर लागौं ।हाम्रो सकारात्मक सोच सानो प्रयास र सहयोगबात सामाजमा केहि राहत र सकारात्मक संदेश पुग्छ त्यसैले हामीले अहिले आजैबाट केहि परोपकारी काम सुरु गरेर समाजको हितकोलागि र समृद्द राष्ट्र बनाउन युवाहरु जागरुक हुन अति आवश्यक छ!

युवाहरु खराब नकारात्मक सोच र कार्यलाई त्यागेर अथवा समाजको बिकृति विसंगतिलाई निरुत्साहित पारेर एकजुट भइ समाजको हित र राम्रो उदाहरनिय कार्य गर्ने हाम्रो पहल हो !निस्वार्थ, बिस्वस्निय र पारदर्शी ढंगबाट बिगतमा झैँ आगामी दिनहरुमा पनि सक्रिय रुपमा समाज सेवामा समर्पित भएर निरन्तरता दिने हाम्रो प्रतिबद्दता छ!नेपाली दाजुभाई दिदि बहिनिहरुले अहिले जुन प्रकारको माया साथ,बिस्वाश,सहयोग, सल्लाह दिएर हामीलाई अगाडी बढ्न हौसला दिदै आउनु भएको छ यसलाई निरन्तर रुपमा पाउने आशा राखेका छौ !नेपाल मा आधिकारिक रुपमा दर्ता गर्ने प्रक्रियामा कोरियाबात फर्केका साथीहरु लागिपरेका छन्!अक्षय कोष निर्माणार्थ आउदो कोरियाको महान चाड चुसकमा बौद्द परिवारको सास्कृतिक कार्यक्रमको दिन अक्टुबर १ मा भाग्यशाली चिठ्ठा कार्यक्रम खोलिन गइरहेको हुदा कोरिया मा रहनुहुने सम्पूर्ण नेपाली समुदायको संघ संस्था तथा नेपाली दाजुभाई दिदीबहिनीहरुलाई यस कार्यक्रम सफल बनाउनको निम्ति आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग पुर्याईदिन हुन हार्दिक बिनम्र अनुरोध गर्दछु! आफु संग बचेको समय समाज सेवामा समर्पण गर्न चाहने निस्वार्थ रुपमा कल्याणकारी काम गर्न इछ्युक सकारात्मक सोच भएका युवावर्गलाई यस अभियानमा सामेल भएर हातेमालो गर्दै रास्ट्रको निम्ति केहि योगदान पुर्याउने कामको सुरुवात गरौ भन्ने अपिल पनि गर्न चाहन्छु !

हामीले निस्वार्थ,पारदर्शी र इमान्दारिता पुर्वक जुन उद्देश्य लिएर अभियान चलाउदै आएका छौ सोहि अनुरुप निश्चित सहि ठाउमा एउटा बिस्वस्त माध्यम बनेर सहयोग(राहत) प्रदान गर्दै समाज सेवाको बाटोमा अथक रुपमा निरन्तरता दिने बाचा गर्दछु!हामी आफु पनि केहि राम्रो काम सुरु गरौ र अरुलाई पनि प्रेरणा जगाऔ !कुरा हैन अब काम गर्ने बेला आएको छ! राष्ट्र निर्माणको आधार, देशको कर्णधार युवावर्ग अब कुनै राजनीतिक दलको ढालको रुपमा उपयोग नभई स्वतन्त्र रुपमा एउटा जिम्मेवार सचेतक नागरिकको भूमिका निर्वाह गर्नु पर्ने जरुरि छ!प्रवासी भूमिमा निश्चित अवधि बिताएर सिकेको शिप दक्षता र अनुभवलाई आफ्नै देशमा फर्केर उपयोग गर्न सक्यौ र सोहि अनुकुल को बातावरण निर्माण गरेर राष्ट्रलाइ सवल र सम्मुनत बनाउन सकिनेछ!

जय !जय!!नेपाली..जय !जय!!नेपाल...

