मुख्य पृष्ठ समाचार
बाग्लुङ सम्पर्क समितिद्वारा आयोजित चियापान कार्यक्रम सम्पन्न
सेप्टेम्बर ९ हेनेको सम्वाददाता

बाग्लुङ सम्पर्क समितिद्वारा आयोजित चियापान कार्यक्रम सम्पन्न भएको छ । समितिले सेप्टेम्बर ३० का दिन आयोजना गर्न लागेको धौलागिरी साँगीतिक सौगात भाग २ लाई मध्य नजर गरी कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्न कोरिया स्थित सम्पूर्ण नेपाली संघसंस्थाहरुको साथ पाउने अपेक्षा राख्दै सहयोगका लागि अनुरोध गर्ने उद्देश्यले सेप्टेम्बर ८ शनिबारका दिन एक चियापान कार्यक्रम गरेको हो ।

 

समितिका अध्यक्ष पूर्ण काउचा मगरको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली सम्पर्क समितिका अध्यक्ष शंकर बस्नेत आदिवासी जनजाती महासंघका अध्यक्ष भक्त शेरचन नेपाल बौद्ध परिवारका अध्यक्ष ईश्वर गुरुङ भोजपुर परिवारका अध्यक्ष कुमार थापा जनअधिकार मञ्चका अध्यक्ष दिपक पुन वुमन फर वुमनका उपाध्यक्ष जुनु गुरुङ नेपाली जनसम्पर्क समितिका मणि चेम्जोङ नेपाल पत्रकार महासंघका प्रमुख सल्लाहकार रघु त्रिपाठी र एन आर एन कोरियाका उपाध्यक्ष राजु क्षेत्रीले अतिथिको आशनबाट बाग्लुङ सम्पर्क समितिले आयोजना गर्न लागेको धौलागिरी साँगीतिक सौगात भाग २ लाई आफ्नो संस्थाले सक्दो सहयोग गर्ने प्रतिबद्धताका साथ आ आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।

चियापान कार्यक्रमको उद्देश्य सम्पूर्ण संघसंस्थाहरुको साथ पाउने अपेक्षा रहेको हुंदा सो कार्यक्रममा उपस्थित सम्पूर्ण संघसंस्थाको नेतृत्व पंक्तिमा रहेका प्रतिनिधीहरुलाई आ आफ्नो मन्तब्य राख्न दिइएको थियो । मन्तब्यका क्रममा एक महिला प्रतिनिधी जुनु गुरुङले नेपाली संघसंस्थाहरुमा महिलाहरुको उपस्थिती ज्यादै न्युन भएको हुंदा कोरियामा रहेका सम्पूर्ण संघसंस्थाहरुमा महिलाहरुलाई अनिवार्य रुपमा कार्यसमितिमा आवद्ध गराउन अनुरोध गरे । त्यसैगरि पत्रकार रघु त्रिपाठीले केही समय यता पत्रकारहरुले परोपकारी कामहरुलाई महत्व दिई कार्य गर्न थालेको र यस किसिमको कामलाई नेपाली संघसंस्थाहरुले पनि निरन्तरता दिनुपर्ने कुरा ब्यक्त गरे । मन्तब्य कै क्रममा संघसंस्थाका अधिकाँश प्रतिनिधीहरुले नेपाली सम्पर्क समितिको कार्यक्रम बाँडफाँड अन्तरगत कार्यक्रम आयोजना गर्ने अधिकार पाएका संघसंस्थाहरु बाहेक अन्य संस्थाले कार्यक्रम आयोजना गरेमा उक्त संस्थाको पत्र समेत नबुझ्न अनुरोध गरे । सबै संस्थाहरुले त्यसो गरे मात्र भबिष्यमा कुनैपनि सलनाल र छुसकमा कार्यक्रम जुध्ने डर नहुने जिकिर गरेका थिए ।

यसैगरि जुनसुकै उद्देश्य लिएर कार्यक्रम आयोजना गर्दा सो उद्देश्य पुरा गरेर देखाउनुपर्ने मन्तब्य राख्दै जनजाती महासंघका उपाध्यक्ष मुकुन्द राई र पर्वत प्रवाशी समाजका अध्यक्ष तुल बहादुर पुर्जाले साँस्कृतिक कार्यक्रम आयोजना गर्ने मध्येमा आपतकालीन सेवा समितिले अझैसम्म आर्थिक पारदर्शिता नअपनाएको जिकिर गरे भने राप्ती सम्पर्क मञ्चले २००९ मा आयोजना गरेको राप्ती झंकार साँस्कृतिक कार्यक्रमको आयब्यय सार्वजनिक नगरेको गुनासो पोखेका थिए ।

