|
अमेरिकाको एक अदालतले पपस्टार माइकल ज्याक्सनको मृत्युमा दोषी पाइएका उनका निजि चिकित्सकलाई ४ वर्षको जेल सजाय सुनाएको छ । ६ हप्तासम्म चलेको सुनुवाइपछि अदालतले ज्याक्सनका निजि चिकित्सक कोनराड मरेलाई यस्तो सजाय सुनाएको हो । डाक्टर मरे पैसा कमाउने लोभमा फसेको र डाक्टरको रुपमा आफ्नो कर्तव्य पालना नगर्दा ज्याक्सनको ज्यान गएको भन्दै अदालतले उनलाई केही दिनअघि मात्र दोषी ठहराएको थियो । मरेका वकिलले भने ज्याक्सन आफैले दुखाइ कम गर्ने औषधि बढि खाएकाले उनको ज्यान गएको र यसमा मरे दोषी नरहेको जिकिर गरेका छन् । उनले मरेको जीवनभरी अब ज्याक्सन हत्याको दाग लाग्ने भन्दै दुःख समेत व्यक्त गरेका छन् । माइकल ज्याक्सनको सन् २००९ जुन २५ मा निधन भएको थियो ।
|