 
प्रतिक्रियाहरु   [Total 2 Comments]
raj das wrote on 27 August, 2012
yuwaaharuko jos jagar ra jagarukta ani gareko kaam ekdamai sarahaniya cha.yasto udaar bhawana ra samaj sewaa prati niswartha rupma kaam garne ra lagi parne kamai manche hunchan.nepal young star group lai aaudo dinma pani ramro kaam garna sakos bhanera subha kamana dina chahanchu.sadhai safal rahos.
sunita gurung wrote on 27 August, 2012
सर्वप्रथम नेपाल योङ स्तार ग्रुप लाई धेरै धेरै धन्यवाद । प्रभासी भुमिमाबसेर पनि समाज सेवा पती निभएको भूमिका एकदमऐ सराह्निय लाग्यो यसनिनै अगाडि बध्नु होला तपाईंहरुलाई सम्पूर्ण नेपालीको साथ र ति राहत र सहयोग पाउने आमाअहरुको सधैं आसिर्बाद रहिरहनेछ ।यसैनै अतुत रुप्मा सदैब लोकप्रिया हुँदै निरन्तर्ता दिनु होला हामीसबै नेपालीको तर्फबाट शुभ कामना छ
 
 
 
 
 
Advertise with us
 
का थप शिर्षकहरु

• पीपलबोट डटकम- चुनाव संविधानसभा कि संसदको?

• कस्सिदै नेपाल कोरिया सम्बन्ध - देवेन्द्र सम्बाहाम्फे

• कोरियाली प्रायद्वीप संकटको अन्तरवस्तु

• खतरामा नेपाली सार्वभौमिकता

• राष्ट्रपति निरीह बनेको दिन

• त्यो दिनको हर्ष-विभोर, देश प्रेमको भावनाले ढक्क फुलेको नेपाली मन (फोटो फिचर सहित)

• में दिवस ,बिद्रोह र भुन्टीलाई संदेश

• घुएत्रो चलाउने कि राम बाण !

• धर्म,संकृति, राजनीति र समाजसेवाको खिचडी

• कोरियाली आतंकित अशान्तिको बादल भित्र शान्तिको ज्योति

• कोरियाली प्रायदीपमा युद्धको त्रास

• अमेरिकि ब्यस्त जीवन

• राजनीतिक अस्थिरताले थलिएको देश

• युद्धको भयमा नेपालीहरु

• एसियामा मडारिँदै युद्धको कालो बादल

• कोरियाली प्रायद्दीपमा बढ्दो तनाव र साम्राज्यवादी रवैया

• संचारकर्मीले व्यक्ति या संस्थासंग आग्रह र पूर्वाग्रह हुनु नहुने

• कोरियाको लागी नेपाली कोटा बढाउने कि समस्या समाधान गर्ने ?

• देशको झण्डा नझुकाऔ

• हेल्लोनेपालकोरिया डट कमको दुइ बर्ष पुरा (सम्पादकीय)

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

 
  • भर्खरै
  • धेरैले पढेको
  • ताजा प्रतिक्रिया
Subhechha Mart
Women for Women

FNJ Assembly & Interaction Program
Magar Sangh
Badhai
Hearty Condolence
Help Nepal Network
Get Membership of MTU
Listen BBC Nepali Radio
EPS Nepal
Face Of The Week
Face of The Week -- sunil upreti
sunil upreti
Date of Birth : 08 January, 1992
Address: gimpo,korea
Hometown : jhapa
Occupation : working man
Hobbies : waching drama,friendship, reading newspaper etc.
E-mail : sky3333_sky@yahoo.com
FACEBOOK
Want to be Face of The Week??
Click Here
: जनमत :
: Useful Links : उपयोगी लिङ्क हरु:
 
HelloNepalKorea.com सर्वाधिकार © हेल्लोनेपालकोरिया डट कममा सुरक्षित छ ।
हेल्लोनेपालकोरिया डट कममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन विनम्र अनुरोध गर्दछौं ।
स्रोत उल्लेख नगरी हाम्रा कुनै पनि सामाग्री प्रकाशित नगर्न अनुरोध गर्दछौं ।
सोधपुछ, समाचार र प्रतिक्रियाका लागि:
info@hellonepalkorea.com
विज्ञापनका लागि:
advertise@hellonepalkorea.com
मार्च २०११ बाट यो पेजलाई निम्न अनुसार हेरिएको छ ।
Hit Counters