मन्तब्य कै क्रममा बक्ताहरुले आउंदो छुसकको ३ दिने बिदामा लगातार ३ दिन नै यस किसिमको कार्यक्रम आयोजना गर्दा कुनै न कुनै संस्थाले घाटा समेत ब्यहोर्नु पर्ने डर भएको हुंदा ३ वटै आयोजकहरुलाई उपर्युक्त योजनाहरु बनाई सही ढंगले कार्यक्रम आयोजना गर्न सल्लाह दिएका थिए । यसैगरि जनजाती महासंघका अध्यक्षले यसपाली कुनैपनि जातीय संस्थाले कार्यक्रम आयोजना गर्न नपाएकोमा दुःख ब्यक्त गरे भने नेपाली सम्पर्क समितिका अध्यक्ष शंकर बस्नेतले यसपाली कार्यक्रम बाँडफाँड गर्दा नियमबद्ध भै कार्यक्रम बाँडफाँड गरिएको दाबी गरेका थिए ।

सङसिन् यदे स्थित नमस्ते ईन सउल रेष्टुरेन्टमा आयोजित सो कार्यक्रमलाई समितिका सचिव यम श्रीस मगरले सञ्चालन गर्नुभएको थियो भने समितिका उपाध्यक्ष तारा केसीले आफ्नो स्वागत मन्तब्यबाट सम्पूर्ण आगन्तुक महानुभावहरुलाई स्वागत गर्नुभएको थियो ।

Nepalkoreanews
 
प्रतिक्रियाहरु   [Total 0 Comments]
 
 
 
 
 
Advertise with us
 
प्रवासी समाचारका थप शिर्षकहरु

• ए एन ए ले नेपालका बाढी पिढितलाई आर्थिक सहयोग जुटाउने

• नेपाली जनसम्पर्क समिति कोरियाको फेन्थेक क्षेत्रीय अधिबेसन सम्पन्न

• एनआरएन कान्साईको अधिवेसन सम्पन्न

• नमस्ते पाल्पाद्वारा ५४ लाख वनको आपतकालीन राहतकोष स्थापना

• कोरियाको सुवनमा हुँदैछ गजल विशेष भेटघाट कार्यक्रम

• ३१ औं ए एन ए सम्मेलनमा मह जोडिको प्रस्तुती

• एनआरएन अध्यक्ष पदमा तेन्जी शेर्पाको उम्मेदवारी (घोषणा पत्र सहित)

• चौथो अन्तरराष्ट्रिय नेपाली कविता महोत्सवमा ''सपना पछ्याउदै” शीर्षकको कविता प्रथम

• दोस्रो तिलिचो रनिङ कप फुटबल टुर्नामेन्ट २०१३ को सम्पूर्ण तयारी पुरा

• खोटाङ्ग सेवा समाजले छुसकमा साङ्गितिक सौगात भाग २ को आयोजना गर्ने

• कोरियाबाट पश्चिमाञ्चल भलिबल संघलाई ६५ लाख वन सहयोग

• नेपाली सम्पर्क समितिको अन्तरक्रिया कार्यक्रम सम्पन्न

• नेपाली जनसम्पर्क समिति कोरियाको इन्छन क्षेत्रीय अधिबेसन सम्पन्न

• दोर्दी खोला जलबिद्युत आयोजनामा ८ अरब रुपैया लाग्ने

• ए एन ए सम्मेलनमा सगरमाथा आरोहीहरुले प्रदर्शन गर्ने

• Dallas Everest Lions Club को दशौँ वार्षिकोत्सव भब्यताकासाथ सम्पन्न

• सुदुर पश्चिम समाज दक्षिण कोरियाको बुसानमा शाखा गठन

• नेपाली जनसम्पर्क समिति कोरियाद्वारा महाधिबेसन मूल तयारी समिति गठन

• बृहत सांगीतिक सौगात भाग १ को आयब्यय सार्बजनिक

• थप उपचारका लागि आर्थिक सहयोग गरिदिनुहुन नेपाली सम्पर्क समितिको अपिल

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

 
  • भर्खरै
  • धेरैले पढेको
  • ताजा प्रतिक्रिया
Subhechha Mart
Women for Women

Baglung Volleyball 2013
Kaski Volleyball 2013
SAVE KASHIRAJ
Badhai
Badhai
Badhai
Help Nepal Network
Get Membership of MTU
Listen BBC Nepali Radio
Listen Radio Program Hello Seoul
EPS Nepal
Face Of The Week
Face of The Week -- Ngawang Sherpa
Ngawang Sherpa
Date of Birth : 02 April, 1986
Address: Daegu, korea
Hometown : Hattigauda, Kathmandu ( Solukhumbu )
Occupation : Production operator
Hobbies : Travel, adventure , to play football
E-mail : ngawang79@yahoo.com
FACEBOOK TWEETER
Want to be Face of The Week??
Click Here
: जनमत :
: Useful Links : उपयोगी लिङ्क हरु:
 
HelloNepalKorea.com सर्वाधिकार © हेल्लोनेपालकोरिया डट कममा सुरक्षित छ ।
हेल्लोनेपालकोरिया डट कममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन विनम्र अनुरोध गर्दछौं ।
स्रोत उल्लेख नगरी हाम्रा कुनै पनि सामाग्री प्रकाशित नगर्न अनुरोध गर्दछौं ।
सोधपुछ, समाचार र प्रतिक्रियाका लागि:
info@hellonepalkorea.com
विज्ञापनका लागि:
advertise@hellonepalkorea.com
मार्च २०११ बाट यो पेजलाई निम्न अनुसार हेरिएको छ ।
Hit Counters