सुख दु:ख सारा भुलेँ, मायाँ प्रीति चिन्दै हुँदा चोखो मायाँ फूल बन्यो,काँडा माथी हिड्दै हुँदा
हिजो सम्म दाँया बाँया,जसो गरी हिंडे पनि सुरु गरेँ जिन्दगानी,आज सिन्दुर किन्दै हुँदा
शान बेग्लै भयो घर,मझेरी त्यो उज्यालिंदा संगीत भर्छ त्यही चुरी,उनी जातो पिन्दै हुँदा
निराशाको छिट्टा छैन,सफलताको यो घडीमा जिन्दगीका मुद्दा सबै,जीत बनी छिन्दै हुँदा
बिति जाउन् ऋतु जुनै, पछुताउनु छैन कुनै आधा उस्को आधा मेरो,जोडी जीवन सिङ्गै हुँदा
बुद्धि मोक्तान ताप्लेजुङ थेगु,कोरिया |