|
अंगोलाकी २५ वर्षीया लेइला लोपेज मिस युनिभर्स बन्न सफल भएकी छिन्। फाइनलमा पुगेका युक्रेन, ब्राजिल, फिलिपिन्स र चीनकी सुन्दरीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन्। प्रतियोगितामा विश्वका ९८ देशका सुन्दरी सहभागी थिए। निर्णायकहरुले मौका दिइए कुन शारीरिक गुणलाई परिवर्तन गर्न चाहन्छौ भनी सोधेको प्रश्नको जवाफमा लोपेजले आफू भगवानले दिएको कुरामा सन्तुष्ट भएकोले केही परिवर्तन नचाहेको र भित्री सौन्दर्य परिवर्तन गर्न चाहेको बताएकी थिइन्। मिस युनिभर्सको यो ६० औँ संस्करण हो। मिस युनिभर्समा नेपालको सहभागिता थिएन। |